Ntc summer Offer
Khabar Dabali २३ भाद्र २०८१ आईतवार | 8th September, 2024 Sun
NIMB

आईपीएल २०१८ः मा क-कसले रचे नयाँ कीर्तिमान ?

नयाँदिल्ली । आईपीएल २०१८ को फाइनलमा हैदराबादलाई हराउँदै चेन्नईले उपाधि जितेपछि एउटा नयाँ रेकर्ड बनेको छ। जुन पछिल्लो १० वर्षमा समेत बनेको थिए । च्याम्पियन चेन्नई सुपर किंग्स र सनराइज़र्स हैदराबाद यो सीजनमा चार पटक एक आपसमा खेलेका थिए । दुई पटक समूह चरढणमा, तेस्रो पटक प्लेअफ़मा र चौथो पटक फाइनलमा भिडेका थिए। सबै चारै खेलमा चेन्नई सुपरकिंग्सले हैदारावादलाई हराउँदै उपाधि उचालेको हो । यसका साथ आईपीएलको एकै सीजनमा कुनै पनि टीममाथि चारै पटक जित्ने र हार्नेको नयाँ कीर्तमान बनेको छ । हेरौ आइपिएलको ११औं संस्करणमा कस्ता कस्ता कीर्तिमान बने । गोल्डन ब्याट कसको नाममा १७ खेलबाट ८ अर्धसतकसहित ५२.२० औषतमा ७३५ रन बनाउने न्यूजिल्याण्डका कप्तान केन विलियमसन आईपीएल २०१८ मा सर्वाधिक रन बनाउने ब्याट्सम्यान बनेका छन् । वर्ष २०१६ मा विराट कोहली (९७३) र डेविड वार्नर (८४८) पछि एकै सीजनमा बनाएको यो तेस्रो सर्वाधिक योगफल हो। यस प्रतियोगितामा सर्वाधिक अर्धशतक पनि उनैको नाममा छ । यस्तै दिल्ली डेयरडेविल्सका ऋषभ पन्त (६८४) रन बनाउँदै दोस्रो भएका छन् भने बेंगलुरूका लोकेश राहुल (६५९) रन बनाएर तेस्रो सर्वाधिक रन बनाउने खेलाडी भएका छन् । आईपीएल २०१८ मा भएका सतक शेन वाटसनको २ सतकसँगै यो सीजन कुल पाँच शतक प्रहार भएका छन् । दिल्लीका ऋषव पन्त, चेन्नईका अम्बबाति रायडू तथा पञ्जावका क्रिस गेलले यो सिजन सतक प्रहार गरे । ३. ऋषभ पन्त प्रतियोगितामा सबैभन्दा ठूलो पारी खेल्ने खेलाडी बनेका छन्। उनले सनराइज़र्स हैदरावादविरूद्ध  ६३ बलमा नटआउट १२८ रन बनाएका थिए । सर्वाधिक छक्का यो सिजन ६८४ रन बनाएका दिल्लीका ऋषभ पन्तले सर्वाधिक छक्का प्रहार गरेका छन्। उनले १४ खेलबाट ३७ छक्का प्रहार गरेका हुन्। यस्तै दोस्रो नम्बरमा शेन वाटसनले १७ खेलबाट ३५ छक्का प्रहार गरे। यस्ते ३४ छक्का प्रहार गरेका चेन्नई सुपरकिंग्सका अम्बाति रायडू तेस्रो स्थानमा छन्।  यस्तै सर्वाधिक चौका प्रहार गर्ने ब्याट्म्यान पनि दिल्लीका ऋषभ पन्त नै भएका छन् ।  उनले १४ खेलबाट ६८ चौका प्रहार गरेका थिए। यस्तै दोस्रो नम्बरमा रहेका लोकेश राहुलले ६६ चौका प्रहार गरे भने तेस्रो नम्बरमा रहेका केन विलियमसनले ६३ चौका प्रहार गरे । सर्वाधिक औषत रनमा धोनी अगाडि यो प्रतियोगितामा सर्वाधिक औषत रन बनाउनेमा चेन्नई सुपरकिंग्सका कप्तान महेंद्र सिंह धोनी अगाडि देखिएका छन् । उनले खेलेका १५ खेलमा७५.८३को औषतमा  ४५५ रन बनाए। नौ पटक नटआउट पविलियन रहेका धोनी रन औसतमा प्रतियोगिताकै उत्कृष्ट खेलाडी बने । कसले जित्यो गोल्डेन बल अस्ट्रेलियाका एन्ड्र्यू टाईले किंग्स इलेवन पञ्जाबका लागि १४ खेल खेल्दै १८.६७ को औषतमा सर्वाधिक २४ विकेट लिए । दोस्रो स्थानमा रहेका हैदरावादका राशिद ख़ान २१ र तेस्रो स्थानमा रहेका हैदारावादकै सिद्धार्थ कौल २१ विकेटलाई पछि पारेका हुन् । बेस्ट बलिङ फिगर किंग्स इलेवन पञ्जाबका अंकित राजपूतले मात्र ११ विकेट लिए पनि सनराइजर्स हैदराबादविरूद्ध उत्कृष्ट प्रदर्शन गर्दै प्रतियोगिताकै उत्कृष्ट बलिङ फिगर हुने खेलाडी बने। उनले यस खेलमा ४ ओभर बलिङ गर्दै १४ रन दिएर पाँच विकेट लिए । यो सँगै उनले एकै खेलमा पाँच विकेट लिने ११ औं संस्करणको एक मात्र खेलाडी बने । साथै उनको यही प्रदर्शन प्रतियोगिताकै सर्वश्रेष्ठ बलिङ फिगर हो । अल टाइम बेस्ट आईपीएलका सबै ११ सिजनमा गरी सर्वाधि रन बनाउनेमा शुरेश रैना अगाडि छन् । फाइनलमा ३२ रन बनाएका रैना आइपिएलको ५ हजारी क्लबबाट मात्र १५ रनले पछि छन्। उनले १७२ खेलबाट ४९८५ रन बनाए । यस्तै विराट कोहलीले४९४८ रन बनाउँदै दोस्रो नम्बरमा आएका छन् । यस्तै १५४ विकेट लिएका लासिथ मालिङ्गाको रेकर्ड अझैसम्म कसैले तोड्न सकेका छैनन् । यस्तै क्रिश गेलले सर्वाधिक ६ सतक बनाएका छन् । यसअघि ५ सतक प्रहार गरेका गेलले यसपटलक पञ्जावका लागि सतक प्रहा गरे । यस्तै यो प्रतियोगितामा २७ छक्का प्रहार गरेका उनी २९२ छक्कासहित अग्र स्थानमै छन् । जसले एक खेल पनि खेल्न पाएनन् यो प्रतियोगितामा अक्सनबाट लिएका ४० खेलाडीले एक खेल पनि खेल्न पाएनन् । हेर्नुहोस् कुन टिमबाट कसले खेल्न पाएनन् ।
  •  चेन्नई सुपरकिंग्सः चैतन्य बिश्नोई, डेविड विली, कनिष्क सेठ, क्षितिज शर्मा, मोनू कुमार र नारायण जगदीशन ।
  • सनराइजर्स हैदराबादः बिपुल शर्मा, मेहदी हसन, सचिन बेबी, टी नटराजन र तन्मय अग्रवाल ।
  • दिल्ली डेयरडेविल्सः जयन्त यादव, मनजोत कालरा, गुरकीरत सिंह मान र सयान घोष ।
  • कोलकाता नाइटराइडर्सः कमलेश नागरकोटी र इशांक जग्गी ।
  • मुम्बई इन्डियन्सः एडम मिल्ने, आदित्य तारे, अनुकूल राय, मोहम्मद निधीश, मोहसिन ख़ान, राहुल चाहर, तेजिन्दर सिंह, सौरभ तिवारी, शरद लुम्बा र सिद्धेश लाड ।
  • किंग्स इलेवन पञ्जाबः प्रदीप साहू, मयंक डागर, मञ्जूर डार र बेन ड्वौर्शुइस ।
  • राजस्थान रोयल्सः आर्यमन बिड़ला, दुष्मंता चामीरा, जतिन सक्सेना, सुदर्शन मिथुन र जहीर खान ।
  • रोयल च्यालेन्जर्स बैंगलोरः अनिकेत चौधरी, अनिरुद्ध जोशी, नवदीप सैनी र पवन देशपाण्डे ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy