Khabar Dabali २५ चैत्र २०८२ बुधबार | 8th April, 2026 Wed

सन्दीप लामिछानेमाथि प्रधानमन्त्री अोलीको सम्मान कि अपमान ? यसो भने अोलीले

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा क्षमता भएका युवाहरूको कमी नभएको बताएका छन् । उनले नेपालीले अवसर नपाएर क्षमता प्रदर्शन गर्न नसकेको मात्र भएको बताएका हुन् । oli बिहीबारदेखि भृकुटीमण्डपमा सुरु भएको टान कान्तिपुर हिसान एडुकेसन फेयरमा बोल्दै प्रधानमन्त्री ओलीले अब देशमा रहेका क्षमताको सही पहिचान र सदुपयोग हुने बताएका हुन् । युवा क्रिकेटर सन्दीप लामिछानेको उदाहरण दिँदै ओलीले क्षमताको सही पहिचान भए नेपालीले विश्वमा नाम चम्काउन सक्ने बताए । उनले भने, ‘दुई चार डल्ला के फ्याँक्न पाएको थियो सन्दीप लामिछाने चम्कियो । सन्दीपले क्रिकेटमा चमत्कार गरेका छन्’, उनले थपे, ‘उनलाई गायन वा चित्रकलामा लगाएको भए हुँदैनथ्यो ।’ नेपालमा क्षमतावान युवाहरूको कमी नभएको दावी गर्दै उनले भने, ‘दुनियाँले हन्टिङ गरिरहोस् हामी सन्दीप लामिछाने उत्पादन गरिरहन्छौँ ।’ ओलीले बालबालिकालाई क्षमता र रुचीअनुसारको शिक्षा दिनुपर्नेमा जोड दिएका थिए । उनले कुनै विद्यार्थीलाई पनि असक्षम भनेर ट्याग लगाउने नहुने बताए । नेपालमा पछिल्लो समय फेलको व्यवस्थालाई हटाएकामा उनले खुसी प्रकट गरेका थिए । उनले त्यसो गरेर कसैको पनि क्षमता र आत्मविश्वासमा खेलवाड गर्न नहुने बताए । ओलीले आफ्नो नेतृत्वको सरकारले विकासको खाका तयार पारिरहेको र अब प्रमाणपत्र देखाएर जागिर खोज्दै भौतारिनुपर्ने अवस्थाको अन्त्य गर्ने बताए । उनले विकासका कुरा गर्दा केही मान्छेले हावादारी गफ भनेको भन्दै आपत्ती जनाएका थिए । विकास एकदुई दिनमै नआउने र सबै जनताको सहभागीता रहनुपर्ने उनको धारणा थियो । ओलीले शिक्षाका नाममा हुने व्यापारलाई नियन्त्रण गर्नेपनि बताएका छन् । उनले गुणस्तरीय शिक्षा भन्दैमा जति पनि शुल्क लिन नपाइने र नदिइने बताए । उनले नीजि क्षेत्रलाई शिक्षामा गरेको लगानी र योगदानको कदर गर्ने तर यसको माध्यमबाट हुने लुटलाई नसहने बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending