Khabar Dabali २५ चैत्र २०८२ बुधबार | 8th April, 2026 Wed

प्रतिवन्ध लगाउने अमेरिकी घोषणापछि इरानले दियो यस्तो चेतावनी

इरानले तेहरानविरूद्ध वाशिङटनले \'इतिहासकै सबैभन्दा कडा प्रतिबन्ध\' लगाउने भन्ने अमेरिकी विदेशमन्त्रीको भनाइको निन्दा गरेको छ । राष्ट्रपति हसन रूहानीले इरान र विश्वका लागि निर्णय गर्ने अमेरिकी विदेशमन्त्रीको विश्वसनीयतामाथि प्रश्न उठाएका छन् । इरानी विदेशमन्त्री जवाद जारिफले भनेका छन्, अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले अघि सारेका कदमहरूले अमेरिका \'असफल नीतिहरू\'को बन्दी भएको देखाउँछ र उसले नराम्रो परिणाम भोग्नुपर्छ । युरोपेली संघ-इयुको विदेश नीति प्रमुख फेडेरिका मोगेरिनीले पनि अमेरिकाको आलोचना गरेकी छन् । उनले भनेकी छन्, इरानसँगको सन् २०१५ को पारमाणविक सम्झौताबाट बाहिरिँदा मध्यपूर्व कसरी सुरक्षित हुन सक्छ भन्ने कुराको पुष्टि गर्न पोम्पेओ विफल भएका छन् । यसै महिना अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले बाहिरिने घोषणा गरेको सम्झौताको \'कुनै विकल्प नभएको\' मोगेरिनीले बताइन् । उनले इरान आफ्ना प्रतिबद्धताहरूप्रति कटिबद्ध रहे इयु उक्त सम्झौताप्रति प्रतिबद्ध रहने उल्लेख गरिन् । इयुको ‍औपचारिक धारणाका बावजुद पारमाणविक सम्झौतापछि इरानसँग व्यापार गर्न हतारिएका केही ठूला युरोपेली कम्पनीहरू त्यही लगानी गर्न अथवा अमेरिकासँग व्यापार गर्नमध्ये एउटा रोज्नुपर्ने अवस्थामा पुगेका छन् । अमेरिकी विदेशमन्त्री पोम्पेओले भनेका छन्, पारमाणविक सम्झौतापछि अमेरिकाले फुकुवा गरेको प्रतिबन्धहरू पुनः लगाइनेछ र नयाँ कदम अन्तर्गत इरानी \'सत्तामाथि अभूतपूर्व आर्थिक दबाब\' दिइनेछ । पोम्पेओले नयाँ सम्झौताका लागि इरानले सिरियाबाट आफ्ना फौज फिर्ता बोलाउनुपर्ने र यमनमा विद्रोहीहरूलाई समर्थन बन्द गर्नुपर्ने शर्त अघि सारेका छन् । यसअघिका अमेरिकी प्रतिबन्धहरूले इरानसँगको सबै व्यापारमा रोक लगाएका थिए । वाशिङटनले के कस्ता नयाँ कदम चाल्न लागेको भन्नेबारे चाहिँ पोम्पेओले स्पष्ट पारेनन् । तर इरानको केन्द्रीय ब्याङ्कमाथि अमेरिकाले गत हप्ता लगाएको प्रतिबन्ध \'शुरूवात मात्रै\' भएको बताए । बीबीसी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending