Khabar Dabali २४ चैत्र २०८२ मंगलवार | 7th April, 2026 Tue

प्रधानमन्त्रीले दिए राजीनामा

जोर्डनमा करमा गरिएको वृद्धि तथा सरकारी मितव्ययी कदमहरूको विरुद्धमा कयौँ दिन प्रदर्शनहरू भएपछि त्यहाँका प्रधानमन्त्री हानी मुल्कीले राजीनामा दिएका छन् ।

उनको राजीनामापछि जोर्डनका राजा अब्दुल्लाहले शिक्षामन्त्री ओमार अल रजाजलाई नयाँ सरकार गठन गर्न भनेका छन् । प्रदर्शनकारीहरूले सरकारविरोधी नाराहरु लगाएका थिए र प्रहरीसँग झडपमा पनि उत्रिएका थिए । उनीहरूलाई रोक्नका लागि प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो अनि सडकहरू अवरुद्ध पारेको थियो । प्रदर्शनकारीहरुले अन्तर्राष्ट्रिय मुद्रा कोष आइएमएफले समर्थन गरेको करसम्बन्धी नयाँ विधेयकले विपन्न तथा मध्यमवर्गीय परिवारलाई आघात पार्ने बताएका छन् । लगातार चौथो दिनसम्म ती विरोधप्रदर्शनहरू भएका थिए । प्रहरीका अनुसार दर्जनौँलाई पक्राउ गरिएको छ भने सुरक्षासैन्यका चालीसभन्दा धेरै सदस्यहरू घाइते भएका छन् । मुल्कीले सो विधेयकलाई पारित गर्ने वा नगर्ने जिम्मा संसद्को भएको भन्दै त्यसलाई खारेज गर्न अस्वीकार गरेका थिए । सार्वजनिक सेवाका लागि खर्च जुटाउन रकमको आवश्यकता परेको उनको सरकारले बताएको थियो । साथै करसम्बन्धी नयाँ विधेयक ल्याइनुको अर्थ अधिक कमाउनेले धेरै कर तिर्नुपर्ने भएको सरकारले बताएको थियो । तर सो विधेयकले जीवनस्तर थप खस्काइदिने चिन्ताहरू प्रदर्शनकारीहरुले व्यक्त गरेका छन् । हालैका वर्षहरूमा जोर्डनका नागरिकले मूल्यवृद्धिको सामना गर्नुपरेको छ भने तलब सोही अनुरूप बढ्न सकेको छैन । सोमवार जोर्डनका राजा अब्दुल्लाहले मुल्कीलाई बोलाएर उनको राजीनामाको माग गरेका थिए । यसै वर्षको सुरुवातमा जोर्डनमा देशको ऋण कटौती गर्ने योजनाअन्तर्गत खरिद करमा वृद्धि गरिएको थियो भने खानेकुरामा दिइएको आर्थिक अनुदान हटाइएको थियो । बीबीसी  
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending