Khabar Dabali २४ चैत्र २०८२ मंगलवार | 7th April, 2026 Tue

मन्त्री गिरिराजमणी पोखरेलले अहिलेसम्म के-के काम गरे ? (सूचीसहित)

काठमाडाैं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणि पोखरेलले आजसम्म भए गरेको कार्य प्रगति सार्वजनिक  गरेका गरेका छन् । शुक्रबार मन्त्री पोखरेलले अहिलेसम्म गरेका काम सार्वजनिक गरेका हुन् । उनले अन्य महिनामा भन्दा यो महिनामा निर्धारित समय भन्दा अलि पछाडि परेरको स्वीकारेका छन् । यी हुन् मन्त्री गिरीराजमणि पोखरेलले आजसम्म भए गरेको कार्य प्रगति १) नेपालको संविधान, शिक्षा ऐन र नियमावली अनुरुप हुने गरी राष्ट्रिय पाठ्यक्रम प्रारुप २०७५ पारित भएको छ । यसले कक्षा ११ र १२ लाई एकल पथीय बनाइएको छ । कक्षा ९ र १० मा ५ बटा अनिबार्य र २ वटा ऐच्छिक विषय रहने व्यवस्था भएको छ । २ वटा ऐच्छिक विषय मध्ये एउटा विषय पेशा व्यवसायिक विषय व्यवस्था मिलाएइको छ । कक्षा ११ र १२ मा नेपाली, अङ्ग्रजी, सामाजिक अध्ययन र जीवनउपयी शिक्षा गरि ४ विषय अनिवार्य रहने व्यवस्था भएको छ । कक्षा ११ र १२ मा ३ विषय ऐच्छिक रहनेव्यवस्था भएको छ । २) “एक बच्चाको भर्ना मेरो सामाजिक दायित्व, पहुँचमा सुनिश्चितता र सिकाइमा स्थायित्व” भन्ने नाराका साथ सञ्चालित विद्यालय बाहिर रहेका बालबालिकालाई बिद्याललयमा भर्ना गर्ने अभियान सम्पन्न भएको छ । यस अभियानबाट विद्यालय बाहिर रहेका कक्षा १ देखि ५ (५ देखि ९ वर्ष उमेर समूहका) ८८,२०७ मध्ये ७६,६५७ र कक्षा १ देखि ८ (५ देखि १२ बर्ष उमेर समूहका) ३,१३,२८९ मध्ये २,५३,५५६ बालबालिका विद्यालयमा भर्ना भएका छन । यस अभियानमा कुनै पनि कारणले अहिले पनि विद्यालय बाहिर रहेका बालवालिका भर्नाको दोस्रो चरण प्रारम्भ गर्न मन्त्री परिषदमा प्रस्ताव लगिएको छ । ३) नेपाल सरकारको कार्यविभाजन नियमावली अनुसार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय गठन भएपछि यस मन्त्रालयको र मन्त्रालय अन्तर्गतका केन्द्रिय निकायहरुको संगठन तथा व्यवस्थापन सर्भेक्षण गरी अस्थाई संगठन संरचना स्वीकृत भएको छ । मन्त्रालयको संरचनाम ७ वटा महाशाखा रहेका छन । पाठ्यक्रम विकास केन्द्र र शिक्षा तथा मानव स्रोत विकास केन्द्र केन्द्रीय निकायको रुपमा रहने गरी मन्त्री परिषदवाट स्वीकृत भएको छ । ४) “हामी सबैको प्रण, सार्वजनिक शिक्षाको रुपान्तरण” भन्ने नाराका साथ सार्वजनिक विद्यालयबाट प्रदान गरिने शिक्षाको गुणस्तर सुधारको लागि सार्वजनिक विद्यालय सुधार प्रारुप तयार गर्न कार्यदल गठन भई प्रतिवेदन प्राप्त भएको छ । केहि दिनमा सार्वजनिक बिद्यालय सुधार योजना सार्वजनिक गरिने छ । ५) प्राविधिक तथा व्यावसायिक शिक्षा परिषद्को बैठक बसी विद्यमान कानुनी व्यवस्थाको समीक्षा गरी प्राविधिक तथा व्यावसायिक शिक्षाको नीतिगत तथा संस्थागत रुपान्तरणको प्रस्ताव तयार पार्न एक कार्यदल निर्माण गरी कार्यसम्पन्न गरिसकेको छ । प्राविधिक शिक्षामा लिइने शुल्क सम्बन्धी व्यवस्था र छात्रवृत्तिमा अध्ययन गरेका व्यक्तिहरुले निश्चित अवधिसम्म अनिवार्य सेवा गर्नुपर्ने व्यवस्थाका सम्बन्धमा सुझाव दिन गठित दोस्रो कार्यदलले कार्य अघि बढिरहेको छ । ६) विदेशी शिक्षण संस्थाबाट संवन्धन लिई सञ्चालित विद्यालयलाई व्यवस्थित गर्ने सम्वन्धमा अध्ययन गरी राय सुझाव सहितको प्रतिवेदन पेश गर्न कार्यदल गठन भई कामलाई अगाडि बढाएको छ । ७) स्थानीय शिक्षाको नमुना कानुन तयार भएको छ । ८ ) संघीय शिक्षा विधेयक तर्जुमा गर्न मन्त्री परिषदबाट सैदान्तिक सहमति प्राप्त भएको छ । ९) शिक्षाको अधिकार सम्बन्धी बिधयेक तर्जुमा गर्न मन्त्री परिषदबाट सैदान्तिक सहमति प्राप्त भएको छ । १०) विश्वविद्यालयका उपत्यकाका सञ्चालित रहेको सम्पर्क कार्यलयहरु असार मसान्त भित्र खारेज गर्न आवश्यक निर्देशन गरिएको छ । १०) एसीया प्रशान्त क्षेत्रिय वाल बिकास सञ्जाल (आर्नेक)को सम्मेलनको तयारी पुरा भएको छ । यसबारे विस्तृत जानकारी पछि उपलब्ध गराइने छ । ११) विदुशी योगमाय आयुर्वेद विश्वविद्यालय स्थापना र सञ्चालनका लागि आवश्यक प्रक्रिया अगाडि बढाइएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending