Khabar Dabali ११ चैत्र २०८२ बुधबार | 25th March, 2026 Wed
Investment bank

एक दशकदेखि नदीको पानी पिउँदै राना परिवार

कञ्चनपुर, १९ जेठ । खानेपानीको विकल्प नहुँदा शुक्लाफाँटा नगरपालिका–९ नौखरीको राना परिवारले बस्ती नजिकै भएर बग्ने सनवोरा नदीको पानी पिउनका लागि उपयोग गर्दै आएकाछन् । थोरै पैसाले ह्याण्ड पम्प गाड्न नसकिने भएपछि रानाको परिवारले नदीको पानी प्रयोग गर्दै आएको छ । रानाजस्तै यहाँका २० परिवारले एक दशकदेखि नदीको पानी पिउन बाध्य छन् । “नदीको पानी अशुद्ध छ भनेर जान्दाजान्दै पनि बाध्यताले पिउनु परेको छ”, छोटीदेवी रानाले भने, “थोरै गहिराइमा ह्याण्ड पम्प गाड्दा पानी आउँदैन । गहिरो गाड्नका लागि आर्थिक अवस्थाले भ्याउँदैन ।” 

नदीको पानी पिउँदा पखाला, आउँलगायत पानीजन्य रोग हुने गरेको छ । विभिन्न निकायमा सुरक्षित पानीको व्यवस्था गरिदिन माग गर्दै आए पनि हालसम्म नभएको सुम्ली रानाले बताए । कमैयाबाट मुक्त भएपछि पुनःस्थापन गराइएका परिवार बस्तीमा बस्दै आएका छन् । बस्तीका सबै परिवारसँग साँझ बिहानको खाना जुटाउनका लागि मजदूरी एक मात्रै सहाराका रुपमा रहेको छ । “मजदूरीको पैसाले परिवारको खाना जुटाउन निकै गाह्रो छ” गोरे खत्रीले भने, “ह्याण्ड पम्प गाड्नका लागि कम्तीमा पनि रु ५० हजार बढी खर्च लाग्ने हुन्छ, त्यो जुटाउन बस्तीका बासिन्दाको आर्थिक हैसियतले धान्दैन ।” वर्षात्का बेला धेरै परिवारले धमिलो पानीलाई भाँडामा जम्मा गरी थिग्रिएपछि पिउनका लागि प्रयोग गर्दै आएका छन् । केहीले दुई किलोमिटर टाढाको बस्तीबाट बोकेर पानी ल्याई पिउँछन् । लुगा धुन र वस्तुभाउलाई पानी खुवाउन यहाँका बासिन्दाले नदीको पानी नै चलाउँछन् । नगरपालिका वडा नं ९ का वडाध्यक्ष रमेशबहादुर ऐर बस्तीमा पानीको व्यवस्था नभएको कुरा पहिलादेखि नै थाहा भएकाले अब यहाँका बासिन्दाले सास्ती खेप्नु नपर्ने बताउँछन् । “पानीको व्यवस्था नभएको सो बस्तीमा छ वटा स्वचालित ह्याण्ड पम्प गाड्ने योजना रहेकाले आउँदो आवभित्रै ती कार्य पूरा गर्छौं”, उनले भने, “विगतमा पानीकै लागि यहाँका बासिन्दाले निकै सास्ती खेपेका छन् । शुद्ध पेयजल उपलब्ध गराई जनप्रतिनिधि आएको विश्वास यहाँका बासिन्दालाई दिन चाहन्छौँ ।” वडाध्यक्ष ऐर युवा र जागरुक भएकाले बस्तीमा पानीको व्यवस्था हुनेमा ढुक्क भएको स्थानीयवासी विक्रम थापा बताउनुहुन्छ । चुनावकै बेला उहाँले पानीको व्यवस्था गर्ने प्रतिबद्धता गरेकाले पूरा गर्नुपर्ने उहाँको भनाइ छ । रासस

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: