Khabar Dabali २४ चैत्र २०८२ मंगलवार | 7th April, 2026 Tue

बालकृष्ण ढुङ्गेलको विरोध गर्नेलाई गृहमन्त्री बादलले दिए यस्तो जवाफ

चितवन । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले सशस्त्र युद्धका समयमा भएको हत्याको घटनामा अदालतबाट दोषी ठहर बालकृष्ण ढुङ्गेललाई नियमित प्रक्रियाबाट रिहा गरिएको बताएका छन् । बुधवार भरतपुर विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै गृहमन्त्री बादलले हत्याको मुद्दा लगाउने निर्णय गलत भएकाले कानुनी प्रक्रिया पुरा नहुँदा जेल गएकाले गणतन्त्र दिवसको अवसरमा अरुलाई जस्तै ढुङ्गेललाई पनि रिहा गरेको स्पष्ट पारेका हुन् । गृहमन्त्रीले बालकृष्णले पनि अन्य कैदीले जस्तै ४० प्रतिशत सजाय भुक्तानी गरेको तथा कारागारमा असल चालचलन देखाएकाले गणतन्त्र दिवसको अवसरमा रिहा गरेको बताए । ‘ढुंगेलविरुद्धको मुद्दा राजानैतिक रहेको निचोड सबै दलले निकालेका हुन्, तर सर्वोच्चबाट सजाय भइसकेकाले कानुनी प्रकृया पुरा गर्न समस्या भएको थियो’, उनले भने, ‘सर्वाच्चको आदेशपछि र त्यसअगाडि ४० प्रतिशत सजाय काटिसकेकाले माफी दिइएको हो ।’ मन्त्री थापाले फरक प्रसंगमा पूर्वाधार निमार्णबाट मात्रै देशको समृद्धि सम्भव रहेको भन्दै बजेटले त्यसलाई सम्बोधन गरेको बताए । मन्त्री थापाले सरकारले ल्याएको बजेट विकास, समृद्धि र सु–शासनप्रति लक्षित रहेको दावी गरेका छन् । पाँच वर्ष भित्र देशमा ठोस पूर्वाधार तयार गर्ने सरकारको योजनामा बजेट केन्द्रित रहेको उनले बताए । ‘विकास, समृद्धि र सुशासनका लागि बजेट केन्द्रित छ’, थापाले भने, ‘पाँच वर्षमा विकासको ठोस पूर्वाधार तयार गर्ने गरी बजेट आएको छ ।’ उनले देशमा विखण्डनकारी गतिविधिमा सक्रिय भएकालाई मूल प्रवाहमा ल्याउने सरकारको नीति रहेको बताउँदै त्यसलाई अटेर गरे निस्तेज पार्ने समेत बताए । नेपाली काँग्रेसलगायतका दलहरूले ढुङ्गेललाई रिहा गर्न नहुने भन्दै विराेध गर्दै अाइरहेकाे छ । साथै काँग्रेसले ढुङ्गेललाई जेल मुक्त गरिएकाे भन्दै सदन अवरूद्द गर्ने चेतावनी दिएकाे छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending