Khabar Dabali २४ चैत्र २०८२ मंगलवार | 7th April, 2026 Tue

मन्त्री बीनाले गरिन प्रकाश दाहाल स्मृति स्तम्भको शिलान्यास

ककनी । विश्व वातावरण दिवसको अवसरमा तत्कालिन नेकपा (माओवादी केन्द्र)का पोलिटब्यूरो सदस्य तथा सगरमाथा आरोही दिवंगत प्रकाश दाहालको सम्झनामा प्रकाश दाहाल स्मृति स्तम्भको शिलान्यास गरिएको छ । नेकपाका अध्यक्ष प्रचण्डका सुपुत्र समेत रहेका प्रकाशको सम्झनामा नेपाल पर्वतारोही संघले ककनीस्थित पर्वतारोही पार्कमा निर्माण गरेको शिलान्यासको आज एक समारोहबीच खानेपानी मन्त्री बीना मगरले शिलान्यास गरेकी हुन् । सो अवसरमा बोल्नु हुँदै मन्त्री मगरले सगरमाथा आरोही तथा सहयोगीहरुले कष्टकर जीवन बिताउनु परेको बताउँदै राज्यले आरोहीहरुको सम्मान र भरण पोषणका लागि विशेष कार्ययोजना ल्याउनुपर्नेम जोड दिए । “प्रकाशजीले समेत बारम्बार आरोहीहरुको जीवनलाई सम्मानजनक कसरी बनाउने भनेर चिन्ता व्यक्त हुन्थ्यो, सकेको पहल पनि गरे ।” मन्त्री मगरले भने “तर अहिले पनि आरोही र शेर्पाहरुलाई जीवन निर्वाहको समस्या रहेको छ । नेपालमा हिमाल र हिमश्रृंखला भनेर हामीले गर्व गर्छौं, आरोहीहरुको सम्मान गर्न सके मात्रै हिमाल र हिमश्रृंखलाको पनि सम्मान हुन्छ ।” मन्त्री मगरले आरोही र सहयोगी शेर्पाहरुको न्यायोचित सम्मानका लागि पहल गर्ने प्रतिबद्धता समेत उक्त अवसरमा व्यक्त गरे । आफू स्वयमपनि सगरमाथा आरोही रहेकोले सबै आरोहीहरुसँग भावनात्मक सम्बन्ध रहेको बताउँदै मन्त्री मगरले नेपालमा पर्यटन क्षेत्रको मुख्य कडीका रुपमा रहेको आरोहणका विषयमा राज्यले गम्भीरता देखाउन समेत जोड दिए । उनले भने “हिमश्रृंखला र त्यससँग सम्बन्धित मानवीय जनशक्तिको सही सदुपोग र सम्मान गर्न सकिए यो क्षेत्र राष्ट्रिय आयको प्रमुख क्षेत्र बन्न सक्छ । पर्यटन मन्त्रालय, नेपाल सरकार र अन्य सबैले आर्थिक समृद्धिमा पर्यटनक्षेत्रको महत्वबारे गम्भीर भएर सोच्नु जरुरी छ ।” पछिल्ला दिनहरुमा जलवायु परिवर्तनको सोझो सम्बन्ध हिमश्रृंखला र आरोहणमा परेको उल्लेख गर्दै मन्त्री मगरले जलवाय परिवर्तनका कारण ग्लेशियरहरु पग्लिनेदेखि अन्य देखिएको चुनौतीलाई सामना गर्न हिमाल केन्द्रीत विशेष कार्ययोजनाको निर्माण गरी कार्यान्वयन गर्नुपर्नेमा जोड दिए । हिमाल क्षेत्रमा सरसफाई, हिमालसँग जीविकाका माध्यमले जोडिएका समुदाय र जलवायुका कारण उत्पन्न चुनौतीलाई एकीकृतरुपमा सम्बोधन गर्नुपर्ने उनको भनाई थियो । सोहीअवसरमापार्कमा बृक्षारोपण समेत गरिएको थियो । \"\" \"\" \"\"
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending