Ntc summer Offer
Khabar Dabali २ कार्तिक २०८१ शुक्रबार | 18th October, 2024 Fri
Investment bank

बुवाबाट बलात्कृत छोरी भन्छिन् …त्यसैले चुपचाप बलात्कार सहिरहें

सुन्दा अचम्म लाग्न सक्छ त र सत्य घटना । उनलाई बलात्कार भन्ने शव्द उच्चारण गर्न अप्ठेरो भइरहेको थियो । त्यसैले पटक-पटक यत्तिमात्र भन्थिन् ‘बुवाले गलत काम’ गर्नुहुन्थ्यो । नमानेमा पिट्नुहुन्थ्यो…भन्नुहुन्थ्यो- मसँग मुखमुखै लाग्छेस्…’ \"\" तर उनलाई बलात्कार भएको थाहा थियो । टुटे-फुटे शव्दमा आफूलाई केके भयो भनेर उनले साँचो कुरा भन्थिन् । उनले त्यो कोठामा पनि देखिइन् जहाँ उनलाई भुइँमा पछारिन्थ्यो । पीडाले उनी चिच्याउँथिन् तर एउटा अजंगको हातले उनको मुख छोपिदिन्थ्यो । त्यही कोठामा बसेर उनले क्राइम पेट्रोल देख्थिन् । यस्ता धेरै कहानी उनले देखिरहिन् । तर एक कहानी उनको भित्रै चलिरहेको थियो । तर पिटाइ खाने डरले त्यो कहानी पनि कसैलाई सुनाइनन् । सहोदर आमालाई छाडेर जब सौतेनी आमकहाँ आइन् पायल एक वर्ष अगाडि आफ्नो सहोदर आमालाई छाडेर आफ्नो भाइ बलरामसँग हरियाणाको एक गाउँमा आएकी थिइन् । बिहारबाट हरियाणा आउँदासम्म उनलाई सन्तोष थियो कि म बुवाको जिम्मेदारीमा छु, मलाई राम्रो संरक्षण मिल्ने छ । पायलको बुवा भुवनको दुई श्रीमती छन् । जेठी श्रीमती बोल्न सक्दिनन् । उनी एउटा छोरासहित माइतमी बस्दै आएकी छन् । पहिले पायल र उनको भाइ पनि आमासँगै थिए । तर, जब उनीहरुलाई बोझ ठान्न थालियो अनि भुवनले आफूसँगै लिएर आए । यता पहिलेदेखि नै भुवनको एक परिवार थियो । कान्छी श्रीमती सुजाता र उनका दुई बच्चा थिए । तर, पायल र बलरामलाई कहिल्यै सौतेनी आमासँग रहेको भान भएन । सुजाताको कपाल सुम्सुम्याउँदै पायल भन्छिन्, ‘मम्मी निकै असल हुनुहुन्छ । बुवाले पिट्नुहुन्थ्यो मम्मीलाई पनि, हामीलाई पनि । दिनहुँ रक्सी पिएर आउनुहुन्थ्यो र मम्मीलाई पिट्नु हुन्थ्यो, तर मम्मी असल हुनुहुन्छ ।’ \"\" सुजाता भन्छिन्, ‘उनी मेरो गाउँमा आइरहन्थे । त्यहाँ उनका आफन्त थिए । हाम्रो लभ पर्‍यो र बिहे पनि गर्‍यौं ।’ सुजाताको दावी छ कि भुवनको पहिलो बिहेबारे उनलाई थाहा थिएन । भुबनले पनि त्यसबारेमा संकेतसमेत दिएनन् । उनी भन्छिन्, ‘म जब बिहे गरेर आएँ त्यसपछि थाहा भयो उसको त बिहे भइसकेको रहेछ र बच्चा पनि छन् भन्ने कुरा । तर मैले सबै कुरा सुम्पिइसकेकी थिएँ । त्यसैले चुपचाप सबै सहेर बसें ।’ \"\" सुजाताका अनुसार भुवनको पहिले नै बिहे भइसकेको थाहा पाएपछि सुजाताका आमा-बुवा पञ्चायतमा पुगेका थिए । तर, भुवनले दुई महिलाको सिउँदोमा सिन्दूर हालेको छु भने दुवैको जिम्मेवारी लिन्छु भने । भुवन सुजातालाई लिएर करिब दुई वर्ष अगाडि हरियाणाबाट यस गाउँमा आएका थिए । उनी सिमेन्टको पाइप बनाउने काम गर्दथे । सुजाता घरको सरसफाइको काम गर्दथिन् । सुजाता भन्छिन्, ‘पायलकी आमा र मेरोबीचमा कहिल्यै झगडा भएन । हामी गाउँमा गएको बेला उहाँ भेट्न आउनु हुन्छ ।’ \"\" यो सुनेर पायलले सबैभन्दा पहिले पिटेको कुरा गर्छिन् । जब हामी गाउँमा थियौं, बुवाले पिट्नु हुँदैनथ्यो तर यहाँ आएपछि दिनहुँ (चार वर्ष, पाँच वर्ष र दस वर्षका साना भाइबहिनीप्रति इशारा गर्दै) यी सबैलाई गाली गर्नु हुनुन्थ्यो । अनि यिनीहरु सबै कुनामा लुक्थे ।’ सुजाता बीचमै थप्छिन्, ‘बेस्सरी पिट्नु हुन्थ्यो, पैसा खोस्नु हुन्थ्यो । त्यही भएर हामी एक-दुईवटा ठाउँमा थाहा नदिइ काम गर्थ्यौं । उनलाई थाहा हुँदैनथ्यो हाम्रो काम कति छ । अस्पतालबाट पाँच हजार पाँच सय रुपैयाँ तलब पाइन्थ्यो । हामीले पाँच हजार हो भन्थ्यौं ।’ सुजाता बिहान ९-१० बजेतिर काममा निस्किन्थिन् र साँझ ७ बजेतिर आउँथिन् । घरको काम सक्दाबित्तिकै उनी अस्पताल जान्थिन् तर त्यो दिन छिटै छुटि्ट भयो । उनले भनिन्, ‘१६ मेमा हामी १२ बजेतिर घरमा आएँ । तीनै जना बच्चा एउटा कोठामा थिए । दोस्रो कोठाको ढोका आधा बन्द थियो, आधा खुल्लै । खोलेर भित्र छिर्दा दुवै जनाले आ-आफ्नो कपडा लगाउन थाले । मैले पायललाई सोधें यस्तो नराम्रो काम कहिलेदेखि भइरहेको छ ? उसले भनी बुवाले पिट्ने डर देखाएर धेरै दिनदेखि यस्तो गरिराख्नु भएको छ ।’ सुजाताको दावी छ कि त्यसपछि उनको श्रीमानले गाली गर्दै त्यहाँबाट भागे । त्यसपछि उनी आफै पनि दुई दिनसम्म आफ्नो घरमा बसिनन् । सुजाताले भनिन्, ‘उसले हामीलाई मार्ने धम्की दिए । त्यसपछि हामी काम गर्ने एक घरमा गयौं र दुई दिनसम्म त्यहीँ बस्यौं । त्यसपछि १०० नम्बरमा फोन गरेर पुलिसलाई सबै भनिदियौं ।’ १८ तारिखमा सुजाताले यसबारेमा प्रहरीमा जानकारी दिइन् । त्यसैदिन भुवनलाई पुलिसले पक्रियो । पुलिसको एक टोलीले पायलको स्वास्थ्य परीक्षण गरायो र काउन्सिलिङ पनि गरायो । मेडिकल रिपोर्टमा बलात्कार पुष्टि भएको छ । \"\" यो घटना हेर्दै आएकी महिला प्रहरी चौकीकी पुनम सिंहका अनुसार भुवनले आफ्नो गल्ती स्वीकार गरेका छन् । उनीमाथि मुद्दा दर्ता गरिसकिएको छ । यो सुन्नासाथ सुजाताका आँखाबाट आँसु झरे । उनले आँचल फैलाएर भन्न थालिन्, ‘उनलाई बचाउनुस् । के अब उनी कहिल्यै जेलबाट बाहिर आउँदैनन् ? उसले गल्ती गरेको छ । तर अब उसले फेरि यस्तो गर्दैन । बचाउनुस्…मैले एक छोरीलाई सोचेर उजुरी गरें तर अझै तीन छोरा पनि त छन् । अब कसले हेर्छ हामीलाई ?’ ‘माइतीले हामीलाई नराम्रो भनिसके । अब कोही रहेन मेरो लागि,’ उनले भनिन् । \"\" मलाई स्कुल पठाइदिनुस् म पढ्न चाहान्छु । गाउँमा चार कक्षासम्म पुगेको छु । मलाई पढाइदिनुस् र मम्मीले जे भन्नु हुन्छ त्यो पनि गरिदिनुस् ।’ यति भनेर उनी पानी पिउन गइन् । ढोका नजिकै राखेको पानीको घडा छोपेको थिएन । त्यसबाट पानी निकालेर उनी पानी पिउँछिन् । इसारा गरेर बरन्डामा देखाउँछिन् र फेरि बाहिर राखिएको खटियामा गएर सुत्छिन् । प्रश्न नसोधे पनि उनी भन्छिन् अब हामीलाई यो कोठामा डर लाग्दैन । किन लागोस्, बुवा त गइहाल्नुभयो ।’ बीबीसी हिन्दी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy