Khabar Dabali २५ चैत्र २०८२ बुधबार | 8th April, 2026 Wed

दलित विद्यार्थी भर्ना नलिनेविरुद्ध मुद्दा

झापा । दलित विद्यार्थी भर्ना लिन नमानेपछि झापाको भद्रपुरमा सञ्चालित एक गुरुकूलका अध्यक्ष र प्राचार्यविरुद्ध मुद्दा दर्ता गरिएको छ । भद्रपुर–६ मा सञ्चालित कृष्ण द्वैपायन गुरुकुल वेद विद्याश्रममा दलित विद्यार्थी भर्ना गर्न नमानेपछि गुरुकूलका अध्यक्ष राजेन्द्र चापागाईं र प्राचार्य राजन तिवारीविरुद्ध जातीय छुवाछूत तथा भेदभाव (कसुर र सजाय) ऐन—२०६८ बमोजिम कारबाहीको माग गर्दै बिहीबार मुद्दा दायर गरिएको हो । “जातीय विभेद गर्ने गुरुकूलका अध्यक्ष र प्राचार्यलाई कारबाहीको माग गर्दै मुद्दा दर्ता गरेका छौँ”, उत्पीडित अधिकार मञ्च झापाका सचिव सागर पोर्तेलले भने “झापाकै अन्य गुरुकूलमा दलित विद्यार्थी राम्ररी अध्ययन गरिरहेका छन्, तर यहाँ विभेद गरियो ।” दलित विद्यार्थी भर्ना नलिएपछि जिल्लाका दलित अधिकारकर्मीले एकसातादेखि पाठशालामा तालाबन्दी गरेका छन् । इलाम नगरपालिका–५, बरबोटेका विकास कार्कीढली (दर्जी) लाई गुरुकूलले भर्ना लिन नमानेपछि दलित अधिकारकर्मीको टोलीले तालाबन्दी गरेको थियो । दलितले जुनसुकै विद्यालय र संस्कृत पाठशालामा पढ्न पाउने नैसर्गिक अधिकारलाई पाठशालाले उल्लंघन गरेको नेपाल राष्ट्रिय उत्पीडित विद्यार्थी संगठनका केन्द्रीय अध्यक्ष टीकाराम मंग्रातीले बताए । उनले भने “विभेद गर्ने पाठशालालाई कारबाहीका लागि सम्बद्ध निकायसँग माग गरेका छौँ ।” गुरुकूलले दलित विद्यार्थीलाई भर्ना लिन नमानेपछि समस्या समाधानका लागि छलफल गरेपनि निष्कर्षमा पुग्न सकेको छैन । उता, प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले दलित विद्यार्थीलाई दुई दिनभित्र आवासीयरुपमा भर्ना गर्न निर्देशन दिए पनि गुरुकूलले त्यसलाई बेवास्ता गरेको छ । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending