Khabar Dabali २५ चैत्र २०८२ बुधबार | 8th April, 2026 Wed

बालकृष्ण ढुंगेललाई माफी दिने प्रक्रिया रोक्न रिट

काठमाडाैं । हत्या अभियोगमा जन्म कैद सजाय भोगिरहेका तत्कालीन माओवादीका पूर्व सांसद् बालकृष्ण ढुंगेललाई कैद माफी दिने प्रक्रियाविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । सर्वोच्च अदालतले ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको हत्या गरेको अभियोगमा ढुंगेललाई दोषी ठहर्‍याएको थियो । काठमाडाैंका प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्माले ढुंगेललाई कैद मिनाहा दिन सिफारिस गरिएको जानकारी दिए । ४० प्रतिशत कैद भुक्तानी गरिसकेका कैदीलाई उसको असल चालचलनको आधारमा सरकारको सिफारिसमा राष्ट्रपतिबाट माफी दिने सक्ने व्यवस्था छ । तर रिट निवेदक वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले भने, \"जघन्य अपराधमा कसुरदार ठहरिएको र न्यायाधीशलाई भौतिक हमलाको धम्की दिने व्यक्तिलाई माफी दिनु कानुनको दुरुपयोग हो र त्यसले दण्डहीनताले प्रश्रय दिने भएकाले त्यो रोक्ने आदेश माग्दै रिट दर्ता गरेको हुँ ।\" माओवादीले द्वन्द्वकालमा भएको हत्या घटनामा ढुंगेललाई दोषी ठहर्‍याइएको भन्दै उनको बचाउ गर्दै आएको थियो । मानवअधिकारवादी संस्था इन्सेकका अध्यक्ष सुवोधराज प्याकुरेलले विज्ञप्ति जारी गर्दै माफी दिने प्रक्रियाको भर्त्सना गर्दै फिर्ता लिन माग गरेका छन् । यस्तो कदमले दण्डहीनतालाई मलजल गर्ने उल्लेख गर्दै विज्ञप्तिमा भनिएको छ, \"मानवअधिकार, कानुनको शासन र दण्डहीनताको विषय नेपालको मात्रै हैन यस्ता विषयमा अन्तर्राष्ट्रिय जगतले पनि सूक्ष्म दृष्टि लगाइरहेको हुन्छ भन्नेतर्फ सरकारको ध्यानाकर्षण गराउन चाहन्छौं ।\" सर्वोच्चबाट अन्तिम आदेश हुनुअघि पनि केही वर्ष ढुंगेलले जेल सजाय भुक्तान गरेको बताइएको छ । सर्वोच्चले फेरि उनलाई दोषी ठहर्‍याएपछि त्यसले राजनीतिक तरंग उत्पत्न गरिदिएको थियो । बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा पनि उनलाई माफी दिने प्रक्रिया शुरु भएको थियो । त्यसविरुद्ध रिट परेपछि सर्वोच्चले सरकारको कदमलाई अंकुश लगाइदिएको थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending