Khabar Dabali २४ चैत्र २०८२ मंगलवार | 7th April, 2026 Tue

यी हुन् सबैभन्दा बढी र कम धुम्रपान गर्ने देश, जहाँ पुरूषभन्दा महिला बढी छन्

फ्रान्समा सन् २०१६ को तुलनामा सन् २०१७ मा दश लाख मानिसहरूले धूमपान नगर्ने गरेको देखिएको छ । \'पब्लिक हेल्थ फ्रान्स\'का अनुसार धूमपान गर्ने व्यक्तिको संख्यामा त्यस्तो तीव्र कमी देखिएको हो ।
तर दशकौँदेखि धूमपान विरोधी नीतिहरू ल्याइएपनि अघिल्लो वर्ष गरिएको एउटा अध्ययनले विश्वव्यापी रुपमा चुरोट पिउने मानिसको संख्या बढ्दै गएको देखाएको थियो । सुर्तीजन्य पदार्थको प्रयोग विरुद्धको दिवसका सन्दर्भमा धूमपान बढी र कम हुने देशहरू बारे एक चर्चा ।

१) किरिबाटी

टापु देश किरिबाटीमा धूमपानको दर विश्वकै उच्च रहेको छ। त्यहाँ जनसंख्याको दुई तिहाइ पुरुष र एक तिहाइभन्दा बढ्ता महिला चुरोट पिउँछन् ।
प्रशान्त क्षेत्रमा पर्ने उक्त टापूको जनसंख्या मात्रै एक लाख तीन हजार रहेको छ । सुर्ती विरोधी खुकुला नियमहरू र चुरोटमा कम कर लगाइने हुनाले त्यही सुर्तीजन्य पदार्थहरूमा मानिसहरूले सहजै पहुँच कायम गरेका छन् ।

२) मोन्टिनिग्रो

पूर्वी युरोपको देश मोन्टिनिग्रोमा युरोपकै उच्च धूमपानको दर रहेको छ। त्यहाँ ४६ प्रतिशत मानिस धूमपान गर्छन् । उक्त बाल्कन देशको जनसंख्या ६ लाख ३३ हजार रहेको छ। त्यहाँ एक जना वयस्क व्यक्तिले ४ हजार १ सय २४ चुरोटका खिल्ली प्रति वर्ष सेवन गर्छन् । सार्वजनिक स्थानहरूमा धूमपान गर्न प्रतिबन्ध लगाइएको भएपनि मानिसहरूले कार्यालय, खाजाघर, बार र सार्वजनिक यातायतमा खुल्लमखुल्ला धूमपान गर्छन् ।

३) ग्रिस

ग्रिस तेश्रो बढी धूमपान हुने देश हो । त्यहाँ देशका आधा भन्दा बढी पुरूष र ३५ प्रतिशत महिला धूमपान गर्छन। सन् २००८ देखि नै सार्वजनिक स्थानहरूमा धूमपान निषेध गरिएपनि मानिसहरू जहाँ पनि चुरोट सेवन गरिरहेका भेटिन्छन् । ग्रिसमा अवैध रुपमा चुरोटको तस्करी हुने गर्छ। एउटा बजार अनुसन्धान कम्पनी युरोमोनिटर इन्टरन्याशनलले सन् २०१९ देखि एथेन्सले वर्षेनी एक अर्ब युरो राजश्व गुमाउने अनुमान गरेको छ ।

४) पूर्वी टिमोर

पूर्वी टिमोर विश्वकै उच्च धूमपान दर भएको देशमध्ये एउटा हो। त्यहाँ कूल जनसंख्याको लगभग ८० प्रतिशत पुरूष धूमपान गर्छन् जून विश्वकै उच्च हो । तर धूमपान गर्ने महिला चाहिँ ६ प्रतिशत मात्रै छ। दक्षिण पूर्वी एसियाको गरिब देश पूर्वी टिमोरमा एक बट्टा चुरोटको मूल्य एक डलर भन्दा कम पर्छ । सबै चुरोटका बट्टामा धूमपान घातक हुने लेखिएका भएपनि धूमपानकर्ताका लागि त्यसले छुँदैन । किनभने त्यहाँ देशको जनसंख्याको आधा भन्दा बढी निरक्षर रहेका छन् ।

५) रूस

रुस पाँचौ धेरै धूमपान गरिने देश हो। त्यहाँ १५ वर्षमाथिका करिब ६० प्रतिशत पुरूष धूमपान गर्छन् । २३ प्रतिशत महिला चुरोट पिउँछन् । कार्यस्थल र सार्वजनिक सवारी साधनमा धूमपान गर्नु कानून विपरित भएपनि सुर्तीजन्य पदार्थको व्यापक विज्ञापनलाई उच्च धूमपान दर हुनुको एउटा मूख्य कारण ठानिन्छ । केही पसलहरूमा एक बट्टा चुरोट एक डलर भन्दा कममा खरिद गर्न सकिन्छ । रूसी चुरोटले २२ अर्ब डलर बराबरको बजार ओगटेको बताइन्छ ।

कम धूमपानकर्ता रहेका देश

कम चुरोट सेवन गरिने देशहरूमा घाना, इथियोपिआ, नाइजेरिया, इरिट्रिआ र प्यानमा रहेका छन्। विश्व स्वास्थ्य संगठनका अनुसार करिव १४ प्रतिशत अफ्रिकीहरू धूमपान गर्छन् । महिलाहरूले धूमपान गर्नु अनैतिक ठानिन्छ । घाना, इथियोपिआ र नाइजेरिया पनि विश्व स्वास्थ्य संगठनको धूमपान नियन्त्रण सम्बन्धी \'फ्रेमवर्क कन्भेन्सन\' भनिने सन्धिमा सामेल छन् । तिनीहरूले धूमपानको नकारात्मक असरबाट आफ्ना नागरिकलाई जोगाउन कडा प्रावधानहरू र नियन्त्रणका उपायहरू लागु गरेका छन् । \'हर्न अफ अफ्रिका\' नामक प्रायद्वीपमा धूमपानको विकल्पमा चपाइने एउटा काट भनिने पातले पनि त्यहाँ कम धूमपानको दरलाई व्याख्या गर्छ । विश्व स्वास्थ्य संगठनले विश्वभर लगभग एक करोड मानिसले काट चपाउँने गरेको उल्लेख गरेको छ ।
अफ्रिकामा धूमपानको औसत दर तुलनात्मक रूपमा कम रहेपनि विकासशील देशहरूमध्ये सबैभन्दा तीव्र गतिमा त्यहाँ धूमपानको प्रवृत्ति बढिरहेको मेडिकल जर्नल लान्सेटले जनाएको छ । उच्च आय भएका पश्चिमा देशहरुमा नियममा गरिएका कडाइ, अनुगमन र करका कारण धूमपानको दर घटिरहेको छ । त्यसको परिणाम स्वरूप सुर्तीजन्य उद्योगहरूले विकासशील देशहरूमा आफ्नो बजार विस्तार गरिरहेका छन् र युवाहरूलाई आकर्षण गर्ने प्रयास गरिरहेका छन् ।

विश्वको सबैभन्दा ठूलो उपभोक्ता

विश्व स्वास्थ्य संगठनका अनुसार चीन विश्वको सबैभन्दा ठूलो सुर्ती उत्पादक र खपतकर्ता हो । चीनमा ३० करोड धूमपानकर्ता छन् जुन विश्वको कूल धूमपानकर्ताको झण्डै एक तिहाइ संख्या हो । तर बजार अनुसन्धानमा संलग्न समूह युरोमोनिटर इन्टरन्याशनलले सन् २०१६ मा चीनमा सुर्तीको खपतमा दुई दशकमा पहिलो पटक कमी आएको उल्लेख गरेको थियो ।

महिला

पुरूषभन्दा बढी महिला धूमपानकर्ता भएको एउटै मात्र देश डेनमार्क हो, जहाँ १९ दशमलव धूमपानकर्ता महिला छन् भने पुरूष धूमपानकर्ता १८ दशमलव ९ प्रतिशत रहेका छन् । वास्तवमै अहिलेसम्मकै उच्च संख्यामा महिला धूमपानकर्ताहरू युरोपमा छन् जहाँ महिला र पुरूष धूमपानकर्ताबीचको संख्याको अन्तर सानो छ ।
अप्रत्यक्ष सहित धूमपानका कारण वर्षेनी ७० लाखभन्दा बढी मानिसले ज्यान गुमाउने गरेका छन् । विश्व स्वास्थ्य संगठनका अनुसार धूमपान गर्ने १ अर्ब १० करोड जनसंख्यामध्ये ८० प्रतिशत मानिसहरू कम तथा मध्यम आय भएका देशहरूमा बसोबास गर्छन् । ब्रिटिश अमेरिकन टोबाको नामक एउटा बहुराष्ट्रिय कम्पनीका अनुसार विश्व सुर्तीबजारको मूल्य ७ खर्ब ७० अर्ब डलर रहेको छ । बीबीसी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending