Khabar Dabali २४ चैत्र २०८२ मंगलवार | 7th April, 2026 Tue

राजपा-फोरम गठबन्धन टुट्ने आशंका

जनकपुर । प्रदेश-२ मा मुख्यमन्त्री लालबाबु राउत नेतृत्वको सरकारले सय दिन नकाट्दै सत्तारुढ संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीबीचको गठबन्धन धर्मराउन थालेको छ । संघीय सरकारमा उपेन्द्र यादव नेतृत्वको फोरम सहभागी हुने गरी प्रधानमन्त्री केपी ओलीसँग सोमबार लिखित सहमति गरेसँगै प्रदेश २ को गठबन्धन संकटमा परेको हो । अाजको अन्नपूर्णमा खबर छ-काठमाडौंमा भएको सहमति सार्वजनिक भएलगत्तै प्रदेश २ को राजधानी जनकपुरमा फोरम-राजपा गठबन्धन रहने÷नरहनेबारे नेताबीच चर्चा हुन थालेको छ । प्रदेश २ मा पनि नेकपा-फोरम गठबन्धन सरकार बन्ने सम्भावना बढेको छ । राजपा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले फोरम अध्यक्ष उपेन्द्र यादवले राजपासँगको सत्ता-गठबन्धन तोडेको आरोप लगाउँदै भने, ‘मधेस आन्दोलन फोरम-राजपाले सँगै गरेको थियो । अहिले पनि मिलेरै सहमति गर्नुपथ्र्यो तर फोरम अध्यक्ष यादवले त्यसलाई उल्लंघन गरे ।’ महतोले गठबन्धनमा तलमाथि गर्दा मुद्दा कमजोर हुने र एजेन्डा सम्बोधन नहुने खतरा बढी रहने बताए । उनले भने, ‘अहिल्यै गठबन्धन टुटेको त छैन तर हामी फोरमको गतिविधि हेरेर निर्णय गर्छौं ।’ राजपा अध्यक्ष मण्डलका अर्का सदस्य अनिल झाले तत्कालै फोरमले केही निर्णय गर्ने अवस्थामा नरहेको बताए । फोरम र नेकपासँग भएको सम्झौता आफ्नो नकारात्मक टिप्पणी नरहेको उनको भनाइ छ । फोरम अध्यक्ष उपेन्द्र यादव सरकारमा सहभागी भए संघीय सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने सम्भावनातर्फ राजपाले संकेत गरेको छ । प्रदेश २ को गठबन्धन टुट्न सक्नेतर्फ संकेत गर्दै राजपा महामन्त्री मनिष सुमनले भने, ‘फोरम अध्यक्ष यादव सरकारमा जाने सम्झौता गरेपछि राजपालाई पनि आफूखुशी निर्णय गर्न बाटो खुलेको छ ।’ सुमनका अनुसार जेठ २५ गते बस्ने राजपा बैठकले गम्भीर निर्णय गर्ने सम्भावना छ । त्यसमा प्रदेश गठबन्धनदेखि लिएर अन्य मधेसका मुद्दाबारे पनि छलफल गर्ने राजपाको तयारी रहेको उनले बताए । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले भने फोरम-राजपा गठबन्धन सम्बन्धमा त्यस्तो कुनै असर नपरेको बताए । ‘हामी अहिले पनि एक नै छौं, केन्द्रीय सरकारमा पार्टी सहभागी भएको छ,’ उनले भने, ‘तर हामी प्रदेशमा एक नै छ ।’ केन्द्रीय सरकारको सहभागतिाको विषय लिएर प्रदेशमा कुनै असर नपरेको उनले बताए । फोरम-राजपा गठबन्धनको प्रदेश २ मा ५४ सिट छ । बहुमत पुग्ने भएको हुनाले दुवै दल मिलेर सरकार गठन गरेका छन् । एक सय सातजना प्रदेशसभा सदस्यमध्ये फोरमसँग मात्रै २९ सिट छ । नेकपा र फोरम मिल्दा ६१ सिट अर्थात् सहज बहुमत पुग्ने देखिन्छ । फोरम-राजपाको गठबन्धनमा ३ फागुनमा मुख्यमन्त्री लालबाबु राउतको नेतृत्वमा सरकार गठन भएको थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending