Ntc summer Offer
Khabar Dabali ४ आश्विन २०८१ शुक्रबार | 20th September, 2024 Fri
NIMB

पालो गर्दै रात काट्छन् महाभूकम्पको सन्त्रासबीच कैदी–बन्दी

काठमाडौं, भूकम्पकाे महाविनास र झन्डै महिनौंसम्म अाइरहेका निरन्तर धक्काको सन्त्रासबीच समेत जेलभित्र रहेका कैदी–बन्दीहरुले सुत्ने ठाउँको अभावमा पालो गरेर रात काट्ने गरेका छन् । एकतिर जीर्ण भवन जतिबेला पनि भत्केर ज्यान जान सक्ने सन्त्रास र अर्काेतिर बन्दीगृहको क्षमताभन्दा निकै बढी संख्याका कैदी थुनिएका कारण सुत्ने ठाउँ नपुगेर कैदी–बन्दीहरुले पालैपालो सुत्ने र उठ्ने गर्दै रात बिताइरहेका छन् । संविधानसभा तथा व्यवस्थापिका–संसदका सचेतक समेत रहेका एकीकृत नेकपा (माओवादी) का केन्द्रीय सचिव एवम् राष्ट्रिय विपद् अनुगमन तथा निर्देशन समितिका सदस्य गिरिराजमणि पोखरेलले शनिबार राजधानीस्थित केन्द्रीय कारागार, भद्रगोल जेल र महिला जेलको अनुगमन गर्ने क्रममा यस्तो तथ्य फेला परेको हो । वैशाख १२ गतेको भुकम्पमा राजधानीकै यी जेलभित्र १७ जना बन्दीको मृत्यु भयो भने ८० जना घाइते भए । घाइतेमध्ये १५ जनाको स्थिति गम्भीर रहेको छ । अनुगमनको क्रममा सयौं कैदी–बन्दी थुनिएका राजधानीका यी जेलहरुका कुनै पनि भवन मानिस बस्न उपयुक्त नदेखिएको भन्दै नेता पोखरेलले बस्ने ठाँउ समेतको अभावका कारण बन्दीहरुले रातमा पालो गरी सुत्नेगरेको पाइएको उल्लेख गरेका छन् । कुनै पनि बन्दीमा हाम्रो ज्यान सुरक्षित छ भन्ने मानसिकतामा देखिएन भन्दै नेता पोखरेलले अनुगमनको क्रममा जेलमा रहेका २ हजार ४ सय ८४ बन्दीहरुले यस्तो राष्ट्रिय विपदका बेला अन्तर्राष्ट्रिय समुदायको अनुभव समेतको आधारमा आममाफी दिई आफूहरुलाई मुक्त गर्नका लागि पहल गरिदिनुहुन कैदी–बन्दीहरुले अनुरोध गरेको बताएका छन् । जीर्ण भवनहरु र आसपासका कुन पर्खाल कतिबेला भत्किएर लड्ने हुन् भन्ने त्रासमा बन्दी जीवन बिताइरहनु परेका बेला उनीहरुका निम्ति यतिबेलासम्म पर्याप्त त्रिपालको व्यस्था नगरिएको नेता पोखरेलले बताए । यदि आममाफी दिएर जेलमुक्त गर्न नसके पनि राज्यले आफूहरुलाई कम्तिमा ज्यानको सुरक्षा सुनिश्चित हुने प्रबन्ध गरिदिनुपर्ने माग कैदी–बन्दीले राखे । बन्दीहरुसँगको भेटघाट र अनुगमनका क्रममा नेता पोखरेलले आफू पार्टीको तर्फबाट अनुगमनमा आएको उल्लेख गर्दै अनुगमन समितिको सदस्य समेत भएको हैसियतमा कैदी–बन्दीका समस्याबारे गम्भीरतापूर्वक आजै संसदीय राष्ट्रिय विपद् अनुगमन तथा निर्देशन समितिको बैठकमा उठाउने र हरसम्भव पहल र प्रयास अघि बढाउने बताए । नेता पोखरेलले अनुगमन गर्ने क्रममा कैदी–बन्दीहरुले भूकम्पको विनासपछि राष्ट्रमा गरिने पुनर्निर्माणमा यहाँकै दक्ष जनशक्ति परिचालन गर्न र राष्ट्रकै स्रोत–साधनको अधिकतम परिचालन गर्न माग गरेका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy