Ntc summer Offer
Khabar Dabali ४ पुष २०८१ बिहीबार | 19th December, 2024 Thu
Investment bank

फाल्गुनन्दको केन्द्र विवाद, जनप्रतिनिधि नै आन्दोलनमा

\"\"पाँचथर । जनप्रतिनिधिको बहुमतले अनुमोदन गरेको स्थानमा गाउँपालिका केन्द्र नसारिएको भन्दै पाँचथरको फाल्गुनन्द गाँउपालिकाका जनप्रतिनिधि आन्दोलनमा उत्रेका छन् । स्थानीय तहको निर्वाचन भएको ६ महिना बित्दासम्म केन्द्रको टुंगो नलागेपछि गत पुस १४ गते मतदान गरी फाल्गुनन्द–३ कोल्वुङका पक्षमा मत जाहेर गरेका जनप्रतिनिधिले गाउँपालिका प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतको मिलेमतोमा घुर्विसे पञ्चमीमै केन्द्र सञ्चालन गरिरहेको भन्दै आन्दोलित भएका हुन् । वडा नं १ का अध्यक्ष होमप्रसाद आङदेम्वे, वडा नं २ का अध्यक्ष बहादुरसिंह नेम्वाङ र वडा नं ४ का अध्यक्ष मनबहादुर चेम्जोङले सदरमुकाम फिदिममा पत्रकार सम्मेलन गर्दै बहुमतले निर्णय गरेको कोल्वुङमा गाउँपालिका केन्द्र नसारिए कामकाज ठप्प पारेर आन्दोलनमा उत्रिने बताए । उनीहरूले जितेन रोशन आङदेम्वे संयोजक रहेको संघर्ष समिति पनि गठन गरेका छन् । जनप्रतिनिधिहरूले गाउँपालिका केन्द्र कोल्वुङ सार्न दबाबमूलक कार्यक्रमसँगै उच्च अदालत इलाममा गाँउपालिका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत र गाउँ कार्यपालिकालाई विपक्षी बनाएर मुद्दा हाल्ने तयारी भइरहेको बताए । हाल फाल्गुनन्द गाउँपालिका केन्द्र घुर्विसे पञ्चमीमा सञ्चालन भइरहेको छ । गत पुस १४ गते गरिएको मतदानमा घुर्विसेका पक्षमा १८ र कोल्वुङका पक्षमा १९ मत परेपछि मतदानमा बहुमतले गरिएको निर्णय कार्यान्वयन हुनुपर्नेमा जोड दिँदै आएका छन् । गाउँपालिका अध्यक्ष अम्बरबहादुर नेम्वाङले प्राविधिक कारणले केन्द्र सार्न ढिलाइ भइरहेको बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy