काठमाडाैं । राजधानी काठमाडाैंमा बेचिने दूधमा रासायनिक पदार्थ र सूक्ष्मजीव मिसिएको पत्ता लागेसँगै त्यस्तो दूध उपभोग गर्दा जनस्वास्थ्यमा पर्ने प्रभावबारे चासो व्यक्त भएको छ । उच्च तापक्रममा तताउँदा दूषित दूधमा भएका सूक्ष्मजीव मरे पनि रासायनिक पदार्थ भने कम नहुने चिकित्सक र डेरी विज्ञहरूले बताएका छन् ।
सरकारले गत महिना गरेका परीक्षणहरूमा काठमाण्डू उपत्यकाका अधिकांश उद्योगद्वारा सङ्कलित एवम् वितरित दूधमा अखाद्य वस्तुको मिसावट भएको पाइएको थियो । बजारबाट सङ्कलित ४२ वटा ब्रान्डका नमुनामध्ये ४० वटामा खाद्य र अखाद्य सोडासमेत मिसाइएको पाइएको कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले जनाएको छ । कसरी दूषित हुन्छ दूध ?
प्रतिकृया लेख्नुहोस्: