Khabar Dabali २५ चैत्र २०८२ बुधबार | 8th April, 2026 Wed

नीति तथा कार्यक्रम पारित नहुँदा विकास निर्माण ठप्प

वीरगञ्ज। वीरगञ्ज महानगरपालिकाको बजेट, नीति तथा कार्यक्रम पारित हुन नसक्दा विकास निर्माणको काम प्रभावित हुने भएको छ । बन्दसत्रमा १६२ सदस्यमध्ये ११९ सदस्यले बहिष्कार गरेपछि हालसम्म परिषद् बैठक स्थगित छ । जिल्लाको अधिकांश नगरपालिका र गाउँपालिकाको परिषद् सम्पन्न भइसके पनि वीरगञ्जको परिषद् सदस्यको बहिष्कारका कारण नीति तथा कार्यक्रम पारित हुन नसकेको हो । महानगरपालिकाको वडाध्यक्षले पाउने सेवा सुविधा जस्तै आफूहरुले पनि पाउनुपर्ने माग राख्दै नगर सदस्यहरुले परिषद्को बन्दसत्र बहिष्कार गरेका हुन् । मासिक तलब रु १० हजार, मासिक १० वटा बैठक, भ्रमण भत्ता, औषधि भत्ता, बीमा व्यवस्था, मोटरसाइकल सुविधा, मासिक १० लिटर इन्धन, वडाको विकासे बजेटमध्ये ६० प्रतिशत बजेट नगर सदस्यले खर्च गर्ने गरी बाँडफाँड हुनुपर्नेलगायत माग गर्दै परिषद्को वहिष्कार गरेको वडा नं ५ का सदस्य सुरज कुर्मीले बताए । महानगरपालिकाका प्रमुख विजय सरावगीले नीति तथा कार्यक्रम पारित गर्न आवश्यक ३३ प्रतिशत बहुमत आफूसँग भएको बताउनुभयो । उहाँले कानूनविपरीत कुनै काम नगर्ने बताए । महानगरपालिकाका उपप्रमुख शान्ति कार्कीले आर्थिक वर्ष २०७५÷७६ को लागि रु चार अर्ब ९४ करोड ३१ लाख ७७ हजारको अनुमानित बजेट प्रस्तुत गरेका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending