अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफू र उत्तर कोरियाली नेता किम जङ अनबीच जुन १२ तारिखमा तय भएको शिखर बैठक निर्धारित मितिमा हुनेमा आशंका व्यक्त गरेका छन् ।
उनले संवाददाताहरूलाई उत्तर कोरियाले निश्चित शर्तहरू पूरा नगरे उक्त शिखर बैठक पर सर्ने बताए । प्योङयाङले संयुक्त राज्य अमेरिकाले एकपक्षीय ढंङ्ले निःशस्त्रीकरणमा जोड दिए वार्तामा नबस्ने चेतावनी दिएको छ । तर अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले शिखर बैठक आयोजना हुने गरी साझा विन्दु पहिल्याउन वाशिङटनले प्रयास गरिरहेको जानकारी दिए । उक्त शिखर बैठक आयोजनाका लागि वातावरण बनाउन दक्षिण कोरियाली राष्ट्रपति मून जे-इन हाल वाशिङटनमा छन् । उनलाई ह्वाइट हाउसमा स्वागत गर्ने क्रममा ट्रम्पले किमसँगका वार्ता पर सर्न सक्ने जानकारी दिएका हुन् । दक्षिण कोरियाली राष्ट्रपति मून र राष्ट्रपति ट्रम्पबीचको बैठकले जुनमा हुने शिखर बैठकका विषयहरू तय गर्ने ठानिएको थियो । कोरियाली सञ्चारमाध्यमहरूका अनुसार मूनले \'किमबाट के अपेक्षा गर्ने र के नगर्ने भन्नेबारे ट्रम्पसँग छलफल गर्ने सम्भावना\' रहेको छ । तर उत्तर कोरियाले नाटकीय रूपमा आफ्नो व्यवहार परिवर्तन गरेपछि अहिले उक्त वार्ता कसरी जोगाउने भन्नेमा प्रयासहरू केन्द्रित छन् । राष्ट्रपति ट्रम्पले उक्त ऐतिहासिक बैठकमा विलम्ब हुन सक्ने भन्दै वार्ताबाट अलग हुने उत्तर कोरियाली चेतावनी पछाडि चीनको हात हुन सक्ने आशंका गरेका छन् । तर दिउँसो आयोजित पत्रकार सम्मेलनमा विदेशमन्त्री पोम्पेओ अलि सकारात्मक ढंङ्गले प्रस्तुत भए । उनले जुन १२ तारिखमा हुने भनिएको शिखर बैठकका लागि अमेरिकाले काम गरिरहेको उल्लेख गरे । दुवै पक्षले नेतृत्वदायी कूटनीतिक भूमिका देखाएर शिखर बैठक आयोजनाको प्रयास गरेका थिए । संयुक्त राज्य अमेरिकाले त किम जङ-अनलाई सर्वोच्च नेता उल्लेख गर्दै एउटा सिक्का नै सार्वजनिक गरेको छ । शिखर बैठकका अपेक्षालाई लिएर दुवै पक्षबीच देखिएको मतभिन्नता नै अहिले सबैभन्दा ठूलो तगारोका रूपमा प्रकट भएको छ । यसअघि अमेरिका र दक्षिण कोरियाले संयुक्त सैन्य अभ्यास गरेपछि उत्तर कोरियाले त्यसलाई \'उक्साहटपूर्ण कार्य\' भन्दै दक्षिणसँगको वार्ता स्थगित गरेको थियो । अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनले उत्तर कोरियाले लिबिया जस्तै निःशस्त्रीकरणको ढाँचा अवलम्बन गर्न सक्ने बताएपछि प्योङयाङ थप क्रुद्ध बनेको छ । सन् २००३ मा नि:शस्त्रीकरणका लागि सहमति गरेका लिबियाली नेता कर्णेल गद्दाफीको पछि पश्चिमा समर्थन प्राप्त लडाकुहरूले हत्या गरेका थिए । ट्रम्पले उत्तर कोरियासँग लिबियाको जस्तो ढाँचा नअपनाइने प्रष्ट पारेका छन । बीबीसी
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०७८ - १०:२१
काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना ग...
बैशाख २० गते, २०७८ - ०७:२४
काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...
बैशाख २० गते, २०७८ - ०७:१७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
बैशाख १९ गते, २०७८ - १६:०६
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
बैशाख १९ गते, २०७८ - १३:४८
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
बैशाख १९ गते, २०७८ - १०:३१
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...
बैशाख १९ गते, २०७८ - १०:२६
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ । पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...
बैशाख १९ गते, २०७८ - ०९:५१
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
बैशाख १९ गते, २०७८ - ०९:४७
चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले स्थलगत अध्ययन तथा छलफल गरेको छ । चितवनबाट प्रतिनिधित...
बैशाख १९ गते, २०७८ - ०९:४०
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...




प्रतिकृया लेख्नुहोस्: