जेष्ठ ४ गते, २०७२ सोमवार 18th May, 2015 Mon१३:२७:४७ मा प्रकाशित
पृष्ठभूमि
भनिन्छ, नेपाल भूकम्पीय दृष्टिकोणले विश्वमै ११औं स्थानमा छ । विज्ञहरुका अनुसार भूकम्पीय दृष्टिले नेपाल उच्च जोखिममा रहनुको मुख्य कारण नेपालको भूमिमुनि तिब्बतीयन र इन्डियन प्लेट खप्टिनु हो । यी दुई प्लेटबीच हुने घर्षणले जमिनमा हलचल पैदा गरिदिन्छ, त्यही हलचललाई हामी भूकम्प भन्ने गर्छौं ।
विश्वमै जमिनमुनि रहेका जम्मा ७ वटा प्लेटमध्येका दुईवटा प्लेट नेपालमुनि पर्ने भएकै कारण नेपाल भूकम्पीय दृष्टिले उच्च जोखिममा रहेको विज्ञहरुको तर्क छ । र, विश्वका भूगर्भविद्हरुले पनि बारम्बार नेपाललाई भूकम्पीय दृष्टिले उच्च जोखिममा रहेको उल्लेख गरेर ‘सचेत’ गराउँदै आउका छन् ।
इतिहासलाई केलाएर हेर्दा समेत यहाँ खासखास कालखण्डमा नियमितजसो नै शक्तिशाली भूकम्पहरु गएका छन् । ती भूकम्पले ठूलो मात्रामा धनजनको क्षति गराउने गरेको कुराले समेत नेपाल राष्ट्र भूकम्पको उच्च जोखिममा रहेको बुझिन आउँछ ।
वि.सं. १२१८ मा नेपालमा पहिलो पटक भूकम्प मापन भएको हो । यो मितिदेखि यता दर्जनौं ठूला भूकम्प गएका छन्, जसबाट हजारौंको ज्यान जानुका साथै लाखौं नागरिक घरबारविहीन भएका छन् । तथ्यांकलाई सरसर्ती हेर्दा हरेक एक शताब्दी वा त्यसको आसपासमा शक्तिशाली भूकम्प जाने गरेका छन् ।
यीमध्येका सबैभन्दा विनाशकारी भूकम्प वि.सं १८८०, वि.सं. १९९०, वि.सं. २०४५ र १२ वैशाखमा गए । यी भूकम्पका कारण क्षणभरमै हजारौंले ज्यान गुमाए, लाखौं मानिस घरबारविहीन भए र हजारौं घाइते हुन पुगे ।
अन्तर्राष्ट्रिय सन्दर्भ
विकासशील राष्ट्र हैटीमा सन् २०१० मा गएको भूकम्पले २ लाख ५० हजारभन्दा धेरै मानिसको ज्यान लियो, लाखौं घरबारबिहीन भए; त्यहाँको राजधानी सहर समेत तहसनहस भयो । परिणामस्वरुप हैटीबासीले ठूलो अभाव र महामारी समेतको सामना गर्नुपर्यो ।
यस्तै दुःखदायी यथार्थ सन् २००२ मा इन्डिोनेशियाले भोग्यो । भूकम्पपछिको सुनामीले लाखौंको मृत्यु भयो । भारत, बंगलादेश, थाइल्याण्ड, म्यानमार, श्रीलङ्कालगायत देशहरुका लाखौं मानिसलाई समुद्री छालले बेपत्ता बनाइदियो । भूकम्पको सहर भनेर चिनिने जापानमा सन् २००८ मा गएको विनाशकारी भूकम्पपछि आएको सुनामीले ठूलो जनधनको क्षति गरायो ।
तर, विश्वको तथ्याङ्कलाई हेर्ने हो भने प्राकृतिक प्रकोपबाट सबैभन्दा प्रभावित चाहिँ विकासशील र गरिब मुलुकहरु नै देखिन्छन् । भूकम्प आफैं खास जोजिम नभएर मानवनिर्मित संरचनाहरु नै भूकम्पीय जोखिमका दृष्टिले अभिशाप बन्ने गरेका छन् ।
राष्ट्रिय सन्दर्भ ः महाभूकम्प २०७२
वि.सं. २०७२ वैशाख १२ गते शनिबार गोरखाको बारपाकलाई केन्द्रविन्दु बनाएर आएको ७.६ रेक्टर स्केलको भूकम्पले ठूलो मात्रामा धनजनको क्षति पुर्यायो । हजारौं घाइते भए, लाखौं घरबारबिहीन भए ।
यो भूकम्पलगत्तैदेखि सयौंको संख्यामा ठूलठूलै ‘प्रतिकम्पन’ का धक्काहरु कायमै रहे । यसबाट नागरिकमा छाएको सन्त्रास सेलाउन नपाउँदै वैशाख २९ गते पुनः गएको अर्को शक्तिशाली भूकम्पले वर्तमान भूकम्पीय त्रासदीलाई थप जटिल बनाइदियो ।
वैशाख १२ को भूकम्पलाई राष्ट्रिय भूकम्प मापन केन्द्रले ७.६ रेक्टर स्केल बताएको छ भने अन्तर्राष्ट्रियजगतमा ख्यातिप्राप्त विभिन्न भौगर्भिक संस्थाहरुले त्यसको क्षमता ७.९ रेक्टर स्केल भएको उल्लेख गरेका छन् । त्यसैगरी वैशाख २९ को धक्कालाई राष्ट्रिय भूकम्प मापन केन्द्रले ६.८ रेक्टर स्केल बताएको छ भने अन्तर्राष्ट्रिय संस्थाहरुले ७.३ या ७.७ रेक्टर स्केल मापन गरिएको उल्लेख गरेका छन् ।
भूकम्पका कारण नागरिक त्रसित छन्, धेरैले घर–डेरा छाडेर सडक, चौर या अन्य कुनै खालि ठाउँमा पाल–प्लाष्टिकमुनि वास सारेका छन् । र, राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले समेत ठूलो भूकम्प गएको अवस्थामा धेरै समयसम्म शक्तिशाली खालकै पराकम्पन पनि आउन सक्ने उल्लेख गर्दै त्यसबाट नआत्तिन तर सजग र सुरक्षित रहन सबैमा आग्रह गरेका छन् ।
थप शक्तिशाली भूकम्पको सम्भावना तथा पराकम्पनले पार्न सक्ने असरबारे जिज्ञासा राख्दा राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले खबर डबलीसँग भने– ‘भूकम्पपछि धेरै समय पराकम्पन आउनु स्वाभाविक हुन्छ । पराकम्पनले कुनै असर गर्दैन, बाहिरको अफवाह झुटो हो । भ्रमको पछि नलाग्नोस् ।’ उनले अहिलेसम्म ४ रेक्टर स्केलमाथिका २ सय ५० जति पराकम्पनहरु आइसकेको समेत जानकारी दिए ।
बैसाख १२ तथा २९ गतेका भूकम्पले राजधानी उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुरजस्ता क्षेत्रहरुमा ठूलो असर पुर्याएको छ । योभन्दा ठूलो मानवीय एवम् भौतिक क्षति त सिन्धुपाल्चोक, गोरखा र दोलखामा पुर्याएको छ । यीबाहेकका नुवाकोट, रामेछाप, काभ्रेपलाञ्चोकलगायतका ८ जिल्लामा पनि अहिलेको भूकम्पले ठूलै क्षति पुर्याएको छ । यसको अर्थ राजधानी र आसपासका क्षेत्र मात्रै भूकम्पीय दृष्टिले उच्च जोखिमा छन् भन्ने होइन । सबै क्षेत्र उत्तिकै जोखिममा छन्, यसपटक यी क्षेत्रमा बढी प्रभाव पर्नु बेग्लै कुरा हो ।
तथ्यांकमा महाभूकम्प– २०७२
प्रहरी प्रधान कार्यालयका प्रवक्ता कमलसिंह बम मौसमी प्रतिकूलता एवम् स्रोत–साधनको अभावका कारण भूकम्पको अतिप्रभावित क्षेत्रअन्तर्गत परेका दोलखा, सिन्धुपाल्चोक, गोरखा, रसुवा र नुवाकोटका कतिपय दुर्गम घाउँबस्तीमा अझैसम्म पनि उद्धार कार्य पूरा हुन नसकेको बताउँछन् । विनासकारी महाभूकम्पको प्रभाव मूल्याङ्कन गर्दै उनी भन्छन्–‘विगतको भूकम्पभन्दा यसपालिको भूकम्प तुलनात्मक रुपमा खतरनाक छ । यसले हामीलाई धेरै पाठ सिकाएको छ । यसखाले उच्च जोखिमको सन्त्रासबाट बच्न राज्यले उचित ध्यान दिएन भने भविष्यमा हुने प्राकृतिक प्रकोपबाट बच्न निकै कठिन छ ।’ प्रहरीले प्राविधिक, वातावरणीय सबैखाले जोखिम मोलेर पनि उद्धार तथा राहत कार्यमा कुनै कसर बाँकी नराखेको उनको दावी छ ।
प्रहरी प्रधान कार्यालयको पछिल्लो तथ्यांकअनुसार भूकम्पका कारण ८ हजार ५ सय ८७ को मृत्यु भएको छ भने घाइते हुनेको संख्या १७ हजार ८ सय ८४ छ । प्रहरीका अनुसार मृतक संख्यामध्ये ३० प्रतिशत पुरुष, ३९ प्रतिशत महिला, १५ प्रतिशत बालक र १६ प्रतिशत बालबालिका छन् । भूकम्पका कारण ४ लाख १७ हजार ९ सय ९७ घरहरु ध्वस्त भएका छन् ।
भूकमपको मुख्य प्रभाव मध्यमाञ्चलमा परेको छ । यस क्षेत्रमा मृतक संख्या ६ हजार २ सय ४० रहेका छ । उपत्यकामा १ हजार ७ सय १० को निधन भएको छ भने पश्चिम क्षेत्रमा मा ४ सय २१ को निधन भएको छ । पूर्वमा ५३ र मध्यपश्चिममा २ जनाले भूकम्पमा परी ज्यान गुमाएका छन् । सुदूरपश्चिममा भने यसपालिको भूकम्पमा परेर कसैको पनि मृत्यु भएन ।
त्यसैगरी भूकम्पका कारण काठमाडौंमा १० हजार ७ सय ७३, मध्यक्षेत्रमा ५ हजार ५ सय ६४, पश्चिममा १ हजार १ सय ९८, पूर्वीक्षेत्रमा ३ सय २५, मध्यपश्चिममा २२ र सुदूरपश्चिममा २ जना घाइते भएका छन् ।
महाभूकम्पमा निजामती कर्मचारी ११, नेपाली सेना ९, नेपाल प्रहरीका ६ र सशस्त्र प्रहरीका १ जनाको मृत्यु भएको छ भने ७९ जना विदेशीले पनि ज्यान गुमाएका छन् । त्यस्तै, नेपाल प्रहरीका १ सय ४०, सशस्त्र प्रहरीका २१ र विदेशी ५२ विदेशी नागरिक भूकम्पमा परी घाइते भएका छन् ।
यस्तै, २ सय ५४ नेपाली नागरिक, १ सय ११ विदेशी र नेपाल प्रहरीका १ नागरिक भूकम्पमा परी बेपत्ता भएका छन् ।
र, यो पनि...
विनासकारी महाभूकम्पबाटसरकारले समयमै पाठ नसिके भविष्यमा अझै ठूलो क्षति व्यहोर्नुपर्ने चेतावनी विपत व्यवस्थापनविद् रतीन्द्र खत्रीले दिएका छन् ।
उनी भन्छन्–‘सामान्यभन्दा सामान्य लापरबाहीले धेरै जनधनको क्षति भएको छ । यसलाई मनन् गरी तत्काल भवन निर्माण मापदण्ड तथा प्राकृतिक व्यवस्थापन ऐन पारित गर्नुपर्छ ।’
यस्तो छ भूकम्पको नेपाली इतिहास
वि.सं. १२१८– नेपालमा पहिलो पटक असार शुक्ल तृतीयाका दिन सोमबार ७.७ रेक्टर स्केलको भूकप्प मापन भएको थियो । यस भूकम्पले काठमाडौंका तत्कालीन राजा अभय मल्लको मृत्यु भएको थियो । उपत्यकाका एकतिहाई जनसंख्या प्रभावित भएको भूकम्पका कारण स्थानीयले एक महिनासम्म सहर छाडेका थिए ।
वि.सं. १३१६– यसवर्ष आएको भूकम्पले उपत्यकामा धेरै क्षति पुर्याएको थियो । महामारीको साथै अनिकाल निम्त्याएको थियो ।
वि.सं. १४६५– यस वर्षको भूकम्पले रातो मच्छिन्द्रनाथको मन्दिरलगायत दर्जनौं मन्दिर भत्काएको थियो ।
वि.सं. १८२४– यस वर्षको असार १ गते एकै दिनमा २१ पटक भूकम्पको धक्का महशुस भएको थियो ।
वि.सं. १८६७– यो वर्ष जेठ १० गते आएको भूकम्पले काठमाडौंमा धेरै भौतिक संरचना ध्वस्त पारेको थियो भने भक्तपुरमा मानवीय क्षति बढी भएको थियो ।
वि.सं. १८८०– यो साल यमपञ्चका दिन एकै स्थानमा बसेका ७ वटा ग्रह छुट्टिँदा भूकम्प गएको थियो । एकै दिनमा १७ वटा धक्का महशुस भएका थिए ।
वि.सं. १८९०– भदौ १२ गते सोमबार बेलुकी ६ बजे र राति ११ बजे दुई पटक भूकम्प गए । यस पटकको भूकम्पले दुई वटा धरहरामध्ये एउटालाई पूर्ण रुपमा क्षति पुर्यायो र अर्कोमा आंशिक क्षति भयो । उपत्यकालगायत बनेपाको पुरानो सहरी वस्ती ध्वस्त भएको थियो । उपत्यकामा ४ हजार २ सय १४ घर पूर्ण रुपमा ध्वस्त भई देशभर १८ हजार घर भत्किएका थिए । एक महिन नबित्दै असोज १० गते पुनः अर्को शक्तिशाली भूकम्प गएको थियो ।
वि.सं. १८९१– यस वर्ष पनि असार र असोजमा दुई पटक भूकम्प गए । पानी परिरहेको समयमा भूकम्प आएकाले बागमतीमा ठूलो बाढी आएको थियो ।
वि.सं. १९९०– यस वर्ष माघ दुई गते सोमबार दिनको दुई बजे पूर्वको संखुवासभाको चैनपुर केन्द्रविन्दु भई ८.४ रेक्टर स्केलको भूकम्प गएको थियो । ९० सालको भूकम्पले काठमाडौंमा ४ हजार ५ सयसहित जम्मा ८ हजार ५ सय १९ जनाको ज्यान लिएको थियो । यो भूकम्पले धरहरालगायत २ लाख ७ हजार ४० भौतिक संरचना ध्वस्त पारेको थियो । यस्तै, सुदूरपश्चिमको बझाङलाई केन्द्रविन्दु बनाई गएको ६.४ रेक्टर स्केलको भूकम्पले २ हजार ५ सय घर ध्वस्त पार्नुको साथै ४६ जनाको ज्यान लिएको थियो भने सयौं चौपाया मरेका थिए ।
वि.सं. २०३७– यस वर्ष ६.५ रेक्टर स्केलको भूकम्प गएको थियो । यो भूकम्पले १ सय २५ जनाको ज्यान लिएको थियो भने १३ हजार ४ सय १४ घर नष्ट भएका थिए ।
वि.सं. २०४५– यस वर्षको भूकम्पका कारण ७ सय २१ जनाको मुत्यु हुनुका साथै ६४ हजार १ सय २५ घर नष्ट भए ।
वि.सं. २०५०– यस वर्ष आएको भूकम्पका कारण १ जनाको मृत्यु हुनुका साथै ४ सय ५१ घर ध्वस्त भए ।
वि.सं. २०५८– यस वर्षको भूकम्पमा परी २ जनाको मृत्यु भयो ।
वि.सं. २०६०– यस वर्षको भूकम्पमा पनि १ जनाको मृत्यु भयो ।
वि.स. २०६८– यस वर्ष असोज १ गते भारतको सिक्किम केन्द्रविन्दु भई आएको ६.७ रेक्टर स्केलको भूकम्पले उपत्यकामा ३ सहित नेपालमा ७ जनाको मृत्यु भयो । पूर्वमा धेरै घरहरु ध्वस्त भए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ।
...
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: