Ntc summer Offer
Khabar Dabali २१ बैशाख २०८१ शुक्रबार | 3rd May, 2024 Fri
NIMB

डेभिलियर्सको सन्यास घोषणाले विश्वभरी किन फैलियो तरङ्ग ?

दक्षिण अफ्रिकाका पूर्व कप्तान एबी डेभीलियर्सले सबै प्रकारका अन्तरर्र्राष्ट्रिय क्रिकेट प्रतियोगिताबाट सन्यास लिने घोषणा गरेपछि विश्वभरी नै तरङ्ग फैलिएको छ । आइपिएल खेलिरहेका डेभीलीयर्सको यो अकस्मातको निर्णयले खेलाडी तथा खेल प्रशंसलाई निराश बनाएको छ । एक महान क्रिकेट खेलाडीले यति चाडैं सन्यास लिएकोमा धेरै क्रिकेटप्रेमी चकित भएका छन् । डेभिलियर्सले अचानक तिन वटै चरणका अन्तर्राष्ट्रिय मान्यताबाट सन्यास लिए पश्चात सामाजिक संजालका भिक्ता रंगीएका छन् । अचानकको यो निर्णयले सामाजिक संजालमा प्रशंसा र आक्रोस पोखिएको देखिन्छ । सन्यासको घोषणा गर्दै ट्विटरमा पोष्ट गरिएको भिडियोमा डेभिलियर्सले ‘अब अन्य खेलाडीलाई अगाडि जान दिनुपर्ने बेला आएको छ।’ भनेका थिए । डेभिलियर्सको संन्यास घोषणाले क्रिकेटप्रेमी त भावुक भएका छन् नै । विश्वका चर्चित क्रिकेट खेलाडी पनि निराश तथा भावुक भएका छन् । महान् क्रिकेट खेलाडी सचिन तेन्दुलकरले ट्वीट गर्दै भनेका छन्, ‘निश्चित रूपमा अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा तपाईको कमी महसुस भइरहने छ । मैदानमा मात्रै नभई मैदान बाहिर पनि ३६० डिग्री सफलता मिलोस्, तपाईलाई मेरो शुभकामना छ म सधैं तपाईको साथ मै रहने छु ।’ श्रीलंकाका पूर्व कप्तान माहेला जयवर्धनेले डेभिलियर्सको आगामी जीवनका लागि शुभकामना दिएका छन् । साथैं, उनले ट्वीटमा भनेका छन्, ‘डेडिलियर्स शानदार खेलाडीमा एक हुन् । उनको अन्तर्राष्ट्रिय प्रतियोगितमा अहम् भूमिका छ ।’ यस्तैं, भारतका अर्का चर्चित पूर्व खेलाडी विरेन्द्र सहवागले डेभिलियर्स बिना दक्षिण अफ्रीकाको अन्तर्राष्ट्रिय क्रिकेट खल्लोपन हुने तथा अपूरो रहने भनेका छन् । तर, क्रिकेट प्रशंसका माझ भने सधैं लोप्रिय बन्नु हुने छ भन्दै ट्वीट गरेका छन् । साथैं, उनले डेभिलिर्यसको आगामी यात्राका लागि शुभकामना दिएका छन् । अधिकांश क्रिकेट प्रशंसकले खेलाडी त आउने जाने गर्छन् तर अब दोस्रो डेभिलियर्स देख्न मुस्कील छ भनेका छन् । साथैं, धेरै क्रिकेटप्रेमीले अहिले नै डेभिलियर्सले संन्यास लिएकोमा दुःख व्यक्त पनि गरेका छन् । उनीहरुले भनेका छन्,‘डेभिलियर्सको अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितमा ठूलो योगदान छ । तर, दक्षिण अफ्रीकालाई क्रिकेटमा अझैं अगाडी पुर्याउनु थियो भने अहिले नै उनले यो निर्णय लिनु राम्रो होइन ।’ डेभिलियर्सले दक्षिण अफ्रीकाको राष्ट्रिय टोलीबाट ११४ टेष्ट, २२८ ओडीआइ तथा ७८ टी२० अन्तर्राष्ट्रिय प्रीतयोगितामा सहभागिता जनाएका छन् । उनलेले सन् २००४ सालमा अन्तर्राष्ट्रिय टेस्ट क्रिकेटमा डेब्यू गरेका हुन् । उनी सबैभन्दा छिटो एक दिवशीय क्रिकेट मा शतक र अर्धशतक बनाउने खेलाडी पर्ने गर्छन् । डेभिलीयर्सले १८ जनवरी २०१५ मा वेस्टइंडीजविरुद्ध जोहन्सबर्गमा खेलेको एक दिवशीय प्रतियोगितमा ३१ बलमा सबैभन्दा छिटो शतक हानेका थिए। यस्तै, उनले यहि प्रतियोगितमा १६ बलमा अर्धशतक पनि पूरा गरेका थिए । यहि प्रतियोगितामा डेभिलियर्सले ५९ बलमा १४९ रनको पारी खेलेका थिए । डेभिलियर्सले २००७ र २०१५ को बिच ३ विश्वकप खेलका छन् । उक्त खेलमा उनले ६३.५२ को औसतमा १२०७ रन बनाएका थिए । विश्वकपमा उनको १६२ उच्च स्कोर हो । ३४ वर्षिय डेभिलियर्सले २२८ एक दिवशीय खेलका छन् । जसमा ५३.५० का औसतमा ९,५७७ रन बनाएका छन् । एक दिवशीय प्रतियोगितामा उनको नाममा २५ शतक र ५३ अर्थशतक सामेल छन् । एक दिवशीय खेलमा उनको सर्वाधिक १७६ रन हो । टी२० मा डेभिलियर्सले दक्षिण अफ्रीकाका लागि ७८ खेल खेलेका छन् । जसमा उनले १६७२ रन बनाएका छन् । टी२० मा उनको नाममा सबैभन्दा छिटो बनाएका १० अर्धशतक छन् । क्रिकेटका अलवा डेभिलियर्सका अन्इ थुप्रै उपलब्धी छन्ः – राष्ट्रीय जूनियर हकी टीममा छनौट । – राष्ट्रीय जूनियर फुटबल टिममा छनौट । – जूनियर रग्बी टीमका कप्तान – दक्षिण अफ्रीकाको जूनियर डेविस कप टेनिसमा सदस्य – जूनियर लेवलको दक्षिण अफ्रीकी १०० मीटरका सबैभन्दा छिटो दगर्नुे धावक एजेन्सी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies