Khabar Dabali २३ मंसिर २०८२ सोमबार | 8th December, 2025 Mon
Investment bank

माओवादीलाई हरि रोकाको प्रश्न – ‘सपनामा मिठो खाएको देखेर हुन्छ ?’

अहिले चलिरहेको राष्ट्रिय सहमतिको सरकारको बहसको कुनै तुक छैन । पहिलो प्रश्न राष्ट्रिय सहमतिको  वातावरण कसले बनाउने हो ? ६ वर्षदेखि बहुमतीय प्रक्रियाको अभ्यास गर्दै आइरहेका दलहरु सहमतिमा फर्किनका लागि दुई तिहाई बहुमत चाहिन्छ । अहिलेको सरकार बहुमतबाट बनेको सरकार हो । लामो प्रयासले बनेको बहुमतको सरकार छोडेर सहमतिको सरकारको लागि कांग्रेस एमाले तयार हुन्छन् ? दोस्रो प्रश्न, यतिबेला राष्ट्रिय सहमतिको सरकारको माग कसले किन गरेको हो ? यतिबेलाको सुशील कोइराला नेतृत्वको सरकार सफल भएन भन्ने निष्कर्ष हो ? यस्तो हो भने सहमतीय सरकार हुने वित्तिकै सफलताको श्रीपेच पाइहाल्छ भन्ने आधार के हो ? यो आधार तयार पार्ने कसले हो ? सहमतीय सरकारको प्रयास ६ वर्षदेखि बन्न सकेको छैन । सहमतीय सरकारको नेतृत्व कसले गर्न सक्छ ? प्रचण्ड बाबुरामले मात्रै चाहेर सहमतीय सरकार बन्न सक्छ ? उनीहरुले मात्रै चाहेर सहमतीय सरकार बन्न सक्दैन । अहिले माधव नेपाल सहमतीय सरकारको बहसमा हुनुहुन्छ । उहाँ पार्टीको नेता होइन । उहाँले चाहेर सहमतीय सरकार बन्न सक्दैन । सहमतीय सरकारको लागि ओली तयार हुनुप¥यो । के ओली तयार छन् ? कांग्रेस नेता शेरबहादुर देउवा र शेखर कोइराला सहमतीय सरकारको लागि बहसमा हुनुहुन्छ । उनीहरुको चहानाले मात्रै सहमतीय सरकार बन्दैन । सहमतिको लागि सुशील तयार हुनुप¥यो । के सुशील तयार छन् ? राजनीति कसैको लागि गरिँदैन । कांग्रेसले माओवादीको लागि, एमालेले कांग्रेसको लागि राजनीति गरेको होइन । उनीहरुका आफ्नै राजनीतिक लक्ष र उद्देश्य छन् । तर यतिबेला फरक राजनीतिक विचारधाराकाहरु कुन सिद्धान्तको आधारमा सहमतीय सरकारको बहस गर्दै हुनुहुन्छ ? दुई तिहाइ बहुमत हुँदा सरकार बाहिर रहेको एमाओवादी किन सहमतीय सरकारको बहसमा छ ? अचम्म लाग्दो कुरा छ ।  आफ्नो संगठन निर्माण गर्न छाडेर सरकारबाट के पाउनुहुन्छ ? कसले दिन्छ तपाईंहरुलाई प्रधानमन्त्री ?  बाबुराम जी नभइकन यो देशले पुनर्निर्माण तथा विकास नपाउने हो र ? सपनामा मिठा खाना कुरा खाएको देखेर हुन्न । यतिबेला प्रतिपक्ष चाहिने समय हो । प्रतिपक्षले सकारलाई ब्यूँझाउने समय हो । तर उहाँहरुको रवैयाले सत्ता पक्षलाइ जे गर्न पनि छुट दिएको छ  । प्रतिपक्षी कमजोर भयो भने राहत वितरण पारदर्शी हुँदैन । बलियो प्रतिपक्षले जनताको दुखमा साथ दिन सक्छ  । प्रतिपक्षमा बसेर सामाजीक न्याय दिलाउन सकिँदैन र ? राष्ट्रिय सहमतीय सरकारमा माओवादी जाँदा गृहमन्त्रालय दिन्छ ? अर्थ, स्थानिय विकास,  उर्जा वा कुनै सामान्य मन्त्रालय पाउँछन् ? विदेश मन्त्रालय वा वातावरण मन्त्रालय पाएर के हुन्छ ?  माओवादीले मागेर सत्ता पाउने भए लडाईं किन लड्नु पथ्र्यो ?
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending