Khabar Dabali २३ चैत्र २०८२ सोमबार | 6th April, 2026 Mon

स्थानीय सरकारले ल्यायो बालविवाह रोक्ने अभियान

जाजरकोट। बालविवाह रोक्नका लागि स्थानीय सरकारले अभियानका रुपमा विभिन्न कार्यक्रम गर्ने सञ्चालन गर्ने भएको छ । बालविवाह गर्नेको संख्यमा कमी नआएपछि यस्तो अभियान सञ्चालन गर्न लागिएको नलगाड नगरपालिकाकी उपप्रमुख बालकुमारी बस्नेतले बताए । चालु आर्थिक वर्षमा अदालतमा सम्बन्ध विच्छेदका ६० मुद्दा दर्ता भएको पाइएको छ  । महिला तथा बालबालिका कार्यालयमा बालविवाहका कारण कुटपिट, खान, लाउन नपाएकोलगायत घरेलु हिंसाका एक सय उजुरी दर्ता भएका छन्  । त्यस्तै प्रहरी र स्थानीय तहका न्यायिक समितिमा दुई सय उजुरी परेका छन् । बालविवाहका कारण आत्महत्या, कुटपिट, घर निकाला, खान लाउन नपाउने, पढाइमा बाधा, सम्बन्ध विच्छेद गर्न बाध्य हुनेलगायत घटना ह्वात्तै बढेको विभिन्न निकायमा परेको उजुरीले बताउँछन् । १५ वर्षमा विवाह गरेर १९, २० वर्षको उमेर नपुग्दै दुई सन्तान जन्माउने अनि सम्बन्ध विच्छेदका लागि अदालत पुग्नेको संख्या पनि बढ्दै गएको उपप्रमुख बस्नेतले बताए । बालविवाहले पुरुष भन्दा महिलालाई बढी समस्यामा पार्ने गरेको छ । सामाजिक परम्परा, देखासिकी, यौनिक तथा आर्थिक आवश्यकतालगायत कारण बालविवाह हुने गरेको आचार्यको भनाइ छ । बालविवाहले महिलालाई अस्वस्थता, पढाइबाट वञ्चित, बेरोजगारी र हिंसाको शिकार बनाएको उहाँले बताए  । बालविवाह जस्तो कुरीतिले जरो गाड्न थालेपछि यहाँका सबै स्थानीय तह बालविवाह न्यूनीकरणको अभियानमा लाग्न थालेका छन् । बालविवाह गर्ने, गराउनेलाई सामाजिक बहिष्कारसमेत गर्ने गरी अभियानमा जुटेको कुशे गाउँपालिकाकी उपाध्यक्ष रामछायाँ शाहीले बताए  । स्थानीय तहमा रहेका महिला विकास शाखा, विद्यालय र अन्य सरोकारवालालाई साथमा लिएर यो वर्षदेखि बालविवाह न्यूनीकरण अभियानमा लागेको बारेकोट गाउँपालिकाकी अपाध्यक्ष ओमा शाहीले बताए, “पहिलो चरणमा सबै वडामा पुगेर बालविवाहबारे सचेतीकरण गरेको उनको भनाइ छ ।” घरपरिवारमा बालविवाह पूर्णरूपमा निषेध गर्ने, बालविवाहको भोज, निम्ता, जन्ती र बाजा बहिष्कार गर्ने, बालविवाहलाई बढावा दिने तथा प्रोत्साहित गर्ने कुनै पनि कार्यक्रम नगर्ने, बालविवाह न्यूनीकरण सम्बन्धी बहस पैरवी गर्नेलगायत कार्ययोजनाका साथ अभियान थालिएको चुनिचाँदे गाउँपालिकाका उपाध्यक्ष शिवा आचार्यले बताए । यस्तै बालविवाह न्यूनीकरणका लागि विद्यालय अभियान, किशोरकिशोरी कार्यक्रम, सञ्चार माध्यमबाट जनचेतना फैलाउने खालका सन्देश प्रचार तथा प्रसारण गर्ने, बालविवाह गर्नेलाई सामाजिक बहिष्कार गर्नेलगायत दबाबमूलक कार्यक्रम पनि गरिने उनको भनाइ छ । उमेर नपुग्दै गरिने विवाहले महिला–पुरुष आत्मनिर्भर हुन समस्या हुने, महिलाको स्वास्थ्यमा गम्भीर असर पर्ने, सम्बन्ध विच्छेद, बहुविवाह जस्ता सामाजिक विकृति बढ्नेलगायत समस्याका कारण बालविवाह न्यूनीकरणलाई मुख्य अभियान बनाएको बारेकोट गाउँपालिका उपाध्यक्ष ओमा शाहीको भनाइ छ । जिल्लामा ७० प्रतिशत बढी बालविवाह हुनु चुनौती भएको महिला तथा बालबालिका कार्यालयकी प्रमुख सकुन्तला आचार्यले बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending