Khabar Dabali २४ चैत्र २०८२ मंगलवार | 7th April, 2026 Tue

हामी रिल्याक्समा छैनौं, अग्निपरीक्षामा छौंः प्रचण्ड

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूहरु अहिले पनि अग्निपरीक्षामा भएको बताएका छन् । गणेशमान सिंहको स्मृति र गणतन्त्रको स्थापनाका अवसरमा नेपाली कांग्रेसले आयोजना गरेको कार्यक्रममा प्रचण्डले उक्त कुरा बताएका हुन् । प्रचण्डले राजनीतिक स्थिरता भए पनि व्यापार घाटा हेर्दा देश दर्दानाक अवस्थामा रहेको बताए । ‘हामी राजनीतिक स्थिरताको नयाँ ठाउँमा आएका छौं’ प्रचण्डले भने, ‘तर हाम्रो व्यापार घाटा हेर्दा अवस्था निकै भयावह छ । आर्थिक विकास र समृद्धिको नयाँ संघर्षमा हामीले जित्नुछ । हामी रिल्याक्समा छैनौं, अग्निपरीक्षामा छौं । यो परीक्षामा हामी पास हुनैपर्छ ।’ गणतन्त्रका निम्ति नेपालीले निकै ठूलो संघर्ष गरेको प्रचण्डले स्मरण गरे । उनले भने, ‘भूमिगत अवस्थामा म दाङमा थिए, देउवाजी प्रधानमन्त्री हुुनुहुन्थ्यो, त्यो बेला मेरो उहाँसँग फोनमा कुरा भएको थियो । तात्कालीन एमालेका नेताहरुसँग पनि हामीले पटकपटक छलफल गरेपछि सहमतिको वातावरण बन्यो, गणतन्त्र सानो मेहेनतले आएको होइन ।’ ‘गणतन्त्र ल्याउन रोल्पामा वार्ता भयो, मैले पनि धेरै नेताहरुसँग कुरा गरे’ प्रचण्डले भने, ‘गीरिजाबाबूसँग धेरैपटक कुराकानी भयो, चक्र बास्तोला, कृष्ण सिटौला लगायतका नेताहरुले भूमिका खेल्नुभयो । एमालेका पनि नेताहरुले राम्रो भूमिका खेल्नुभयो । हामी मिल्यौं । गणतन्त्र आयो । गीरिजाप्रसाद कोइरालाको टावरिङ पर्सानालिटी नभएको भए गणतन्त्र आउन अझै समय लाग्थ्यो ।’ प्रचण्डले सरकारमा बहुमत भए पनि राष्ट्रिय मुद्धामा कम्युनिष्ट र कांग्रेस मिल्नुपर्ने बताए । उनले भने, ‘जति–जति बेला कम्युनिष्ट र कांग्रेस मिलेका छौं, त्यो बेला देशले जितेको छ । पहिलो संविधान सभामा हामी मिल्न सकेनौं, देशले दुख पायो । भूकम्पपछि हामी मिल्यौं र संविधान बन्यो । २०४६ सालको आन्दोलन, २०६३ को जनआन्दोलन र गणतन्त्र पनि हामी मिलेका कारण सम्भव भएको हो । राष्ट्रिय मुद्धा र हितमा हामी फेरि पनि मिल्नुको विकल्प छैन ।’ ‘देशलाई एकतावद्ध गर्न मैले धेरै मेहेनत गरेको छु, मधेशमा समस्या थियो’ प्रचण्डले भने, ‘मैले सबैसँग सहकार्य गर्ने नीति लिएँ, देशमा चुनाव भयो । अहिले सबैले संविधानको अपनत्व लिने अवस्था आएको छ, यो साना दुखले भएको होइन ।’ ‘कम्युनिष्ट मिल्दा अधिनायकवाद आउँछ कि भन्ने चिन्ता नलिनुस्, हामी अधिनायकवाद ल्याउन मिलेका होइनौं’ प्रचण्डले भने, ‘विचार मिल्नेहरु मिल्न सम्भव हुन्छ । विचार नमिल्नेसँग सहकार्य गर्छौं, हाम्रो कसैलाई पनि निषेध गर्ने नीति छैन । विश्व परिस्थितिले हामीले चाहेर पनि कांग्रेसलाई निषेध गर्न सक्दैनौं, गर्नु पनि हुँदैन ।’ ‘शान्ति सम्झौताका हस्ताक्षरकर्ता गीरिजा र प्रचण्डलाई विश्वस्तरमा स्थापित गर्ने किन जाँगर चल्दैन ?’ प्रचण्डले भने, ‘हाम्रोजस्तो शान्ति सम्झौता यूरोप, ल्याटिन अमेरिका वा अमेरिकामा भएको भए त्यसको चर्चा दिनदिनै हुन्थ्यो । तर, हामी गरीब र सानो मूलुक भएकाले भएन ।’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending