Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

भूकम्प कहाँ र कसरी गयो यसरी थाहा पाउनुस्

काठमाडौं, ‘आज ०७२ जेठ २ गते साँझ ५ बजेर १९ मिनेट जाँदा दोलखा जिल्ला केन्द्रबिन्दु रहेको ५ दशमलब ५ रेक्टर स्केलको भूकम्प खानी तथा भूगर्भ विभाग, राष्ट्रिय भूकम्प मापन केन्द्रले रेकर्ड गरेको छ ।’ भूकम्प गएलगत्तै कति ठूलो हो भन्नेबारे जानकारी दिन सरकारले शनिबारदेखि सञ्चालन गरेको टोल फ्री नम्बर १६१००१४४१०१४१ को जवाफ हो यो । भूकम्पको आधिकारिक जानकारी दिन सर्वसाधारणका लागि सरकारले टोल फ्री नम्बरको व्यवस्था गरेको हो । सो नम्बरमा फोन गरेपछि पछिल्लोपटक गएको भूकम्प कति ठूलो हो, कुनवेला गयो र केन्द्रबिन्दु कहाँ हो भन्नेबारे जानकारी पाउन सकिन्छ । सो नम्बरमा फोन गर्दा पैसा लाग्दैन । भूकम्प गएलगत्तै सर्वसाधारणलाई जानकारी गराई थप सचेत रहन प्रेरित गर्ने उद्देश्यले उद्योग मन्त्रालयले नेपाल टेलिकमसँगको सहकार्यमा टोल फ्री नम्बरको व्यवस्था गरेको हो । यसले सर्वसाधारणमा भूकम्पबारे हुने भ्रम तथा अन्योल हटाउन सघाउने उद्योग सचिव जयमुकुन्द खनालले बताए । ‘गत वैशाख १२ गतेको शक्तिशाली भूकम्पपछि आएका पराकम्पनबारे सर्वसाधारणमा विभिन्नखाले अन्योल एवं भ्रम पैदा भए,’ सचिव खनालले भने, ‘अब उक्त टोल फ्री नम्बरमा फोन गरेर सर्वसाधारणले भूकम्पबारे जानकारी लिनेछन्, अनावश्यक भ्रम तथा अफबाह फैलिँदैन ।’ खानी तथा भूगर्भ विभागले शनिबार गरेको कार्यक्रममा उद्योगमन्त्री महेश बस्नेतले टोल फ्री नम्बरमा पछिल्लो भूकम्पको जानकारी रेकर्ड गराएर सेवा सुरु गरेका थिए । भूकम्प गएको ढिलोमा दुई मिनेटभित्रै सो नम्बरमा फोन गरेपछि जानकारी पाउन सकिने खानी तथा भूगर्भ विभागका उपमहानिर्देशक डा. सोमनाथ सापकोटाले बताए । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending