Khabar Dabali २४ चैत्र २०८२ मंगलवार | 7th April, 2026 Tue

सत्तारूढ दलका यी सांसद, जो रोष्टममै रोए

काठमाडाैं ।  सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टीका सांसद गजेन्द्रबहादुर महत संसदमै रोएका छन् । बिहिबार आर्थिक वर्ष २०७५/७६ का लागि विनियोजित बजेटमाथि छलफलमा बोल्दै वडाअध्यक्षको हैसियतमा राखेर अपमान गरेको भन्दै मन्तव्यको क्रममा रोएका हुन् । उनले अाँशु झार्न नसकेको पनि उनले गला अड्काउँदै बोलेका थिए । निर्वाचन क्षेत्र विकास कार्यक्रमका नाममा ४ करोड छुट्याए पनि योजना छनोटका लागि स्थानीय प्रतिनिधिसमेत रहेको समिति बनाउनु गलत भएको उनले बताए । ‘बजेटको बचाउ मैले गर्नुपर्छ जस्तो लाग्दैन । बचाउ कमजोर बस्तुको गर्ने हो । सम्मानित गिरिजाप्रसाद कोइरालाले भनेको मेरो कानमा अझै गुञ्जिएको छ । ‘तिमीहरुको विरोधले यो हल्लिँदैन’ भन्नु भएको थियो,’ उनले भने, ‘बजेट बलियो तर बजेट हल्लिँदैन । तर, बजेटले मलाई हल्लाएको छ, यो बजेटले जुम्लालाई हल्लाइरहेको छ ।’ उनले बजेट अकाशको फल आँखातरी मर भने जस्तो भएको टिप्पणी गरे । ‘लंकामा सुन छ कान मेरो बुच्चै। न घरको न घाटको यो बजेट यस्तो छ । यो बजेट मेरा लागि न हर्ष न विस्मातको छ ।’ विकासका धेरै कुरा समेटेको बजेटले जुम्लालाई समेट्न नसकेको आरोप उनले लगाए । ‘विकासका धेरै कुरा समेटेको छ शहरका लागि। सायद त्यहाँ नेताहरु छन् होला। अथवा घना बस्ती भएर होला । सबै शहरकै जिम्मा छ,’ उनले भने, ‘रोजगारको जिम्मा सबै बैंकलाई दिइएको छ । जो बैंकले रोजगार कहिल्यै दिएन ।’ उनले बैंकहरु सुदखोर भएको समेत आरोप लगाए । ‘यी बैंक कस्ता छन् भने सुदखोरहरु, हिजोका सामन्तहरु, हिजोका मुखियाहरु अहिले बैंक थापेर बस्या छन् । जसलाई रोजगारको जिम्मा लगाइएको छ,’ उनले भने । उनले स्वास्थ्यको जिम्मा विमा कम्पनीलाई लगाइएको भन्दै विरोध गरे । ‘अब हामी कर्णालीका मान्छे त्यो विमाको कार्ड लिएर कहाँ जाने हो ? जुम्लाका मान्छे कहाँ जाने हो ?,’ उनले प्रश्न गर्दै भने, ‘विमा कार्ड लिएर आउन जान हामीलाई पचास हजार लाग्छ । काठमाण्डुका मान्छे पाँच रुपैयाँ १० रुपैयाँ खर्च गरे वीर अस्पताल पुग्न सक्नुहुन्छ । म जुम्लाबाट आँउदा ५० हजार रुपैयाँ भाडा लाग्छ । अब म त्यो विमाको कागज लिएर कता जाने हो ?’ बजेटले सांसदहरुलाई तह लगाउन खोजिएको आरोप लगाए । उनले बजेटले सांसदलाई वडाध्यक्षको ठाउँमा लिएर राखेको भन्दै प्रश्न गरे, ‘कोही मन्त्री हुँदैमा सांसदलाई तह लगाउन पाइन्छ ?’ संसद विकास कोषको रकम हटाइएको भन्दै उनले आक्रोश पोखे, ‘चाहिएको छैन हामीलाई त्यो चार करोड, नेताहरुको ठाँउमा जति जान्छ बजेट त्यति दिनुस् । मैले एउटा हाइड्रो पावर सोचेको छु । त्यो हाइड्रो पावरमा हाल्दिनुस्, भयो । मलाई चाँहिँदैन त्यो चार करोड ।’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending