चितवन । इण्डियन प्रिमियर लिग (अाइपीएल) मा सानदार प्रदर्शनसँगै सामाजिक सञ्जाल मात्रै होइन, सञ्चारमाध्यममा पनि चर्चा बटुल्न सफल भए, सन्दीप लामिछाने । भारतमा रहेका उनी मात्रै चर्चामा रहेनन् चितवनमा रहेका उनको परिवार पनि सबैको चासो र चर्चामा रह्यो । पूर्वी चितवनको रत्ननगर नगरपालिका–८ को चित्रसारीमा सन्दीपको घर छ । त्यही घरमा उनका बुबाआमासँगै परिवार बसोबास गर्दछन् । टेलिभिजनको पर्दामा सन्दीपको प्रदर्शन हेरेसँगै धेरैको चासो उनको परिवारसम्म पुग्यो । आफ्नो सन्तानको सफलतामा परिवार पनि निकै प्रसन्न हुनु स्वभाविकै हो । आइतबार साँझ आइपीएलको अन्तिम खेलमा मुम्बई इण्डियनविरुद्ध लामिछानेले तीन विकेट लिएपछि अझै उनको चर्चा बढेको छ । उनले खेल क्षेत्रमा गरेको प्रगतिप्रति उनका बुबाआमा दंग परेका छन् । सन्दीपका बुबा चन्द्रनारायण र आमा कोपिलादेवी लामिछाने निकै खुशी भएका छन् । “छोराले खेलकुदका क्षेत्रमा निकै ठूलो प्रगति गरेको देखेर दंग छौँ,” बुबा चन्द्रनारायणले भने । सानैदेखि खेलप्रति रुची राख्ने सन्दीपले १३ वर्षको उमेरदेखि क्रिकेट खेल्न लागेको उनले बताए । सन्दीपले पाएको सफलताको विषयमा कुरा उठाउँदा भारतीय रेल्वेसेवामा ३८ वर्ष सेवा गरेर फर्किनुभएका चन्द्रनारायणले सन्दीपको सफलता र खुशीले गर्व लागेको बताए । आइपीएलमा पाएको सफलताले सन्दीप अब देशकै छोरा भएको भन्दै भावुक हुँदै चन्द्रनारायणले भने “छोरा हामीले पाएका हौँ, तर पनि सन्दीप नेपाल आमाकै छोरा बनेको छ, मैले मेरो मात्रै छोरा भन्न अब पाइन ।” आफू पनि रेल्बे सेवामा काम गरेका कारण पढ्ने समयमा सन्दीपले निकै सम्झाएको स्मरण गर्दै उनले भने “खेलप्रति मेरो लगावको मूल्यांकन हुनेछ र म नेपालबाटै खेल खेल्नेछु, तपाईहरुको नैतिक, भौतिक र आर्थिक सबै सहयोग चाहिन्छ ।” लामिछाने परिवारले सन्दीपले यति छोटो समयमा यति ठूलो प्रगति गर्न सक्छ भन्ने सोचेको पनि थिएन । लामिछानेले आइपीएलमा गरेको उत्कृृष्ट प्रदर्शनले तीन करोडभन्दा बढी नेपाली, सारा विश्वभरका क्रिकेटप्रेमीका बीचमा सन्दीपले देश चिनाएकोमा आफूलाई गर्व लागेको उनले बताए । आफ्नो चाहना इञ्जिनियर बनाउने भएपनि छोराको क्रिकेटमोह देखेर खुल्ला छोडेको बताउँदै उनले भने “अहिले त्यही स्वतन्त्रताले मेरो छाती फुलेको छ ।” सन्दीपले आइपीएलमा उत्कृष्ट प्रदर्शन गरेपछि सन्दीपका बारेमा सोधीखोजी गर्दै घरसम्म आउनेको संख्या बढ्दै गएको उनले बताए । आइपीएलमा दिल्ली डेयरडेभिल्सले २० लाख भारुमा सन्दीपलाई टिममा अनुबन्ध गरेको हो । सन्दीपले प्रतियोगिताको अन्तिम तीनखेल मात्र खेल्न पाउँदा बुबा चन्द्रनारायणलाई पनि केही ढिला खेलाएको अनुभूति भएको छ । बुबा चन्द्रनारायणले भने “सायद सन्दीपलाई पत्याएनन् होला, तर मौका आउँदा उसले आफ्नो क्षमता प्रदर्शन गरेरै देखायो ।” अन्तिम खेल खेल्नुअघि आइतबार बिहान ११ बजेतिर सन्दीपले बुबासँग कुरा गरेका थिए । “आज म्याच छ भन्यो, हालखबर सोध्यो अरु खासै कुरा भएन,” बुबा चन्द्रनारायणले भने । सन्दीप आगामी मे ३१ मा लर्डसमा हुने विश्व ११ का तर्फबाट खेल्नेछन् । वेष्ट इण्डिजविरुद्ध हुने खेलमा उनले विश्व चर्चित खेलाडीसँग खेल्न पाउनेछन् । नेपाल आएर बेलायत जाने तयारी रहेको सन्दीपको परिवारले जनाएको छ । सन्दीप लामिछानेको जन्म स्याङ्जा जिल्लाको आरुचौर हाल अर्जुनचौपारी गाउँपालिकामा भएको हो । चन्द्रनारायणका पाँच सन्तानमध्ये सबैभन्दा कान्छा हुन्, सन्दीप । रासस
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०७८ - १०:२१
काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना ग...
बैशाख २० गते, २०७८ - ०७:२४
काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...
बैशाख २० गते, २०७८ - ०७:१७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
बैशाख १९ गते, २०७८ - १६:०६
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
बैशाख १९ गते, २०७८ - १३:४८
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
बैशाख १९ गते, २०७८ - १०:३१
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...
बैशाख १९ गते, २०७८ - १०:२६
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ । पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...
बैशाख १९ गते, २०७८ - ०९:५१
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
बैशाख १९ गते, २०७८ - ०९:४७
चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले स्थलगत अध्ययन तथा छलफल गरेको छ । चितवनबाट प्रतिनिधित...
बैशाख १९ गते, २०७८ - ०९:४०
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...



प्रतिकृया लेख्नुहोस्: