Ntc summer Offer
Khabar Dabali ४ आश्विन २०८१ शुक्रबार | 20th September, 2024 Fri
NIMB

भूकम्प प्रभावित जिल्ला गएर के गर्दैछन् प्रचण्ड, बाबुराम र नारायणकाजी ?

काठमाडौं, विनासकारी भूकम्पबाट आहतमा परेका जनतालाई मल्हम लगाउँदै विभिन्न दलका नेता कार्यकर्ताहरु भूकम्प प्रभावित जिल्ला तथा गाउँसम्म जाँदै आएका छन् । प्रमुख प्रतिपक्षी दल एमाओवादी सक्रिय रुपमा राहत, उद्धार तथा पुनस्थापनामा केन्द्रीत हुँदै आएको छ । सोमबारको केन्द्रीय समितिको निर्णय अनुसार माओवादी अध्यक्ष प्रचण्डसहित शीर्ष नेताहरु राहत तथा पुनस्थापनामा केन्द्रीत हुने भएका छन् । जेठ ८ गतेबाट सञ्चालन हुने अभियानलाई ‘राज्य पुनः निर्माण अभियान’ को नाम दिएको छ । १० हजारको संख्याका स्वयं सेवकहरुले  १५ दिनसम्म अभियान चलाउने छन् । अभियानमा एमाओवादीले सुत्केरी र रोगीबाहेक सबैलाई एकीकृत भएर लाग्नसमेत आग्रह गरेको छ । राहत उद्धार तथा पुर्नस्थापनाको लागि एमाओवादीले ७५ वटै जिल्लाका नेता तथा कार्यकर्तालाई भूकम्प प्रभावित जिल्लामा खटाउने भएका हुन् । राष्ट्रिय स्वयंसेवक परिचालनको नेतृत्व  पूर्व जनमुक्ती सेनाका डेप्युटी कमाण्डरहरु वर्षमान पुन, नन्दकिशोर पुन, जनार्दन शर्मा र  चन्द्रप्रकाश खनालले गर्नेछन् । अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता बाबुराम भट्टराई  र उपाध्यक्ष नारायणकाजी श्रेष्ठले अति प्रभावित जिल्ला सिन्धुपाल्चोक, गोरखा र दोलखामा अभियानको नेतृत्व गर्दैछन् । प्रचण्डले सिन्धुपाल्चोकमा टहरा बनाउँदै सिन्धुपाल्चोक जिल्लालाई आधार बनाएर एमाओवादी अध्यक्ष प्रचण्ड पुनःस्थापनामा केन्द्रीत हुँदैछन् । सोमबारको केन्द्रीय समितिको निर्णय अनुसार प्रचण्डलाई सिन्धुपाल्चोकको जिम्मेवारी परेको थियो । उनीसँगै माओवादी सचिव वर्षमान पुन ‘अनन्त’, पोलिटब्युरो सदस्य अग्नि सापकोटा जेठ ८ मा सिन्धुपाल्चोक पुग्दैछन् । प्रचण्ड नेतृत्वको टोलीले सिन्धुपाल्चोक क्षेत्रमा अस्थायी बासोबासको लागि घरटहरा बनाउने कार्य गर्ने जनाइएको छ । यसअघि राहत कार्यक्रममा जुटेका उनी पछिल्लो समय भूकम्पबाट सबै भन्दा धेरै क्षति पुगेको सिन्धुपाल्चोकमा पुर्नस्थापना कार्यक्रममा  केन्द्रीत बन्न लागेका हुन् । ‘हामी विद्यालयहरु बनाउने छौं, जनताको अस्थायी बासको व्यवस्था गर्नेछौं । ’ सचिव अनन्तले खबरडबलीसँग भने – ‘भूकम्पले मानसिक रुपमा बिरामी परेका जनताको उपचारको लागि हामी केन्द्रीत हुनेछौं ।’  उनका अनुसार प्रचण्डसहितको टोलीले सिन्धुपाल्चोकमा सरसफाई तथा खानेपानी र कुलो निर्माण गर्नेछ । गोरखामा बाबुरामको अभियान वरिष्ठ नेता बाबुराम गोरखालाई केन्द्र बनाएर अभियानमा जुटेका छन् । जिल्ला प्रशासन कार्यालय, गोरखामार्फत राहत वितरण गर्दै आएका उनी अहिले अस्थायी बासको लागि प्रयासरत छन् । बुधबार नै उनी भूकम्पले अत्यन्त प्रभावित गाविसमा उनी पुग्दै छन् । उनका स्वकीय सचिव विश्वदिप पाण्डेका अनुसार बुधबार गोरखाको लाप्राक गुम्दा, बारपाकलगायतका स्थानमा बाबुराम पुग्दैछन् । उनीसँगै इन्जिनयरिङ्ग क्षेत्रका व्यक्तित्व तथा भूगर्भ विद्हरु पनि जाने कार्यक्रम छ । उनीहरुको टोलीसँगै उनले लाप्राकलाई सार्नको लागि पहल गर्ने बताइएको छ । वर्षायाम अगाडि नै अस्थायी बस्ती निर्माणको लागि केन्द्रीत हुने कार्यक्रम छ । उनीसँगै अर्का नेता जनार्दन शर्मा पनि  गोरखामै छन् । शर्माका अनुसार गोरखामा सात सयको संख्यामा स्वयंसेवक परिचालन गरिने छ । घर–टहरा बनाउने तथा  बाली लगाउने, खेती गर्ने अभियानमा उनको टोली लाग्नेछ । ‘हामी सात सय घरटहरा निर्माण गर्ने सोचमा छौं ।’ शर्माले भने  ‘स्थानीय जनतासँगको सहकार्यमा अस्थायी विद्यालयहरु बनाउने हाम्रो योजना हो ।’ त्यस्तै पत्नी हिसिला पनि बाबुरामसँगै गोरखा जाँदैछिन् । यता छोरी मानुषी भने विगत केहि हप्तादेखि इन्जिनियरिङका विद्यार्थीसँगै गोरखाकै विभिन्न गाविसमा अस्थायी घर–टहरा बनाउँदै छिन् । नारायणकाजी श्रेष्ठ दोलखातिर उपाध्यक्ष नारायणकाजी श्रेष्ठ नेतृत्वको टोली दोलखालाई आधार बनाएर पुर्नस्थापना कार्यक्रममा केन्द्रीत बन्दैछ । सोमबारको केन्द्रीय समितिको निर्णयअनुसार उनी दोलखा केन्द्रीत बनेका हुन् । श्रेष्ठ पनि अस्थायी घरटहरा निर्माणमा केन्द्रित हुनेछन् । ‘हामी पहिले एउटा विद्यालयको अस्थायी टहरा बनाएर उद्घाटन गर्नेछौं, ’ उपाध्यक्ष श्रेष्ठले खबरडबलीसँग भने – ‘ त्यसपछि हामी दोलखा भरि पुर्नस्थापनामा केन्द्रीत बन्नेछौं । उनका अनुसार भूकम्पमा परेका भग्नावशेषबाट अन्नपात निकाल्ने, अस्थायी टहरा निर्माण गर्न टोली परिचालन हुँदैछ । ‘बस्ती नै बनाउन सकिँदैन’ उनले भने ‘ बर्षाअगाडी नै अस्थायी टहरा बनाउन सकिन्छ ।’ उनी नेतृत्वमा वाइसिएल अध्यक्ष गणेशमान पुनसहितको टोली पनि रहनेछ । श्रेष्ठका अनुसार  सात गते नै उनीहरुको टोली दोलखा पुग्नेछ । दोलखामा शहिद परिवार वा विपन्न परिवार र भूकम्पबाट निकै पीडित बनेकाहरुलाई विशेष ध्यान दिने श्रेष्ठले बताए । बलदेव नुवाकोटतिर एमाओवादी स्थायी  सदस्य तथा पूर्व जनसेनाका डेप्युटि कमाण्डर चन्द्रप्रकाश खनाल ‘बलदेव’ नुवाकोटमा केन्द्रीत  बनेका छन् । अबैध राज्यबाट आएको टोलीको नेतृत्व गर्दै एमाओवादी नेता बलदेव नुवाकोटको तुप्चेमा पुर्नस्थापना तथा राहत जुटाउने कार्यमा व्यस्त छन् । पूर्व अर्थमन्त्री वर्षमान पुन ‘अनन्त’ सहितको टोलीले तुप्चे पुगी राहत वितरण गरिसकेको छ । बहालवाला अर्थमन्त्री रामशरण महतको क्षेत्र भएपनि उनी हालसम्म तुप्चेलगायत नुवाकोटको प्रभावित क्षेत्रमा पुग्न सकेका छैनन् । पासाङको अभियान राजधानीमै पूर्व जनसेनाका डेप्युटी कमाण्डर नन्दकिशोर पुन ‘पासाङ’ राजधानीमै केन्द्रीत हुने भएका छन् । ‘म राजधानीमै केन्द्रीत हुनेछु ।’ खबरडबलीसँग पासाङले भने – ‘राजधानीका भूकम्पपीडितको पुर्नस्थापना तथा राहतको लागि पार्टीले खटाएको स्थानमा लाग्नेछु ।’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy