जिम्बाव्वेमा राष्ट्रपति एमरसन मनाङगाग्वालाई लक्षित गरी गराइएको एउटा विस्फोटले पूरै देशलाई स्तब्ध बनाएको छ।
विस्फोटमा कुनै चोट नलागेका राष्ट्रपति मनाङगाग्वालाई त्यसलाई आफ्नो ज्यान लिने प्रयासका रूपमा चित्रण गरेका छन्। उनले सत्तारूढ जानुपीएफ पार्टी आवद्ध आफ्ना प्रतिद्वन्द्वीहरू उक्त हमलाका लागि जिम्वेवार भएको हुनसक्ने आशङ्का व्यक्त गरेका छन्। बुलावायोमा चुनावी र्याली सकेर हिँडन लाग्दा गराइएको विस्फोटमा दुई मन्त्रीसहित कम्तीमा १० जना घाइते भएका छन्। देशको दोस्रो ठूलो शहर बुलावायोमा चुनावी र्यालीपछि मञ्चबाट उनी निस्किँदै गर्दा उक्त विस्फोट भएको थियो। ग्रिनेड जस्तो देखिने विस्फोटक पदार्थ सीधै उनको समूहतर्फ प्रहार गरिएको थियो। विस्फोटन लगत्तै सञ्चारमाध्यमसँग बोल्दै राष्ट्रपति मनाङगाग्वाले आफूविरुद्ध विगतमा पनि हमलाहरू गरिएको भन्दै नझुक्ने प्रतिक्रिया दिए। उनले आक्रमणलाई कायरतापूर्ण कदम भन्दै त्यसबाट चुनाव नरोकिने बताएका छन्। विपक्षी पार्टीहरूले पनि उक्त विस्फोटनको निन्दा गरेका छन्। सात महिनाअघि सेनाले सत्तापलट गरेपछि जिम्बाब्वेमा राष्ट्रपति रोबर्ट मुगाबेको शासनकाल अन्त्य भएको थियो। चुनावको एक महिनाअघि अकस्मात् जिम्वाब्वेमा आकलन गर्न नसकिने राजनीतिक अवस्था देखिएको हो। अहिलेसम्म आक्रमण कसले गरायो भन्ने प्रस्ट भएको छैन। चुनावको एक महिनाअघि मनाङगाग्वा सबैभन्दा लोकप्रिय देखिएका छन्। तर विश्लेषकहरू भन्छन् रोबर्ट मुगाबेलाई सत्ताबाट हटाउन भूमिका खेलेको र मुगाबे शासन कालमा उनलाई सघाएको दुवै कारणले उनका शत्रुहरू पनि छन् । बीबीसीयो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०७८ - १०:२१
काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना ग...
बैशाख २० गते, २०७८ - ०७:२४
काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...
बैशाख २० गते, २०७८ - ०७:१७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
बैशाख १९ गते, २०७८ - १६:०६
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
बैशाख १९ गते, २०७८ - १३:४८
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
बैशाख १९ गते, २०७८ - १०:३१
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...
बैशाख १९ गते, २०७८ - १०:२६
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ । पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...
बैशाख १९ गते, २०७८ - ०९:५१
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
बैशाख १९ गते, २०७८ - ०९:४७
चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले स्थलगत अध्ययन तथा छलफल गरेको छ । चितवनबाट प्रतिनिधित...
बैशाख १९ गते, २०७८ - ०९:४०
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: