Ntc summer Offer
Khabar Dabali १५ मंसिर २०८१ शनिबार | 30th November, 2024 Sat
Investment bank

कसैलाई मनलाग्दी गर्ने छुट छैनः प्रधानमन्त्री ओली

काठमाडौं १६ जेठ । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले संविधान र कानुन अनुसार चल्ने देशमा भएकोले कसैलाई मनलाग्दी गर्न छुट नभएको बताएका छन् । नेपाल कम्यूनिष्ट पार्टीको संघीय संसदीय दलको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।

“निश्चित समयको कैद भुक्तानी गरेपछि अरु कैदीलाई संविधान,नियम कानुन अनुसार अरु कैदीहरु जसरी छुट्छन् ,बालकृष्ण ढुंगेल त्यसैगरी छुट्नु भएको हो ” प्रधानमन्त्री ओलीले भने, “यस बिषयमा काँग्रेसको आलोचना कानुन सम्मत छैन ।” प्रधानमन्त्ती ओलीले काँग्रेसलाई खुद्रा,त्यान्द्रा समाएर राजनीति नगर्न सुझाउनु भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बालकृष्ण ढुंगेलको रिहाईबारे स्पष्ट पारेका छन् । प्रधानमन्त्रीले बालकृष्ण ढुंगेलको रिहाइका बिषयमा काँग्रेसले गरेको आपत्तीको कुनै अर्थ नरहेको बताए ।

नेपालको शान्ती प्रक्रिया दुंनियाका लागि दृष्टान्त भएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले यो कतैबाट आयातित मोडल नभइ आफैंले सृजना गरेको मोडल भएको प्रधानमन्त्रीको भनाइ छ । सरकारले ल्याएको बजेट उत्कृष्ट भएको प्रधानमन्त्री ओलीको भनाइ छ । वामगठबन्धनले जारी गरेको घोषणा पत्रमा समेटिएका कार्यक्रम बजेटमा सम्बोधन भएको प्रधानमन्त्री ओलीको भनाइ छ ।

प्रधानमन्त्री ओलीले बजेटमा कृषि,उद्योग,ब्यापार लगायतका क्षेत्रमा युगान्त्कारी परिवर्तन आउने कार्यक्रम समेटिएको बताउनुभयो । कतिपय सडक लगायत विकासका कामहरु प्रदेश र स्थानीय तहबाट सञ्चालन हुने भएकोले केन्द्रीय बजेटमा उल्लेख नभएको प्रधानमन्त्री ओलीको भनाइ छ ।

प्रधानमन्त्री ओलीले सबै सांसदहरुलाई बजेट पुन अध्ययन गर्न,नुबझेका कुरा अनुभवी र विज्ञ सांसदहरुसंग सोध्न पनि आग्रह गरेका छन् । “नेकपाका सांसदहरु जनताले चुनेर पठाएका प्रतिनिधि हुन् । उनीहरुले जनताप्रति उतरदायी हुनैपर्छ ” प्रधानमन्त्री ओलीले भन्नुभयो “हाम्रो संसदीय दल समय गुजारेर,अलमलिएर बस्ने पल्टन होइन । सधैं क्रियाशिल भइरहनुपर्दछ । ” प्रधानमन्त्री ओलीले संघीय समाजवादी फोरम केही दिन मै सरकारमा सहभागी हुने बताए ।

संसदीय दलको उपनेता नेम्वाङ आजको संसदीय दलको बैठकले नेकपाको संसदीय दलको उपनेतामा सुवासचन्द्र नेम्वाङलाई सर्वसम्मत चयन गरेको छ । यसैगरी संसदीय दलको प्रमुख सचेतकमा देवप्रसाद गुरुङ चयन भएका छन् । यसैगरी सचेतकमा शान्ता चौधरी चयन भएकी छन् । राष्ट्रियसभामा नेकपाको प्रतिनीधीको रुपमा दिनानाथ शर्मालाई बैठकले सर्वसम्मत चयन गरेको छ ।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy