Khabar Dabali २४ चैत्र २०८२ मंगलवार | 7th April, 2026 Tue

सांसदको चुनौतीः ‘अर्थमन्त्री युवराज खतिवडाज्यू वडाध्यक्ष जितेर आउनुस्’

काठमाडौं । अर्थमन्त्री युवराज खतिवडाले सांसदको अपमान गर्ने गरी बजेटको व्यवस्था गरेको भन्दै सांसदहरुले वडाध्यक्ष जितेर देखाउन चुनौती दिएका छन् । संसद्‍मा बजेटमाथि छलफल चलिरहँदा सत्तापक्ष र प्रतिपक्षका सांसदहरुले अर्थमन्त्रीको विरोध गरिरहेका छन् । शुक्रबारको छलफलमा सत्तापक्ष संघीय समाजवादी फोरमका सांसद प्रदीप यावदले सांसदको दबाबमा चार करोड बजेट छुट्याउनु परेको भन्दै दिएको अभिव्यक्तिले सांसदको अपमान गरेको बताए। ‘चार करोड हामीलाई दान दिएजस्तो गरिरहेको छ,’उनले भने, ‘हामीले भिख दिएजस्तो लाग्यो। हामी जनताबाट निर्वाचित जनप्रतिनिधि हौं। आशीर्वाद र टिकेप्रथाबाट आएका हैनौं। तपाईं पहिला जनताको प्रतिनिधि भएर आउनुस्।’ अाजको कान्तिपुरमा खबर छ-वडाध्यक्ष समेत जितेर नआएको व्यक्तिले सांसदको अपमान गरेको उनले आरोप लगाए। ‘तपाई जनताको प्रतिनिधि होइन। हामीलाई अपमान गर्दा दिलमा चोट पुगेको छ,’ उनले भने, ‘चार करोड राख्नुस् जे जे बनाउनु छ बनाउनुहोस्।’ चार करोड रुपैयाँ रोइरहेको बच्चालाई चकलेट दिएजस्तो गरेको उनको आरोप छ। पूर्वमाओवादी केन्द्रका सांसद अमनलाल मोदीले अर्थमन्त्री युवराज खतिवडा मनोनित सांसद भएकोले जनताको चाहना र भावना बुझ्न नसकेको बताए। ‘आफू नमरेसम्म स्वर्ग देखिँदैन भन्थ्यो, हो रै\'छ जस्तो लाग्यो,’ उनले भने, ‘मनोनितले जनताको भावना बुझेन।’ सांसदको मानमर्दन गर्न नसके देशको विकास नहुने उनले बताए। सत्तापक्षकै सांसद अग्नी सापकोटाले पनि अर्थमन्त्रीको आलोचना गरे। बजेटले राजस्व चुहावट, आर्थिक अनुशासन कायम गर्नेलगायत अन्य सुधार गर्ने भए पनि घोषणापत्र, नीति तथा कार्यक्रम, नेताहरुले गरेको प्रतिबद्धता अनुसार नभएको बताए। बजेटले अग्रगामी फड्का हान्न नसकेको उनले औंल्याए। ‘ड्याम ड्याम धक्का मार्दै अघि बढ्नु पर्नेमा धक्का मार्नै सकेन। जनताले महान् अग्रगामी छलाङ खोजेका थिए। छलाङ नदेख्दा जनतामा उत्साह देखिँदैन,’ उनले भने, ‘आउट लुक राजनीतिको उच्चतापबाट पैदा हुन्छ। आउट लुक ज्ञानको आयतभन्दा बढी हुन्छ। काठमाडौं उपत्यकामात्रै नेपाल होइन। उपत्यकाभन्दा धेरै जनसंख्या छ। किताव र अर्थशास्त्रको विज्ञको दर्शन त यहाँ देखा पर्छ। विशाल जनसंख्याको दर्द, पीडाको विश्लेषण गर्न कमी भएको छ।’ राजनीतिक पार्टीका सांसदलाई विस्थापित गर्ने खेल खेलिरहेको उनले आरोप लगाए। ‘अर्थमन्त्रीको राजनीतिक सोजबुझको कमी देखियो,’ उनले भने। सत्यबोध भएपछि बजेटमा सुधार गर्न आँट गर्नुपर्ने उनले बताए। ‘लेख्नु पर्ने च्याउ, लेखियो स्याउ। त्यति पनि सच्याउन नसक्ने हो भने विकासमा फड्का मार्न सकिँदैन,’ उनले भने, ‘सहिद परिवार, बेपत्ता अपाङ्गता भएका ब्यक्तिको परिवारको समस्या समेटिएन। उनीहरुलाई अवमूल्यन गर्नु हुँदैन।’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending