Ntc summer Offer
Khabar Dabali १८ बैशाख २०८१ मंगलवार | 30th April, 2024 Tue
NIMB

मेसीविरुद्ध मुसा

मस्को । निरन्तरको खराब नतिजाबाट गुज्रिरहेको लियोनल मेसीको अर्जेन्टिनाले जारी विश्वकपमा जित्नै पर्ने बाध्यतासहित समूहगत चरणको आफ्नो अन्तिम खेलमा मंगलबार अफ्रिकी टोली नाइजेरियासँग प्रतिस्पर्धा गर्दैछ । अर्जेन्टिनाका लागि यो खेल नकआउट चरणमा पुग्ने अन्तिम अवसर हो । विश्वकप सुरु हुनुअघि उपाधिको बलियो दाबेदार मानिएको अर्जेन्टिनाको अगाडिको भाग्य मंगलबारका दुई खेलले निर्धारण गर्नेछ । नाइजेरियासँगको जितले अप्ठ्यारो अवस्थामा रहेको अर्जेन्टिनालाई विश्वकपको नकआउट चरणमा पु¥याउने सम्भावना कायम राख्नेछ । तर, हारले भने गत संस्करणको उपविजेता अर्जेन्टिनालाई प्रतियोगिताको पहिलो चरणबाटै घर फर्काउनेछ । त्यसैले नकआउट चरणको यात्रा सम्भव बनाउन अर्जेन्टिनाले समूहगत चरणको आफ्नो अन्तिम खेलमा नाइजेरियालाई हराउनै पर्ने हुन्छ । समूह ‘डी’ को अन्तिम खेलमा अर्जेन्टिनाले नाइजेरिया र क्रोएसियाले आइसल्यान्डलाई हराए अर्जेन्टिना सहजै नकआउट चरणमा पुग्नेछ । तर, अर्जेन्टिनाले नाइजेरियालाई हरायो र आइसल्यान्डले पनि क्रोएसियालाई हरायो भने गोलअन्तरका आधारमा अर्जेन्टिना र आइसल्यान्डमध्ये एक टोली नकआउट चरणमा पुग्नेछ । क्रोएसिया भने यअसघ नै नकआउट चरणमा पुगिसकेको छ । अहिले भने गोलअन्तरमा अर्जेन्टिनाभन्दा आइसल्यान्ड अगाडि छ । नाइजेरियालाई पराजित गर्नु अर्जेन्टिनाका लागि सहज भने पक्कै हुने छैन । जारी प्रतियोगितामा नाइजेरियाले सशक्त प्रदर्शन गर्दै आएको छ । तर, अर्जेन्टिनाले भने विश्व फुटबलमा स्थापित आफ्नो नाम र क्षमता अनुशारको प्रदर्शन गर्न सकेको छ । अघिल्ला दुबै खेलमा अर्जेन्टिनाको प्रदर्शन निकै निराशाजनक थियो । त्यसैले मंगलबार हुने खेललाई अर्जेन्टिनाका लियोनल मेसी र नाइजेरियाका अहमद मुसाबीचको प्रतिस्पर्धाको रूपमा समेत हेरिएको छ । विगतमा दुई टोली
  • कुल खेल: ४
  • अर्जेन्टिना विजयी: ४
  • नाइजेरिया विजयी: ०
  • बराबरी: ०
नाइजेरियाले आफ्नो दोस्रो खेलमा आइसल्यान्डलाई २–० ले पराजित गर्दै प्रिक्वार्टरफाइनल चरणको सम्भावना बलियो बनाउँदा दुवै गोल उनै मुसाले गरेका थिए । त्यसैले मंगलबार हुने खेलमा मेसी र मुसाकै प्रदर्शनमा अर्जेन्टिना वा नाइजेरियामध्ये एक टोलीको भाग्य चम्कनेछ । अर्जेन्टिना र नाइजेरियाले विश्वकपमा पाँचौं पटक एकअर्काविरुद्ध प्रतिस्पर्धा गर्न लागेका हुन् । यसअघिका चार भेटमा अर्जेन्टिनाले नाइजेरियामाथि एकपक्षीय जित निकालेको छ । क्रोएसियाले यसअघि नै लगातार दुई खेल जित्दै नकआउट चरणको यात्रा पक्का गरिसकेकाले उसलाई मंगलबारको खेलमा कुनै चिन्ता हुने छैन । क्रोएसियालाई राम्रो गोलअन्तरमा पराजित गर्न सकेमा पहिलो पटक विश्वकप खेलिरहेको आइसल्यान्डको प्रिक्वार्टरफाइनलमा पुग्ने सम्भावना रहन्छ । तर त्यसका लागि आइसल्यान्डले अर्को खेलको नतिजाको पनि भर पर्नुपर्ने हुन्छ । एजेन्सी  
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies