Ntc summer Offer
Khabar Dabali ४ आश्विन २०८१ शुक्रबार | 20th September, 2024 Fri
NIMB

'राहत अन्यत्रै दिएहुन्छ, भग्नावशेष हटाइयोस्'

ललितपुर, ललितपुरको बुङ्मती, खोकनालगायत स्थानमा भत्किएका संरचना हटाउने काम नै यतिखेर प्रमुख समस्याका रुपमा रहेको छ ।

सरकार तथा निजी सङ्घसंस्थाले उपलब्ध गराएको राहत र त्रिपालमुनिको बासले तत्कालका लागि समस्या समाधान गरे पनि भत्किएका भग्नावशेष हटाउनका लागि कुनै पनि पहल र प्रयत्न नहुँदा स्थानीयवासी चिन्तामा परेका छन् । सरकारले लगत सङ्कलनपछि मात्रै भत्किएका घर तथा टहराको भग्नावशेष हटाउन आग्रह गरेपछि बुङ्मतीका बासिन्दा समस्यामा परेका छन् ।

साँघुरो बाटो र भत्किएका संरचनाका कारण ठूला डोजर तथा स्काभेटर बस्तीमा पस्न नसक्दा समस्या थपिएको स्थानीयवासीको भनाइ छ । मनसुन सुरु हुन लागेको छ । बस्ने बासको जोहो कसरी गर्ने होला भन्ने पिरलोले पनि त्यत्तिकै सताएको छ । त्रिपालले वर्षा नधान्नेमा स्थानीयवासी चिन्तित छन् । उनीहरुको तत्कालै अस्थायी आवासको व्यवस्था होस् र त्यसका लागि सरकारले पहल गरिदेओस् भन्ने चाहना पनि छ ।

भत्किएका घर तथा टहराको भग्नावशेष हटाउन पाए सोही स्थानमा नै दुःखजिलो गरेर भए पनि तत्कालका लागि अस्थायी आवास बनाउन सकिने स्थानीयवासीको भनाइ छ । गत वैशाख १२ गते गएको भूकम्पका कारण बुङ्मतीको पुरानो बस्ती पूर्ण रुपमा ध्वस्त भएको छ । बस्ती पूरै खण्डहर भए पनि बुङ्मतीवासीमा आशाको त्यान्द्रो भने चुँडिएको छैन ।

भूकम्पले धेरै नै प्रभाव पारेको सिन्धुपाल्चोक, धादिङ, नुवाकोट, रसुवा, गोरखालगायत जिल्लामा राहत सामग्री नपुगेको खबर सुनिरहे पनि बुङ्मतीवासी त्यसका लागि भने भाग्यमानी छन् । उनीहरुलाई विभिन्न सङ्घसंस्थाले दैनिकजसो नै राहत सामग्री उपलब्ध गराएका छन् । आज पनि स्थानीय अमरापुर बुद्ध विहारमा वल्र्ड भिजन इन्टरनेसनले राहत वितरण गरिरहेको थियो ।

\'हामीले दैनिकजसो राहत सामग्री पाएका छौँ, तर अन्य जिल्लाका पीडितले राहत नपाएको गुनासो सुनेका छौँ, अन्यत्र पनि समानुपातिक रुपमा राहत वितरण होस्\' स्थानीयवासी मानरत्न वज्राचार्यले भने, ‘हाम्रो एउटा मात्रै माग छ भत्किएको संरचना हटाउने पहल होस् र पिउने पानीको प्रभावकारी व्यवस्था गरियोस्, अरु हामीलाई चाहिएन ।’

काष्ठकलाको व्यवसाय गर्दै आउनुभएका वज्राचार्यले १६ जनालाई रोजगारी पनि दिएका थिए । \'भत्किएका संरचना हटाउन गृह मन्त्रालयले स्थानीय प्रशासनलाई फर्म भरेर मात्रै हटाउन भनेकाले पनि समस्यामा परेको भन्दै तत्काल त्यसका लागि सहज वातावरण बने स्थानीयवासीले आफ्नो थातथलोको सामान हटाउन पाउने थिए\'– वज्राचार्यको भनाइ छ । पिउनेपानीको समस्या बुङ्मतीमा यतिखेर सबैभन्दा बढी समस्या पिउने पानीको देखिएको छ । चन्द्रनहरबाट प्रदान गरिएको पिउने पानीको पाइपमा समस्या आएका कारण पानी वितरण हुन नसकेको स्थानीयवासीको भनाइ छ । स्थानीयवासीले तत्काल पिउने पानीको सहज आपूर्तिको व्यवस्था मिलाइदिन सरकारसँग आग्रह गरेका छन् ।

बुङ्मतीका अर्का बासिन्दा तीर्थलाल माली भत्किएका संरचना हटाउनका लागि सरकारले विशेष पहल गरिदेओस् भन्छन् । \'भत्किने जति भत्किहाल्यो, हिँडडुुल गर्न पनि समस्या छ, भग्नावशेष हटाउन पाइयो भने धेरै राहत मिल्छ, सडक साँघुरो भएका कारण भग्नावशेष हटाउन पनि समस्या भएको छ\', माली भन्नुहुन्छ । सोही स्थानका भरत तुलाधरको मत पनि अरुको भन्दा फरक छैन । भत्किएको घर अगाडि टोलाइरहनुभएका तुलाधर तत्काल भग्नावशेष हटाउने उपायको खोजीमा हुनुहुन्छ । ‘‘मनसुन सुरु हुन लाग्यो, भग्नावशेष हटाउन पाए, अस्थायी बसोबासको व्यवस्था गर्न सकिन्थ्यो कि, हामीलाई राहत चाहिँदैन, पिउने पानीको व्यवस्था होस्’’, तुलाधर भन्छन् ।

स्थानीयवासी गीता तुलाधर पनि भग्नावशेष हटाउन पाए सहज हुने बताउँछन् । भग्नावशेष अगाडि केही सामान बटुल्दै गरेकी तुलाधरको पनि एउटै माग छ–\'पिउने पानी सहज रुपमा पाइयोस् र भग्नावशेष हटाउन पाइयोस् ।\' स्थानीयवासीले राहत अन्य जिल्लामा पठाउन आग्रह गर्दै तत्कालका लागि शुद्ध पिउने पानी र भग्नावशेष हटाउन सरकारसँग आग्रह गरेका छन् । रासस

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy