कर्मचारीलाई बाहिरी काम गर्न दिँदा उनीहरूमा झनै बढी कामचोर प्रवृत्ति मौलाउन सक्ने भएकाले त्यस्तो प्रावधान हटाउन उपयुक्त हुन पूर्वमुख्यसचिव दामोदरप्रसाद गौतमले सुझाए ।कर्मचारीको हितैमा मात्रै विधेयक संघीय निजामती सेवा ऐनमा आम जनतालाई दिइने सेवा प्रवाहका विषयवस्तुसमेत समेटिनुपर्ने सुझाव लोकसेवा आयोगले दिँदै आएको छ। हालको निजामती सेवा ऐन र नियमावलीमा जनतालाई दिने सेवाबारे धेरै विषय नसमेटिए पनि संघीय निजामती सेवा ऐनमा जनतालाई दिने सेवा प्रवाहबारे छुट्टै व्यवस्था गरिनुपर्ने आयोगका अध्यक्ष उमेश मैनालीले सुझाए। तर संघीय मामिला मन्त्रालयले बनाएको ऐनको मस्यौदामा जनतालाई दिने सेवाभन्दा पनि कर्मचारीकै सुविधा मात्रै बढी समेटिएको छ। यसअनुसार विधेयकमा कर्मचारीलाई अध्ययन बिदा लिई स्वदेश तथा विदेशमा कार्यक्रममा सहभागी हुन पाउने, विदेशमा विभिन्न कार्यपत्र तथा प्रवचन दिन पाउने, विभिन्न शैक्षिक संस्थामा अध्यापन गर्न पाउने, अत्यधिक आर्थिक लाभ हुने निकायमा काजमा गएर काम गर्न पाउनेलगायतका अतिरिक्त सुविधा दिने प्रस्ताव गरिएको छ।
प्रतिकृया लेख्नुहोस्: