Khabar Dabali २२ चैत्र २०८२ आईतवार | 5th April, 2026 Sun

लागु औषधको रुपमा लिइने औषधि बिक्री गर्ने दुई फार्मेसीमा शिलबन्दी, पाँच पक्राउ

भक्तपुर । महानगरीय प्रहरी परिसर भक्तपुरले लागु औषधका रुपमा लिइने विभिन्न नामका औषधिहरु अवैध रुपमा बिक्री गर्ने दुई फार्मेसी ९औषधि पसल० शिलबन्दी गर्दै सञ्चालकसहित प्रयोग कर्तालाई पक्राउ गरेको छ । चिकित्सकको अनुमति ९प्रेस्क्रिप्सन० नभई बिक्री गर्न नपाइने औषधिहरु लागु औषधका रुपमा प्रयोग गर्ने युवाहरुलाई बिक्री गरेको भन्दै फार्मेसी सञ्चालक र खरिदकर्तासहित पाँच जनालाई बिहिबार साँझ पक्राउ गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख हिमालयकुमार श्रेष्ठले जानकारी दिए । औषधि व्यवस्था विभागका प्रतिनिधि, जिल्ला प्रशासन कार्यालय भक्तपुरका प्रतिनिधि र महानगरीय प्रहरी परिसर भक्तपुरको संयुक्त टोलीले सूर्यविनायक नगरपालिका वडा नं ५ सल्लाघारीमा अरनी हाइवे पोलिक्लिनिक प्रालि र सोही ठाउँमा रहेको अर्विषा फार्मेसीमा शिलबन्दी गरेको हो । साथै अरनी हाइवे पोलिक्लिनिक प्रालिकी सञ्चालिका दोलखा तामाकोसी गाँउपालिका वडा नं ३ घरभएकी सृजना घिमिरे र अर्विषा फार्मेसी सञ्चालन गर्ने कैलाली जिल्ला टीकापुर–२ का विक्रम खड्कालाई पक्राउ गरेको प्रहरी उपरीक्षक श्रेष्ठले बताए । त्यसैगरी औषधि खरिद गर्ने मध्यपुरथिमि–९ निकोसेरा बस्ने वर्ष २० का किरण कासुला, सूर्यविनायक–२ बालकोट बस्ने वर्ष २३ का रुपक खत्री र काभ्रेपलाञ्चोक काशीखण्ड नगरपालिका–२ बस्ने वर्ष २० का विकास लामालाई पक्राउ गरिएको छ । प्रहरीले अर्विफा फार्मेसीबाट ट्रफा ५० एमजी नामक औषधि १ हजार ८ सय क्याप्सुल र अरनी हाइवे पोलिक्लिनिकबाट ट्रमा ५० एमजी ९० क्याप्सुल, कोड टेबल १५ एमजी १३७ ट्याब्लेट, क्लोजिप ०।५ एमजी १२० ट्याब्लेटसमेत बरामद गरेको प्रहरी परिसर भक्तपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिए । यसबारे थप अनुसन्धान भइरहेको जानकारी दिँदै उहाँले पक्राउ परेकाले आज लागु औषध ऐनअन्तर्गत मुद्दा चलाइने बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending