Khabar Dabali २४ चैत्र २०८२ मंगलवार | 7th April, 2026 Tue

सन्दीप लामिछानेलाई अर्को सफलता

काठमाडौं । नेपाली क्रिकेटर सन्दिप लामिछानेले फेरि अर्को मौका पाएका छन् । उनी क्यानेडियन लिग पनि खेल्न पाउने भएका छन् । इण्डियन प्रिमियर लिग (आईपीएल) मा उत्कृष्ट प्रदर्शन, क्यारेवियन प्रिमियर लिग सीपीएलमा अनुबन्ध, विश्व ११ बाट अन्तराष्ट्रिय ट्वेण्टी ट्वेण्टी क्रिकेटमा डेब्युलगायत लगातार खुशीका खबर दिइरहेका नेपाली क्रिकेटर सन्दीप लामिछाने क्यानेडियन लिगमा अनुबन्ध भएका हुन् । लेग स्पिनर सन्दीपलाई क्यानेडियन लिगका लागि मोन्ट्रेल टाइगर्स क्लबले अनुबन्ध गरेको हो । यससँगै उनले एकपटक फेरि विश्व क्रिकेटमा आफू उदाउँदो खेलाडी रहेको सन्देश दिएका छन् । ऐतिहासिक लर्डस मैदानमा विश्व ११ का तर्फबाट खेले लगत्तै सन्दीप क्यानेडियन लिगमा अनुबन्ध भएका हुन् । प्रतियोगिता जुन २८ तारिख देखि शुरु भई जुलाई १५ तारिख अर्थात असार ३१ गतेसम्म चल्नेछ । सन्दीपले पारिश्रमिक कति पाउँछन् ? क्लबले उनलाई बोलकबोलको छैटौं चरणमा अनुबन्ध गरेपनि उनले कति पारिश्रमिक पाउने भन्ने कुरा आधिकारिक रुपमा बताइएको छैन । यो प्रतियोगिताका लागि बोलकबोलमा खेलाडी कुन चरणमा क्लबले लियो भन्ने आधारमा पारिश्रमिक तय हुने ब्यवस्था छ । पहिलो चरणमै अनुबन्ध हुने खेलाडीलाई ९० हजार डलर पाउनेछन् । सन्दीपलाई छैटौ चरणमा क्लबले लिएको हो । छैटौ चरणमा अनुबन्ध हुने खेलाडीले ४० हजार डलर पाउने व्यवस्था छ । सन्दीप आइपीएलमा २० लाख भारु र क्यारेवियन प्रिमियर लिगमा पाँच हजार डलरमा अनुबन्ध भएका थिए । यी खेलाडी छन् सन्दीपको टिममा- सन्दीपलाई अनुबन्ध गरेको क्लब मोन्ट्रेल टाइगर्सको मार्की खेलाडी विश्वप्रसिद्ध श्रीलंकाली भेट्रान बलर लसिथ मालिंगा छन् । यस्तै कुनै समय विश्व क्रिकेटमा नम्बर एक स्पिनर रहेका वेष्ट इण्डिजका सुनील नराइन, श्रीलंकाका पुर्व कप्तान थिसरा परेरा, वेष्टइण्डिजका विकेटकिपर ब्याट्स्म्यान दिनेश रामदिन, पाकिस्तानको ट्वेण्टी ट्वेण्टी टिमका कप्तान ब्याट्स्म्यान मोहम्मद हाफिज, जिम्बाबेका ब्याट्स्म्यान सिकन्दर राजालगायत खेलाडी छन् । यो प्रतियोगितामा जम्मा ६ वटा टीम छन् । जसमा राष्ट्रिय र अन्तराष्ट्रिय उत्कृष्ट खेलाडीहरुलाई मौका दिइएको छ । क्यानडाका शहरहरुको नामबाट बनाइएका क्लबमा टोरोण्टो नेशनल्स, भ्याङ्कुभर नाईट्स, मोण्ट्रेल टाइगर्स, एडमोण्टो रोयल्स र विनिपेग ह्वक्स रहेका छन् । वेष्टइण्डिजको बी टीमले पनि प्रतियोगितामा सहभागिता जनाउनेछ । प्रतियोगितामा अष्ट्रेलियाका पूर्व कप्तान स्टीभ स्मिथ, पाकिस्तानी अलराउण्डर शाहीद अफ्रिदी, वेष्टइण्डिजका ब्याट्स्म्यान क्रिस गेल, डारेन सामी, ड्वेन ब्राभो, आन्द्रे रसेललगायत खेलाडीले पनि आ–आफ्ना क्लबबाट प्रतिस्पर्धा गर्नेछन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending