Ntc summer Offer
Khabar Dabali ४ आश्विन २०८१ शुक्रबार | 20th September, 2024 Fri
NIMB

त्रिपाल नपाएपछि अस्थायी टहरा बनाउन पीडित जुटे

बनेपा, वर्षाको समय नजिकिँदै जाँदा भूकम्पपीडित भएका परिवारले त्रिपाल नपाएपछि व्यक्तिगत लगानीमा अस्थायी टहरा बनाउन थालेका छन् ।

काभ्रेपलाञ्चोकको कोसीपारिका दुर्गम गाविसका रुपमा मानिने सानो बाङ्थली गाविसमा करिब रु १२ हजारको लागतमा केही दिनयतादेखि पाँचवटा अस्थायी टहरा निर्माण गरिएको स्थानीयवासी दीपक उप्रेतीले जानकारी दिए ।

उनले अस्थायी टहरा बनाउने अभियान जारी रहेको र सानो बाङ्थली–५ मा नै टहरा निर्माण गर्न एउटा समूहमा पाँचजना रहने गरी पाँच समूह निर्माण भएको जानकारी दिँदै जिल्लामा परिचालन भएको प्राविधिक टोलीले पनि घरभित्र पस्न नमानेर हचुवाको भरमा काम गरेको आरोप लगाए ।

पुरानो जस्ता र केही बाँसको प्रयोग गरेर त्यस्ता टहरा बनाएको उल्लेख गर्दै उप्रेतीले ४१० घरधुरी भएको आफ्नो गाविसमा अहिलेसम्म राहतका नाममा ६५ वटा मात्रै त्रिपाल आएको बताए । सो गाविसमा मात्रै ३७९ घर पूर्ण रुपमा क्षति भएको छ भने बाँकी रहेका सबै घर आशिंक रुपमा क्षति भएको छ । भूकम्पमा परी सो गाविसमा दुईको मृत्यु भएको थियो । यातायात, शिक्षा र चेतनास्तरका दृष्टिकोणले दुर्गम गाविस मानिने सो गाविसमा पुग्न चौबासबाट मात्रै झन्डै पाँच घन्टा पैदल हिँड्नुपर्छ ।

\'पानी दिनहुँजसो परिरहेको छ, अस्थायी टहरा बनाउनुको कुनै विकल्प छैन, त्यसैले हामी आफैँले व्यक्तिगत पहलमा अस्थायी टहराको निर्माण थालेका हौँ\'–उनले भने ।

काभ्रेपलाञ्चोकका स्थानीय विकास अधिकारी चिरञ्जीवी तिम्सिनाले अस्थायी टहराका बारेमा औपचारिक जानकारी नभए पनि केही सङ्घसंस्थाको सहयोगमा त्यस्ता टहरा बनेको मौखिक जानकारी आएको बताए ।

राहत नै पर्याप्त नभएको अवस्थामा अहिलेसम्म त्यस्ता टहरा बनाउने नीति तय भइसकेको छैन उनले भने । जिल्लाको कोसीपारि क्षेत्रमा १७ वटा गाविस छन् । तीमध्ये भूकम्पबाट सबैभन्दा बढी भुम्लुटार, विर्ता देउराली, फँलाटे गाविसमा झन्डै २८ को मृत्यु भएको थियो । रासस

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy