Khabar Dabali २४ चैत्र २०८२ मंगलवार | 7th April, 2026 Tue

भारतीय विदेश मन्त्रीले मागिन् माफी

नयाँदिल्ली । भारतीय विदेश मन्त्री सुष्मा स्वराजले सोमबार दिउँसो आयोजित पत्रकार सम्मेलनमा दिएको विवादास्पद अभिव्यक्तिका लागि सार्वजनिक रुपमै माफी माग्नु परेको छ । साेमबार नयाँदिल्लीस्थित भारतीय विदेश मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा विदेशमन्त्री स्वराजले ‘भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पछिल्लो नेपाल भ्रमणका क्रममा जनकपुरको बाह्रबिघा मैदानमा लाखौं भारतीयलाई सम्बोधन गरेको’ बताइकी थिइन्। उनले त्यस्तो अभिव्यक्ति दिएको केही क्षणमै अनलाइन सञ्चारमाध्यम र ट्वीटरलगायतका सामाजिक सञ्जालमा तीब्र विरोध सुरु भएको थियो। अाजको कान्तिपुरमा खबर छ-विरोध बढ्दै गएपछि पत्रकार सम्मेलन सकिएको करिब पाँच घन्टा पछि राति साँढे १० बजे आफ्नै ट्वीटर ह्याण्डलबाट ‘मेरो तर्फबाट गल्ती भएको’ भन्दै उनले माफी मागेकी हुन्। विगत चारवर्षमा भारतको विदेश मन्त्रालयले हासिल गरेका उपलब्धी सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा स्वराजले जनकपुरको सभालाई मोदी सरकारको चार वर्षको विदेश नीतिको एउटा सफल उदाहरणका रुपमा प्रस्तुत गर्ने क्रममा उक्त कुरा उल्लेख गरेकी थिइन्। ‘अमेरिकाको म्याडिसन स्क्वायरदेखि जनकपुरमा देखिएको लाखौं लाख भारतीयलाई सम्बोधन गरेर प्रधानमन्त्री मोदीले सीधै उनीहरुसँग सम्बन्ध जोड्नु भएको छ,’ कार्यक्रममा स्वराजले बताइन्। उनले प्रधानमन्त्री मोदीले त्यहाँ उपस्थित लाखौं नागरिकहरुसँग गरेको साक्षात्कारलाई भारतले विगत चार वर्षमा विदेशमा रहेका आफ्ना भारतीय नागरिकहरुसँग गरेको सम्बन्ध विस्तारका रुपमा अथ्र्याएकी थिइन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर भ्रमण र त्यहाँ आयोजित कार्यक्रमलाई लिएर नेपालको केन्द्र सरकार र दुई नम्बर प्रदेश सरकारबीचको सम्बन्ध चिसिएको बेला विदेश मन्त्री स्वराजको यस्तो भनाईले आगोमा घ्यू थप्ने काम गरेको छ। पत्रकारसम्मेलनलगत्तै स्वराजको उक्त विवादास्पद भनाईका सम्बन्धमा कान्तिपुरले राखेको जिज्ञासामा विदेश मन्त्रालयका प्रवक्ता रविश कुमारले विदेशमन्त्री स्वराजले त्यहाँ उपस्थित जनतातर्फ संकेत गरेको दावी गरेका थिए। ‘अमेरिकाको म्याडिसन स्क्वायरमा उपस्थित मध्ये नब्बे प्रतिशत अमेरिकी थिए, जनकपुरमा पनि त्यस्तै थियो। त्यही भन्न खोज्नु भएको हो,’ प्रवक्ता कुमारले स्वराजको भनाईलाई प्रष्ट्याएका थिए।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending