शिशुहरूको जन्म हुनुअघि आमाहरूको रक्तस्राव रोक्न दिइने नयाँ औषधिले हजारौँ महिलाको ज्यान जोगाउन सक्ने विश्व स्वास्थ्य संगठनले जनाएको छ।
विश्व स्वास्थ्य संगठनका अनुसार बच्चा जन्माउने बेला हुने अत्यधिक रक्तस्रावका कारण विश्वभर हरेक वर्ष ७०,००० महिलाको ज्यान जाने गर्दछ। धेरै रक्तस्रावका कारण नवजात शिशुहरूलाई समेत निकै जोखिम पुग्ने गर्दछ। धेरै देशहरूमा महिलाहरूलाई शिशु जन्माउने बेला हुन सक्ने रक्तस्राव रोक्न अक्सिटोसिन नामक औषधिको इन्जेक्सन दिइने गरिन्छ। तर विश्व स्वास्थ्य संगठनको भनाइमा त्यो औषधिले गर्मी र उष्ण हावापानी भएका स्थानहरूमा राम्रो काम गर्दैन। न्यू इङ्गल्याण्ड जर्नल अफ मेडिसिनमा प्रकाशित अध्ययनको निष्कर्ष अनुसार हिटस्टेबल कार्बेटोसिन नाम गरेको औषधिले चाहिँ गर्मी र उष्ण ठाउँहरूमा पनि राम्रो काम गर्दछ। त्यो अध्ययनका अनुसार नयाँ औषधिले महिलाहरूको रक्तस्राव कम गर्न मद्दत गर्दछ। त्यो विश्वभरका महिलाहरूलाई दिन सकिने सम्भावना छ। विज्ञहरूले नयाँ औषधि २ देखि ८ डिग्री सेल्सियस तापक्रममा भण्डार गर्नु पर्ने बताएका छन्। तर उनीहरूको चिन्ता छ रेफ्रिजेरेटर नहुने र विद्युत आपूर्ति भरपर्दो नहुने देशहरूमा नयाँ औषधि पुर्याउन सहज नहुन सक्छ। बीबीसीयो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०७८ - १०:२१
काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना ग...
बैशाख २० गते, २०७८ - ०७:२४
काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...
बैशाख २० गते, २०७८ - ०७:१७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
बैशाख १९ गते, २०७८ - १६:०६
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
बैशाख १९ गते, २०७८ - १३:४८
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
बैशाख १९ गते, २०७८ - १०:३१
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...
बैशाख १९ गते, २०७८ - १०:२६
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ । पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...
बैशाख १९ गते, २०७८ - ०९:५१
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
बैशाख १९ गते, २०७८ - ०९:४७
चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले स्थलगत अध्ययन तथा छलफल गरेको छ । चितवनबाट प्रतिनिधित...
बैशाख १९ गते, २०७८ - ०९:४०
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: