Khabar Dabali २२ माघ २०८२ बुधबार | 4th February, 2026 Wed
Investment bank

प्रधानमन्त्री हटाउन ओली र प्रचण्ड एक ठाउँ

काठमाडौं, महाविनाशकारी भूकम्पपछि उत्पन्न असहज अवस्थालाई प्रधानमन्त्री सुशील कोइराला नेतृत्वको सरकारले व्यवस्थित गर्न नसकेको निष्कर्षसहित एमाले अध्यक्ष केपी ओली र एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ राष्ट्रिय सहमतिको सरकार गठन गर्न कस्सिएका छन् । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ–सत्तासाझेदार एमालेका अध्यक्ष ओली र र प्रमुख प्रतिपक्षी दल एमाओवादी अध्यक्ष प्रचण्डबीच शुक्रबार मात्रै दुई चरणको वार्ता भएको हो । प्रधानमन्त्री कोइरालालाई हटाएर राष्ट्रिय सहमतिको सरकार गठनका लागि एमाले अध्यक्ष ओली र एमाओवादी अध्यक्ष प्रचण्डबीच शुक्रबार बिहान र साँझ दुईपटक वार्ता भएको हो। एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले सैद्धान्तिक रूपमा राष्ट्रिय सहमतिको सरकार ठीक भए पनि यसबारे कुनै कुरा औपचारिक रूपमा अघि बढिनसकेको दाबी गरे। केही दिनमा धेरै कुरा हुनसक्ने भने उनले बताए। एमाओवादी महासचिव कृष्णबहादुर महराले शुक्रबार ओली र दाहालबीच अनौपचारिक वार्ता भएको बताए। उनले भने, ‘शीर्ष स्तरमा कांग्रेस, एमाले र एमाओवादीका नेताहरूबीच वार्ता भइरहे पनि औपचारिक रूपमा खासै केही देखिएको छैन। तीनै दलका शीर्ष नेताहरूबीच भएको द्विपक्षीय वार्ताको स्वरूप आइसकेको छैन।’ भेटवार्तामा ओली र प्रचण्डले दुवैले विद्यमान संकटलाई निकास दिन राष्ट्रिय सहमतिको सरकारको नेतृत्वको दाबी गरेका थिए। स्रोतका अनुसार दुवै नेताले राष्ट्रिय सरकारको नेतृत्व नलिने दललाई सत्तामा प्रमुख हिस्सा दिने धारणा राखेका थिए। ओली र प्रचण्डले आफूहरूमध्ये कुनै एकले राष्ट्रिय सरकारको नेतृत्व गर्न नपाए विगतमा प्रधानन्यायाधीशले नेतृत्व गरेझै आगामी दिनमा प्रशासन वा अन्य कुनै निकायका व्यक्तिले त्यस्तो सरकारको नेतृत्व गर्न सक्ने धारणा पनि राखेको स्रोतको दाबी छ। ओलीले आफूप्रति विद्यमान प्रशासन एवं सुरक्षा सयन्त्रका साथै भारत, चीन र अमेरिकाको समर्थन रहेको दाबी प्रचण्डसमक्ष गरेका थिए। प्रचण्डले विगतमा आफू सत्तामा गए पनि विविध कारणले हट्नुपरेको स्मरण गर्दै आफ्नो आठमहिने कार्यकाल लोकतान्त्रिक आन्दोलनपछि सबैभन्दा राम्रो रहेको दाबी ओलीसँग गरेका थिए। यसअघि ओलीले सोमबार आफ्ना सहयोगी नेता विष्णु पौडेललाई एमाओवादी अध्यक्ष प्रचण्डलाई फकाउन उनकै निवास लाजिम्पाट पठाएका थिए। कांग्रेस नेता शेरबहादुर देउवाले पनि आफ्नै नेृतत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउन भेटघाटलाई तीव्रता दिइरहेका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE