Khabar Dabali २३ चैत्र २०८२ सोमबार | 6th April, 2026 Mon

उदयपुरमा धान रोपाइँ शुरु

उदयपुर । यसपटक असार लाग्नासाथ मनसुन सक्रिय भएर वर्षा शुरु हुन थालेपछि उदयपुर जिल्लामा केही कृषकले असारको शुरुदेखि नै धान रोपाइँ शुरु गरेका छन् ।

विगतका वर्षमा सरदर असारको तेस्रो हप्तादेखिमात्र उदयपुरलगायत तराईका जिल्लामा धान रोपाइँ शुरु हुने गरेता पनि यस पटक वर्षा अगाडि नै शुरु भएपछि उदयपुरमा भने धानको बीउ हुर्किन लागेका स्थानमा कृषकले धान रोपाइँ शुरु गरेको संबद्ध कृषक बताउँछन् । अहिले त्रियुगा नगरपालिकाको चुहाडे, राजाबास, जोगिदह, चौदण्डी नगरपालिकाको हँडिया, सुन्दरपुर, बेलका नगरपालिकाको आम्बासीसहितका क्षेत्रमा कृषकले धान रोपाइँ शुरु गरेको यस क्षेत्रका कृषक बताउँछन् । त्रियुगा नगरपालिका–१ जोगिदहका कृषक जागेश्वर चौधरी भन्छन्, “धानको बीउ त सामान्य थियो तर शुरुमा नै वर्षा राम्रो हुन थालेपछि धान रोपाइँ शुरु गरेका हौँ, पछि फेरी सुख्खा लाग्छ भनेर असार २ गतेदेखिनै रोपाइँ शुरु ग¥यौँ ।” त्रियुगा नगरपालिका–७, राजाबासका कुमार दनुवार अहिले शुरुमा नै वर्षा राम्रो हुन थालेको हुनाले आकाशेपानीको मौका छोपेर धान रोपाइँ शुरु गरेको बताउँछन् । असार महिनाको शुरुमा नै वर्षा राम्रो हुन थालेपछि उदयपुरका कृषकलाई भने असारको शुरुदेखि नै अहिले धान रोपाइँको चटारोले छोएको हो । जिल्ला कृषि विकास कार्यालय उदयपुरका प्रमुख सरोजकान्त अधिकारी शुरुमा नै वर्षा राम्रो हुन थालेका कारण कृषकले धान रोपाइँ पनि शुरु गरेको बताउछन् । जिल्ला कृषि विकास कार्यालय उदयपुरका अनुसार उदयपुरमा १४ हजार ५०० हेक्टर क्षेत्रफलमा धानखेती हुँदै आएको तथ्याँक रहेको छ । जिल्लाका झण्डै ४० प्रतिशत कृषकले आकाशेपानीको भरमा नै धान रोपाइँ गर्दै आएका छन् । बाँकी कृषकमात्र खोलानाला र आकाशेपानी दुवै प्रयोग गरेर धान रोपाइँ कार्य गर्दै आएको संबद्ध अधिकारी बताउँछन् । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending