Khabar Dabali २४ चैत्र २०८२ मंगलवार | 7th April, 2026 Tue

बालकृष्ण ढुंगेलबारे रामनारायण बिडारी र दिनेश त्रिपाठीबीच घम्साघम्सी

काठमाडाैं । सर्वोच्च अदालतले हत्या अभियोगमा जन्मकैदको सजाय पाएका तत्कालीन माओवादीका नेता एवम् पूर्वसांसद बालकृष्ण ढुंगेललाई बाँकी कैद मिनाहा गर्ने सरकारको निर्णयविरुद्ध अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । सर्वोच्च अदालतका प्रवक्ता भद्रकाली पोखरेलका अनुसार न्यायाधीशद्वय मिरा खड्का र टंकबहादुर मोक्तानको इजलासले ढुंगेललाई माफी दिने सरकारले सुरु गरेको प्रक्रिया रोक्न माग गर्दै परेको रिट निवेदनमाथिको सुनुवाइपछि त्यस्तो निर्णय सुनाएको हो । राजनीतिक पूर्वाग्रहका आधारमा ढुंगेललाई रिहाई गरिएको भन्दै एक पक्ष विरोधमा छ भने संविधानमा भएको व्यवस्थाअनुसार रिहाई भएकाले विरोध गर्न नुहुने अर्को पक्षको तर्क छ । यसै विषयमा ऋषि धमलाले कानुन व्यवसायीद्धय रामनारायण बिडारी र दिनेश त्रिपाठीसँग कुरा गरेका छन् । विडारी ढुंगेल रिहाईको पक्षमा छन् भने त्रिपाठी विपक्षमा । दिनेश त्रिपाठीः  बालकृष्ण ढुंगेललाई सजाय दिलाउन तपाई किन मरिहत्ते गरेर लाग्नुभएको ? बालकृष्ण ढुंगेललाई सर्वोच्च अदालतले सर्वश्वसहित जेल सजायँ सुनाएको हो । डा. बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा ढुंगेलको सजायँ माफीका लागि आग्रह गर्दा पनि सर्वोच्चको संवैधानिक इजलासले माफी दिन मिल्दैन भनेको थियो । तर सर्वोच्चको फैसलाविपरित अहिले कैद मिनाहा गरिएको हो । तपाईहरुले डलरको खेति गर्नका लागि यस्ता मुद्दाको पछाडि लागेको भन्ने आरोप छ नि ? यस्ता नन्सेन्स कुराको पछाडि म लाग्दिन । आरोप लगाउनेलाई मेरो चुनौति छ, कहाँबाट कति डलर आएको छ प्रमाणित गरेर देखाओस् । कसैले प्रमाणित गर्छ भने म वकालत पेशा नै छोडिदिन्छु । संविधानमा भएको व्यवस्थाअनुसार सरकारले ढुंगेललाई माफी दियो । तपाईहरुको विरोध केका लागि त ? अदालतमा बहस हुँदाहुँदै सरकारले छोडेको छ । त्यो नै बदनियत देखिन्छ । सरकारले नै न्यायिक प्रक्रियामा अवरोध गरेको छ । राम नारायण बिडारी: सरकारले बालकृष्ण ढुंगेलको कैद मिनाहा किन गर्यो ? सरकारले बालकृष्ण ढुंगेललाई मात्रै कैद सजायँ मिनाहा गरेको होइन । ८ सयभन्दा बढि कैदीले माफी पाएका छन् । ढुंगेललाई मात्र छुट्टै कानुन लाग्ने हो र ? अरुको बारेमा कसैलाई मतलब छैन, बालकृष्ण ढुंगेललाई माफी दिएकोमा मात्रै किन विरोध ? तर बालकृष्ण ढुंगेलको मुद्दाको प्रकृति फरक छ नि ? बालकृष्ण ढुंगेललाई नेपालको प्रचलित कानुनअनुसार नै कैद सजाय मिनाहा गरिएको हो । मुद्दा मात्रै फरक हो, नियम त सबैलाइ एउटै हो नि । त्रिपाठी : नियमअनुसार कैदीलाई माफी दिने सजायँ मिनाहा गर्ने चलन त पुरानै होनि । अहिले किन विरोध ? संवैधानिक इजलासले नै माफि दिन मिल्दैन भनेर फैसला गरेको हो नि । ढुंगेल त राजनीतिक दलका नेता हुन् । दलीय पहुँचका आधारमा सरकारले कैद सजायँ मिनाहा गरेको हो । राजनीतिक अभिष्ट पूरा गर्नका लागि न्यायिक दुरुपयोग गर्न मिल्दैन । बिडारी : सर्वोच्च अदालतले बालकृष्ण ढुंगेललाई कुनै पनि हालतमा नछोड्नु भनेको होइन । त्यसबेला ढुंगेल थुनामा परेकै थिएनन् । थुनामा नै नपरेको व्यक्तिलाई कैद मिनाहा गर्न मिल्दैन भनेको हो । त्रिपाठी :  बालकृष्ण ढुंगेलले आफै न्यायालयसमक्ष आत्मसमर्पण गरेका होइनन् । उनले न्यायिक प्रक्रियालाई सहयोग गरेका छैनन् । सर्वोच्चले फैसला गरेपछि पन उनी ८ वर्षसम्म फरार भएर बसेका व्यक्ति हुन् । असल चालचलन भनेर उनलाई सिफारिस गरिएको छ । जबकी उनले सर्वोच्चका न्यायाधिशलाई नै भौतिक आक्रमण गर्ने चेतावनी दिएका थिए । सर्वोच्चले समाज र पीडितका लागि खतरा हुन् भनेर भनेको छ । बिडारी : दिनेश त्रिपाठीको तर्क मान्ने कि सर्वोच्चको ? सर्वोच्चले त फैसला गर्न बाँकी नै छ नि । त्रिपाठी : अदालतमा बहस चल्दा चल्दै रिहा गर्न मिल्छ ? यो न्यायिक प्रक्रियाभित्र पर्छ ? पर्दैन । बिडारी : तपाईले गर्दा देशले नै दुःख पाइरहेको छ । अनावश्यक कुरा किन उठाउने ? त्रिपाठी :  मैले गर्दा के दुःख पाउने ? म त वकिल हुँ । न्यायिक प्रक्रियाको दुरुपयोग भएको कुरा उठाएको छु । लोकतन्त्रमा कानुनको धोकाधडी सुहाउँदैन । यो शक्तिको दुरुपयोग नै हो । गृहमन्त्री रामबहादुर थापाले जेलमा नै भेटेर ढुंगेललाई जसरी पनि रिहा गर्छु भनेका थिए । त्यसैले चालचलन ठिक भएर रिहाका लागि स्वतः स्फुर्त सिफारिस भएको होइन । बिडारी : गृहमन्त्रीको त कारागारमा गएर कैदीलाई भेट्ने, समस्या सुन्ने जिम्मेवारी नै हो नि । त्रिपाठी : भेट्नु त सामान्य नै हो । तर बालकृष्ण ढुङ्गेललाई भेटेर जसरी पनि रिहा गर्छु भन्नु त ठिक होइन नि । ढुंगेललाई रिहाई गर्नु भनेको कानुनको उल्लङ्घन नै हो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending