Ntc summer Offer
Khabar Dabali २३ भाद्र २०८१ आईतवार | 8th September, 2024 Sun
NIMB

फेसबुकले तपाईंसँग किन मागिरहेको छ नग्न तस्बिर ?

बेलायती प्रयोगकर्तालाई फेसबुकले निर्वस्त्र तस्बिर पठाउन आग्रह गरिरहेको छ । बदलाको भावनामा सोसल मिडियामा पोष्ट गरिने अन्तरंग पलका तस्बिरलाई फेसबुकमा अपलोड हुनबाट जोगाउनका लागि यस्तो गरिएको बताइएको छ । यस्तो प्रकारको प्रविधीको प्रयोग बच्चामाथि गरिएको दुर्व्यवहारको तस्बिरको पोस्टिङ रोक्नका लागि गरिएको छ । फेसबुकले यो प्रविधी अष्ट्रेलियामा प्रयोग गरेको थियो र अब यसलाई ब्रिटेन, अमेरिका र क्यानडामा प्रयोग गर्ने कोसिस गरिएको छ । फेसबुकका एक प्रवक्ताले बीबीसी न्यूजबीटलाई ब्रिटेनका मानिसहरुका लागि यो एक खुल्ला प्रस्ताव भएको जानकारी दिएका छन् । फेसबुकले उक्त प्रविधी अष्ट्रेलियामा कसरी अपनाएको थियो भन्ने बारे कुनै जानकारी दिएको छैन तर मानिसको विश्वास जित्नका लागि यो एक महत्वपूर्ण कार्य हो । के तपाईं फेसबुकलाई आफ्ना गोप्य तस्बिर पठाउन तयार हुनुहुन्छ ? तपाईंका ती तस्बिर फेसबुकले पूर्ण संवेदनशीलता अपनाएर कसैमाझ सार्वजनिक नगर्ने कुरामा ढुक्क हुन सक्नुहुन्छ ? यो आइडियाले कसरी काम गर्छ ? यदि तपाईं कुनै तस्बिरका कारण तनावमा हुनुहुन्छ भने फेसबुकले तपाईंलाई यसबारे आफ्नो पार्टनरसँग कुरा गर्न सल्लाह दिन्छ । ब्रिटेनमा बदलाको भावनामा अंतरंग तस्बिर पोष्ट भएकोमा उजुरीका लागि हेल्पलाइन छ । हेल्पलाइनमा उजुरी दिएपछि त्यहाँका कर्मचारीले फेसबुकसँग सिधा सम्पर्क गर्दछन् । नग्न तस्बिर कसले हेर्नेछन् ? फेसबुकको ग्लोबल हेड अफ सेफ्टी एन्टिगोन डेविसले न्यूजबीटसँगको कुराकानीमा उक्त फोटो पाँचजना सदस्य रहेको एक समूहले हेर्ने बताए । उनका अनुसार ती पाँच सदस्य प्रशिक्षित समिक्षक हुनेछन् । सबै फोटोलाई एक विशेष डिजिटल फिंगरप्रिन्ट दिइन्छ जसलाई ह्याश भनिन्छ । त्यसपछि डेटाबेशको रुपमा एउटा कोड स्टोर गरिनेछ । यदि कसैले त्यही फोटो अपलोड गर्ने कोसिस गरे, यसले उक्त कोडको अनुसन्धान गर्नेछ र फेसबुक, इन्स्टाग्राम र मेसेन्जरमा आउनुअघि नै ब्लक गरिदिन्छ । के यो आइडियाले काम गर्ला ? एन्टिगोन डेविसले यसको शत प्रतिशत ग्यारेन्टी नभएको स्विकार गरेका छन् । उनका अनुसार यदि त्यही फोटोलाई एडिट गरिन्छ भने फेसबुकको सिस्टममा रहेको मूल फोटोभन्दा त्यो भिन्न हुन्छ, जसलाई अपलोड गर्न सकिन्छ । यद्यपी, यसलाई थप प्रभावशाली बनाउने कोसिस भइरहेको उनले जानकारी दिएका छन् । एन्टिगोनका अनुुसार तपाईंलाई तनाव दिइरहेको उक्त तस्बिर तपाईंसँगै हुनुपर्छ । उदाहरणका लागि यदि तपाईंका पूर्व प्रेमीले आफ्नो मोबाइलबाट तपाईंसँग नभएका गोप्य तस्बिर अपलोड गर्छन् भने यो तरिका तपाईंलाई काम लाग्दैन । बीबीसी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy