वातावरणमन्त्री शक्ति बस्नेत भन्छन्-प्रदुषित गाडी प्रधानमन्त्रीकै भएपनि छाडदिन
जेष्ठ २१ गते, २०७५ सोमवार 4th June, 2018 Mon१७:५७:१० मा प्रकाशित
काठमाडाैं । वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले प्रदुषित गाडीहरुलाई हटाएरै छोड्ने उद्धघोष गरेका छन् । सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले भने,‘भोलिबाटै स्वच्छ वातावरण महाअभियान सुरु हुन्छ, हामी कार्यान्वयन गरेरै छाड्छौं, प्रदुषित गाडीहरु मन्त्रीहरु वा प्रधानमन्त्री जोसुकैको भएपनि छोड्दिन ।’
साक्षात्कारमा बोल्दै मन्त्री बस्नेतले भोलिबाट ‘नेपाल स्वच्छ वातावरण महाअभियान’ सञ्चालन गर्ने बताएका छन् । उनले धुलो र धुवाँबाट प्रताडित जनतालाई मुक्ती दिलाउनको लागि आफूहरुले फोहोर व्यवस्थापन र सरसफाई, प्रदुषण नियन्त्रण, हरियाली प्रर्वद्धन र स्वच्छ वातावरण बनाउन उक्त महाअभियान सञ्चालन गर्न लागेको जनाए ।
उनले विश्व वातावरण दिवसको अवसर पारेर भोलि उक्त महाअभियानको उद्धघाट्न प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने समेत जानकारी दिए ।
मन्त्री बस्नेतले वन क्षेत्रबाट आगामी एक वर्षभित्र एक लाखलाई रोजगारी सिर्जना गर्ने दाबी समेत गरेका छन् । उनले भने,‘हामीले सक्ने कुरा गरेका छौं, क्यालकुलेशन गरेर नै मैले त्यो कुरा बोलेको हुँ, म अहिले बजेट कार्यान्वयनको कार्ययोजना बनाउन व्यस्त छु।’
मन्त्री बस्नेतले यो कार्यक्रमले जनताको जीवीकोपार्जनमा सुधार, राष्ट्रिय अर्थतन्त्रमा सुधार र रोजगारीको अवस्था समेत सिर्जना हुने बताए । उनले भने,‘वन क्षेत्रलाई बहु–उपयोगी क्षेत्रको रुपमा विकास गर्छु, अब काठ आयात गर्ने परम्पराको अन्त्य गर्छु, वन पैदावर वस्तुहरु निर्यात गर्नेगरि अघि बढेको छु।’
त्यस्तै उनले बाँस, सल्लो, अलैंची, अल्लो लगायतका वन पैदावरमा आधारित वस्तुहरुको उत्पादनमा वृद्धि गर्ने पनि बताए । ‘नेपाल जडिबुटीको हब हो, यहाँका जडिबुटीहरुलाई व्यवस्थित् गर्छौं।’–उनले भने ।
मुलुकमा व्यवस्था, अवस्था र परिस्थिति परिवर्तन भएपनि मान्छेको मनस्थिति अहिलेसम्म परिवर्तन नभएको बताउँदै उनले भने,‘अब यो परिवर्तित अवस्थामा राजनीतिक दलहरु र सिँगो मुलुकका अंगहरु पनि परिवर्तन हुन जरुरी छ, मुलुक अब नयाँ युगमा प्रवेश गरेको छ, नेपाललाई समृद्ध बनाउने र सम्पूर्ण नेपालीहरुलाई सुखी बनाउने उद्देश्य पूरा गर्न सबै मिलेर अघि बढ्नुपर्छ, सरकार त्यो दिशामा लागिपरिरहेको छ।’
मुलुकलाई समृद्ध बनाउने अभियानमा सरकार जुटेको बताउँदै उनले भने,‘हामीसँग साधन तथा स्रोतहरु सिमित छन्, यसलाई अधिकतम् प्रयोग र कुशलताका साथ उपयोग गर्नुपर्ने चूनौति छ, त्यस्तै यो सरकार दिगो सरकार भएकोले जनताका धेरै ठूला–ठूला अपेक्षाहरु छन्, यो पनि आँफैमा एउटा चूनौति हो, सबैको सकारात्मक प्रेरणाले नै समृद्धि हाँसिल हुने हो।’
फरक प्रसँगमा मन्त्री बस्नेतले सरकारले पपुलिष्ट बजेट नल्याएको स्पष्ट पारे । उनले थपे,‘यो सरकार विगतकोजस्तो ६ देखि ८ महिनामात्रैको लागि होईन, सरकारसँग बहुमत छ, हामीले पपुलिष्ट कुरा गरेका छैनौं, तर यो बजेटले नयाँ दिशा समातेको छ, समृद्धिको आधार वर्षको रुपमा बजेट आएको छ।’
विकासको लागि आफ्नो मन्त्रालय बाधक नबन्ने उनको भनाई छ । उनले भने,‘हामी विकासको बाधक बन्दैनौं, तर वातावरणमैत्री विकास हुनुपर्छ, यसको लागि विभिन्न मन्त्रालयहरुसँग छलफल गरिरहेका छौं।’
समृद्ध नेपाल र सुखी नेपाली सरकारको राष्ट्रिय संकल्प भएकोले यो उद्देश्य पूरा गर्न आफूहरु पूर्ण प्रतिबद्ध रहेको उनले विश्वास दिलाए । उनले भने,‘वन क्षेत्रको संरक्षण र उपयोगको सन्तुलन कायम गर्ने, र विकास र वातावरणको पनि सन्तुलन कायम गर्ने दिशामा अघि बढेको छु, यसले वन क्षेत्रको संरक्षण हुन्छ र देश र जनतालाई पनि आवश्यक लाभ हाँसिल हुन्छ।’
पर्यटकहरुको ठूलो संख्या अहिलेपनि नेपालका तालतलैया, हिमाल, निकुञ्ज, वन क्षेत्र हेर्न आउने भएकोले पर्यटनका संभावनाहरुलाई समेत प्राथमिकता निर्धारण गर्ने उनको भनाई छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ।
...
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: