Khabar Dabali २८ चैत्र २०८२ शनिबार | 11th April, 2026 Sat

४ दशकपछि तोडियो रेकर्डः च्याम्पियन लिगको उपाधि रियल मड्रिडलाई

युरोपियन च्याम्पियन लिगको उपाधि स्पेनिस क्लब रियल म्याड्रिडले जितेको छ । शनिबार राति भएको उपाधि भिडन्तमा इंग्लिस क्लब लिभरपुललाई ३-१ ले पराजित गर्दै रियल मड्रिड लगातार तेस्रो पटक च्याम्पियन लिगको उपाधि जित्न सफल भएको हो । युक्रेनको कियभ ओलम्पिक रंगशालामा भएको फाइनल खेलमा रियल मड्रिडको जितका लागि ग्थारेथ बेलले २ गोल र करिम बेञ्जिमाले १ गोल गरे । लिभरपुलका लागि १ गोल मिडफिल्डर साडिओ मेनेले गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएकोमा ५१ औं मिनेटमा बेञ्जिमाको गोलबाट रियल मड्रिडले सुरुवाती अग्रता लिएको थियो । ५५ औं मिनेटमा लिभरपुलका लागि साडिओ मेनेले गोल गरी खेल बराबरीमा पुर्‍याए । त्यसपछि ६१ औं मिनेटमा मैदान छिरेका बेलले ६४ औं मिनेटमा गोल गरी पुन टोलीलाई अग्रता दिलाए। बेलले नै ८३ मिनेटमा अर्को गोल गरेपछि रियल मड्रिड सहज जित हात पार्न सफल भयो । रियल सन १९७५–७६ को सिजनपछि लगातार तीन पटक उपाधि जित्ने टोली बन्न पुगेको छ । त्यस समय जर्मन क्लब वार्यन मुनिखले लगातार तीन पटक उपाधि जितेको थियो । यो रियलको च्याम्पियन लिगको १३ औं उपाधि हो । च्याम्पियन लिगमा सबैभन्दा बढी उपाधि जित्ने टोली पनि रियल मड्रिड नै हो । सेमिफाइनलमा लिभरपुलले इटालियन क्बल रोमा र रियल मड्रिडले जर्मन क्बल वार्यन मुनिखलाई पराजित गर्दै फाइलमा स्थान सुरक्षित गरेका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending