Ntc summer Offer
Khabar Dabali ४ आश्विन २०८१ शुक्रबार | 20th September, 2024 Fri
NIMB

सरकारलाई राष्ट्रिय स्वरुप दिन प्रधानमन्त्री तयार–सञ्चारमन्त्री

काठमाडौँ, सूचना तथा सञ्चारमन्त्री डा मीनेन्द्र रिजालले वर्तमान सरकारलाई राष्ट्रिय स्वरुप दिन प्रधानमन्त्री सुशील कोइराला तयार रहेको बताएका छन् ।

रिपोर्टर्स क्लब नेपालले आज भृकुटीमण्डपस्थित चौरमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा सरकारका प्रवक्तासमेत रहेका मन्त्री डा रिजालले प्रधानमन्त्री कोइरालाले आफ्नो नेतृत्वको सरकार गठन भएदेखि नै लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गराउन राष्ट्रिय स्वरुप दिनका लागि आह्वान गर्दै आएको र अहिलेको विपत्तिको स्थितिपछि अन्य दलको पनि राष्ट्रिय सरकारका प्रति अभिरुचि बढ्नुलाई सकारात्मक मान्नुपर्ने बताए ।

उनले भने–\'यो सरकारलाई राष्ट्रिय बनाउनुपर्छ भनेर हामीले सुरुदेखि नै भन्दै आएको हो र अहिलेको अवस्थामा त्यो भावना बढेको छ, यसलाई सकारात्मकरुपमा लिनुपर्छ र प्रधानमन्त्री कोइराला त्यस्तो सरकारको नेतृत्व लिन तयार हुनुहुन्छ ।\'

उनले विपत्तिको समयमा आशङ्का र दोष लगाएर पीडितलाई फाइदा नहुने भएकाले राज्य र सरकारको बारेमा नकारात्मक टिप्पणी नगरी सबैतिरबाट सहयोग गरी पीडित जनतालाई लाभ दिन आग्रह गरे ।

उनले उद्धारका काम करिब सकिएका समयमा २९ वैशाखको पराकम्पनले थप जटिलता उत्पन्न भएको र वर्षा पनि आउन लागेकाले त्रिपालले मात्रै नधान्ने भएकाले टहरा बनाउन सरकारले रु १५ हजार सहयोग दिने निर्णय गरेको बताए ।

उनले हाल करिब १२ लाख जस्तापाता आवश्यक भएको र त्यसका लागि दुई तिहाइभन्दा बढी जस्तापाता विदेशबाट ल्याउनुपर्ने भएकाले त्यसमा लाग्ने भन्सार छुटको प्रबन्ध गरिने उल्लेख गरे ।

आफैँ आश्रयस्थल बनाउनेलाई अनुदान र आवश्यक पर्नेलाई सहुलियत दरमा ऋण उपलब्ध गराउने सञ्चारमन्त्रीले जानकारी दिए ।

उनले क्षति भएका सञ्चारगृह र पत्रकारिताका संस्थासँग आफूले छलफल र भ्रमण गर्न थालेको बताउँदै क्षतिको आङ्कलन गरी क्षतिपूर्तिको कार्ययोजना बनाउने विश्वास दिलाए । उनले भूकम्पको पराकम्पनका समयमा पनि समाचार वाचन गरिरहनुपर्ने सञ्चारमाध्यमको दायित्वलाई सरकारले उचित मूल्याङ्कन गरेको बताए ।

घरविहीनलाई राख्न भुटानी शरणार्थी वा पूर्वमाओवादी सेनाका अस्थायी शिविरलाई प्रयोगमा ल्याउन सक्ने बारेमा छलफल भए पनि त्यसमा सम्बन्धित पीडित जनताको राय लिएर अगाडि बढ्ने उल्लेख गरे । रासस

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy