Khabar Dabali २ पुष २०८२ बुधबार | 17th December, 2025 Wed
Investment bank

प्रधानमन्त्रीले दिए राजीनामा

जोर्डनमा करमा गरिएको वृद्धि तथा सरकारी मितव्ययी कदमहरूको विरुद्धमा कयौँ दिन प्रदर्शनहरू भएपछि त्यहाँका प्रधानमन्त्री हानी मुल्कीले राजीनामा दिएका छन् ।

उनको राजीनामापछि जोर्डनका राजा अब्दुल्लाहले शिक्षामन्त्री ओमार अल रजाजलाई नयाँ सरकार गठन गर्न भनेका छन् । प्रदर्शनकारीहरूले सरकारविरोधी नाराहरु लगाएका थिए र प्रहरीसँग झडपमा पनि उत्रिएका थिए । उनीहरूलाई रोक्नका लागि प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो अनि सडकहरू अवरुद्ध पारेको थियो । प्रदर्शनकारीहरुले अन्तर्राष्ट्रिय मुद्रा कोष आइएमएफले समर्थन गरेको करसम्बन्धी नयाँ विधेयकले विपन्न तथा मध्यमवर्गीय परिवारलाई आघात पार्ने बताएका छन् । लगातार चौथो दिनसम्म ती विरोधप्रदर्शनहरू भएका थिए । प्रहरीका अनुसार दर्जनौँलाई पक्राउ गरिएको छ भने सुरक्षासैन्यका चालीसभन्दा धेरै सदस्यहरू घाइते भएका छन् । मुल्कीले सो विधेयकलाई पारित गर्ने वा नगर्ने जिम्मा संसद्को भएको भन्दै त्यसलाई खारेज गर्न अस्वीकार गरेका थिए । सार्वजनिक सेवाका लागि खर्च जुटाउन रकमको आवश्यकता परेको उनको सरकारले बताएको थियो । साथै करसम्बन्धी नयाँ विधेयक ल्याइनुको अर्थ अधिक कमाउनेले धेरै कर तिर्नुपर्ने भएको सरकारले बताएको थियो । तर सो विधेयकले जीवनस्तर थप खस्काइदिने चिन्ताहरू प्रदर्शनकारीहरुले व्यक्त गरेका छन् । हालैका वर्षहरूमा जोर्डनका नागरिकले मूल्यवृद्धिको सामना गर्नुपरेको छ भने तलब सोही अनुरूप बढ्न सकेको छैन । सोमवार जोर्डनका राजा अब्दुल्लाहले मुल्कीलाई बोलाएर उनको राजीनामाको माग गरेका थिए । यसै वर्षको सुरुवातमा जोर्डनमा देशको ऋण कटौती गर्ने योजनाअन्तर्गत खरिद करमा वृद्धि गरिएको थियो भने खानेकुरामा दिइएको आर्थिक अनुदान हटाइएको थियो । बीबीसी  
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending