Ntc summer Offer
Khabar Dabali २ कार्तिक २०८१ शुक्रबार | 18th October, 2024 Fri
Investment bank

फ्रान्समा 'स्पाइडरम्यान' उद्धारकर्तालाई नागरिकता

फ्रान्सको राजधानी प्यारिसस्थित एउटा भवनको बार्दलीबाट खसेर झुन्डिरहेको अवस्थामा रहेका एक बालकलाई उद्धार गरेका मालीका आप्रवासीलाई फ्रान्सेली नागरिकता दिइने भएको छ।

सो भवन चढेर चार वर्षे बालकको ज्यान बचाएपछि मामुदु गेसामाले व्यापक प्रशंसा पाएका छन्। एउटा बार्दलीबाट अर्को बार्दली उक्लँदै चौथो तलामा पुगी गेसामाले ती बालकलाई तान्दै गर्दा त्यहाँ जम्मा भएको भिड खुसीले चिच्याएको थियो। फ्रान्सेली राष्ट्रपतिको निवास एलिजे प्यालेसमा गेसामासँग भेट गरेपछि उनलाई अङ्गीकृत नागरिकता दिइने राष्ट्रपति एमानुएल माक्रोँले बताएका छन्। साथै माक्रोँले गेसामालाई उनको साहसका लागि एउटा तक्मा दिए अनि व्यक्तिगत रूपमा उनलाई धन्यवाद पनि दिए। गेसामालाई अग्निनियन्त्रण सेवामा कामका लागि प्रस्ताव पनि गरिने माक्रोँले बताए। गेसामाले, यूरोप पुग्नका लागि एउटा डुङ्गामा लामो तथा खतरापूर्ण यात्रा गरेका थिए। उनी भूमध्यसागर पार गर्दै इटलीसम्म पुगे अनि गत वर्ष मात्र फ्रान्स पुगे। गेसामाले सो भवनको सामुन्ने हिँडिरहेको बेला त्यहाँ भिड जम्मा भएको देखेको बताए। त्यहाँ बच्चा झुन्डिइरहेको देखेपछि आफूले केही नसोची सडक पार गरेर उनलाई बचाएको गेसामाले बताए। बच्चालाई सुरक्षित स्थानमा पुर्‍याउँदा ऊ रोइरहेको अनि उसको पैतालामा चोट लागेको पनि गेसामाले बताए। गेसामाले ती बालकलाई उद्धार गरिसकेपछि मात्र त्यहाँ अग्निनियन्त्रण गर्ने उद्धारकर्मीहरू पुगेका थिए। स्थानीय अधिकारीहरुलाई उद्धृत गर्दै फ्रान्सेली सञ्चारमाध्यमले जनाएअनुसार सो घटना हुँदा ती बालकका आमाबाबु घरमा थिएनन्। अदालतको स्रोतका अनुसार ती बालकका बाबुलाई आफ्नो बच्चालाई यत्तिकै छाडेको आशङ्कामा प्रहरीले सोधपुछ गरेको छ। उनकी आमा घटना हुँदा प्यारिसमा नभएको ठानिएको छ। बाइस वर्षीय गेसामाको साहसलाई प्रशंसा गर्नेमध्ये प्यारिसकी मेयर यान इडाल्गो पनि एक हुन्। उनले गेसामालाई टेलिफोन गर्दै धन्यवाद दिएकी थिइन्। साथै, गेसामालाई उनले स्पाइडरम्यान भन्ने सङ्ज्ञा दिइन् र उनी सबै नागरिकका लागि एउटा उदाहरण भएको पनि बताइन्। बीबीसी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy