भक्तपुर, गत वैशाख १२ र २९ गते गएको भूकम्प तथा कम्पनले भक्तपुरका हजाराैँ घरलाई लडाए पनि भक्तपुरको दत्तात्रय नजिकै रहेको १ सय ६० वर्ष पुरानो घर भने अझै दुरुस्तै छ ।
भूकम्पको धक्काले नयाँ र पुराना घरलाई गल्र्यामगुर्लुम ढाले पनि सँगैको नमुना घर भने जिउँदै रहनुलाई स्थानीयले अचम्म मानेका छन् ।
हरेक दिन कैयाँै मानिस यही घर हेर्न आइपुग्छन् । सँगैका घर भत्किएपछि दत्तात्रयको नमुना घर के भयो भनेर चासो दिँदै हेर्न आउनेहरुको अझै कमी भएको छैन ।
जीर्ण बनेपछि मानिस बस्न छाडेर कुखुराको खोर बनाएको यो घरलाई १७ वर्षअघि सम्पदा संरक्षणमा जुटेका रवीन्द्र पुरीले रु सात लाखमा खरिद गरेका थिए । त्यसपछि जीर्ण बनेको यो घरलाई रु १५ लाख लगाएर जीर्णोद्धार गरेपछि नमुना घर नाम दिइएको यो घरले सन् २००४ मा युनेस्को अवार्ड पाएपछि चर्चामा आएको थियो ।
यही घरमा बस्दै आउनुभएका पुरीलाई अहिले दैनिक कैयाैँ मानिसले एउटै प्रश्न गर्छन्– \'भूकम्पले यतिका घर ढले तर यो पुरानो नमुना घर कसरी जिउँदै छ\', पुरी भन्छन, \'बिहानदेखि साँझसम्म यो घर हेर्न आउने धेरै छन्, घर हेर्न आउँनेदेखि बाटोमा भेट्नेहरुले समेत नमुना घर कसरी जिउँदै भो भनेर प्रश्न गर्छन्, सबैको चासो बनेको छ, अहिले यो घर ।\' भक्तपुरका अधिकांश घर बेलाबेलामा मर्मत नगर्दा भूकम्पको धक्काले भत्किएको उनकाे भनाइ छ । नमुना घरको उदाहरण दिँदै पुरी भन्छन् , \'हामी एकपटक घर बनाएर बस्छाैँ, तर घरको कुन भाग कमजोर भएको छ, के मर्मत गर्नुपर्छ, घरलाई कसरी सधँै बलियो बनाइरहने भन्ने चासो कसैको हुँदैन, त्यसैले पनि भूकम्पमा धेरै घर भत्किएका हुन् ।\'
झिँगटीको छानो भएको यो घरमा अधिकांश काठको प्रयोग भएको छ, सिमेन्टको पिलर र बिम नभएको यो घर पुरानो परम्परागत शैलीमै बनेको घर हो । पुरी भन्नुहुन्छ, \'यो घरको जग पुरानै हो, घरमा कुनै फेरबदल गरेको छैन, बिग्रिएका इँटा, काठ निकालेर नयाँ राख्दै जीर्णोद्धार गरिएको हो, नयाँ बनाएको होइन, घरको मर्मतमा ध्यान दिएकाले वैशाख १२ गतेदेखि आएको भूकम्प र पराकम्पनले यो घरलाई कुनै असर गरेन ।\'
नमुना घरको जीर्णोद्धार गर्दा परम्परागत रुपमा काठको चुकुल बिमको प्रयोग गरिएको उनले बताए । त्यसको साथै आधुनिक टाई बिमकोसमेत प्रयोग गरेकाले १६० वर्ष पुरानो घरलाई पनि भूकम्पले अलिकति क्षति पनि पु¥याएन ।
ठूला घर बनाउनेभन्दा पनि बलिया घर बनाउनेतर्फ ध्यान जानुपर्ने सुझाव उनि दिन्छन् । नमुना घरमात्रै होइन पुरीले परम्परागत शैलीमा बनाएका साँगाको नमुना बस्ती, पनौतीका ११ वटा घर, साँखुको मन्दिर, पाटीलगायत विभिन्न ठाउँमा परम्परागत शैलीमा बनाइएको घर, पाटी एवम् स्कुललाई समेत भूकम्पले कुनै असर नगरेको उनकाे भनाइ छ ।
घर बनाउनेहरुले नमुना घरबाट धेरै पाठ सिकेर घर बनाउनसके भूकम्पबाट धेरै हदसम्म जोगाउन सकिन्छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०७८ - १०:२१
काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना ग...
बैशाख २० गते, २०७८ - ०७:२४
काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...
बैशाख २० गते, २०७८ - ०७:१७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
बैशाख १९ गते, २०७८ - १६:०६
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
बैशाख १९ गते, २०७८ - १३:४८
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
बैशाख १९ गते, २०७८ - १०:३१
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...
बैशाख १९ गते, २०७८ - १०:२६
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ । पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...
बैशाख १९ गते, २०७८ - ०९:५१
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
बैशाख १९ गते, २०७८ - ०९:४७
चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले स्थलगत अध्ययन तथा छलफल गरेको छ । चितवनबाट प्रतिनिधित...
बैशाख १९ गते, २०७८ - ०९:४०
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...




प्रतिकृया लेख्नुहोस्: