Khabar Dabali ११ चैत्र २०८२ बुधबार | 25th March, 2026 Wed
Investment bank

विदेशी खाद्य राहत, नेपाल आइपुग्दा यसरी भयो अखाद्य

काठमाडौं, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार गोदाममा पकाइएका पराठादेखि प्रयोग गरिसकेका पुराना कपडास मको चाङ थुप्रिएको छ। आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ विदेशमा सहायता संकलन गर्ने संस्थाहरू तथा दाताहरूलाई नेपालको आवश्यकता के हो भन्ने बुझाउन नसक्दा अनावश्यक र अखाद्य वस्तु आएका हुन्। कतिपय राहतका बाकसमा त च्यातिएका कपडा र धेरै पुराना जुत्तासमेत फेला परेका छन्। दुई सय ४२ कार्टुन मासुसहितको खाद्यसामग्री थन्किएको पनि दुई साता पुग्न लाग्यो। भूकम्पको क्षतिपछि राहतका नाममा इन्डोनेसियाबाट मटन भनेर आएको उक्त सामग्रीको बाहिरी भागमा देखिएको फोटो र त्यहाँको भाषा बुझ्न नसक्दा लामो समय थन्किएको हो। भेडाको फोटो हो कि गाईको आकृति छुट्याउन नसक्दा परेको अप्ठेरो त्यो देशको भाषा बुझ्ने व्यक्तिमार्फत फुकाउनु परेको थियो। ४४ हजार डलर झन्डै (४४ लाख रुपैयाँ)को उक्त सामग्री इन्डोनेसिया सरकारले नेपाल सरकारलाई राहतस्वरूप पठाएको हो। भारतको गोकुल ब्रिज फाउन्डेसनले दिल्लीबाट जनकल्याण प्रतिष्ठान कालिकास्थानलाई पठाएको तयारी खानेकुरा आलु पराठा काठमाडौं आइपुग्दा अखाद्य बनिसकेको थियो। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागबाट विमानस्थलमा चेकजाँचका लागि खटिएका खाद्य अनुसन्धान अधिकृत दिग्विजय मिश्रका अनुसार, वैशाख २३ गते ठूलो परिमाणमा आएका तयारी खानेकुरा अखाद्य पाइएपछि तिनलाई नष्ट गरिएको थियो। बच्चाका लागि आएका पाँच कार्टुन जति पाउडर दूध पनि मिति सकिएको पाइएपछि त्यसलाई वितरण अयोग्य भन्दै थन्क्याइएको छ। भारतको कोचिनबाट सामाजिक काम भन्दै पठाइएको कपडाका पोकाहरूमध्ये धेरैमा थोत्रा कपडामात्र पाइएको छ। खाडी मुलुकबाट विभिन्न संस्थाहरूले संकलन गरेर पठाएको राहत सामग्रीमा पनि धेरै पुराना कपडा र जुत्ता फेला परेपछि तिनलाई भन्सारभित्रको एउटा कुनामा फ्यालिएको छ। यस्ता सामग्री झन्डै सात सय पोकास म भएको भन्सार विभागले जनाएको छ। बेलायतबाट केही व्यक्तिहरूले संकलन गरेर पठाएको २० केजी पाउरोटी र ३० केजी टोस्ट पनि खानयोग्य पाइएन भने भारतको बैंगलोरस्थित बैंकटेश्वर कलेज अफ इन्जिनियरिङमा पढ्ने नेपाली विद्यार्थीको संयोजनमा ४० बाकस पाउरोटी पनि यहाँ आइपुग्दा गन्हाइसकेको थियो। विमानस्थल भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक भूपाल बराल भन्छन्,ुजनस्वास्थ्यमा असर पर्ने प्रयोग भइसकेका लुगा र अखाद्य भइसकेको खानेकुरा भन्सारले नियन्त्रणमा लिएर नष्ट गरेको र गर्ने प्रक्रियामा राखेको छ। बेलायतबाट लाहुरे समुदायले संकलन गरेर द बेस्ट आर्चरी भन्ने संस्थालाई पठाएको राहत सामग्रीमध्ये २५ बट्टा प्रशोधित तरकारी पनि मिति सकिएको पाइएपछि विमानस्थलबाट बाहिर लैजान नदिइएको अधिकृत मिश्रले बताए। भूकम्पपीडितलाई राहतका नाममा भारत, श्रीलंका, भुटानलगायतका देशबाट पिउनेपानीका बोतल र जार आएका छन्। ‘हामीलाई पानी किन चाहिएको थियो र ? भन्सारका एक अधिकारीले भने ‘हामीलाई आवश्यक के हो भन्दा पनि उनीहरूले जे मन लागे, त्यही पठाइदिए।’ पाल, त्रिपाल, खाद्यान्न सामग्री, औषधिलगायतका सामान प्रभावित जिल्लामा तत्काल पठाउने गरिएको र त्यस्ता सामग्री केही थानमात्र भन्सारमा थुप्रिएका छन्। विभिन्न ३९ देशबाट राहत सामग्री आएको भन्सारका कर्मचारीहरू बताउँछन्।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: