Ntc summer Offer
Khabar Dabali ५ जेष्ठ २०८१ शनिबार | 18th May, 2024 Sat
NIMB

संजयका 'संञ्जु' क्युज हलमा बाहेका अरुमा चल्न नपाउने, किन आयो अवस्था ?

बलिउडका चर्चित नायक संजय दत्तको बायोपिक चलचित्र ‘सञ्जु’ यतिबेला काठमाण्डौका अधिकांश मल्टिप्लेक्समा चलचित्र रिलिज नहुने भएको छ । शुक्रबारदेखि विश्वभर रिलिज भएको यो चलचित्र बीग मुभिज, क्यूएफएक्स, एफक्यूब लगायतका मल्टिप्लेक्समा रिलिज नहुँदा दर्शक समस्यामा परेका छन् । विश्वभर राम्रो हाइप बनाएको यो चलचित्रले आज भारतमा बिहानैदेखि हंगामा मच्चाइरहेको छ । तर, नेपालका दर्शकले काठमाण्डौको दरबारमार्गमा रहेको राइजिङ मलमा स्थित क्यूज हलमा मात्र यो चलचित्र हेर्न पाउनेछन् । यस्तो अवस्था आखिर किन आयो ? यो चलचित्रलाई नेपालमा प्रदर्शन गर्ने अधिकार लिएको सीजीजीके सिनेप्लेक्स प्रालीले मल्टिप्लेक्स हलसँग छुटको बिषयमा बार्गेनिङ गरेपछि यस्तो अवस्था आएको हो । देशभरका मल्टिप्लेक्सले हप्तामा कुनै एक दिन आधा प्रतिशत टिकटमा दर्शकलाई चलचित्र हेर्ने सुविधा दिदै आएका छन् । तर, ‘सञ्जु’को वितरण कम्पनी सीजीजीकेले भने उक्त छुट यो चलचित्रको हकमा लागू नगर्न भनेपछि समस्या उत्पन्न भएको हो । यसअगाडि चलचित्र ‘रेश ३’को वितरणको जिम्मा लिदा सीजीजीकेले एमजी(मिनिमम ग्यारेन्टी’मा बार्गेनिङ गरेको थियो । तर, पछि कुरा मिलेर चलचित्र रिलिज भएको थियो । तर, यसपटक त्यस्तो अवस्था भएन । जसलेगर्दा, काठमाण्डौका अधिकांश मल्टिप्लेक्समा रणवीर कपुरको बहुप्रतिक्षित चलचित्र रिलिज हुन सकेन । काठमाण्डौको क्यूज हलले १० शो दिदै ‘सञ्जु’ रिलिज गरेको छ । बिहानदेखि बेलुकासम्म नै यो चलचित्रको सम्पूर्ण शो सोल्ड आउट हुने अवस्थामा छ । आइतबारसम्म क्यूजमा दर्शकको यस्तो चाप देखिएको छ । काठमाण्डौका मल्टिप्लेक्समा १ र केहीमा २ दिनसम्म छुटको व्यवस्था गरिएको छ । जुनदिन, दर्शकले दिनभर नै आधा रकम तिरेर चलचित्र हेर्न पाइरहेका छन् । तर, ‘सञ्जु’को वितरण कम्पनीले उक्त दिनमा दिदै आएको छुट हटाउन भनेपछि यस्तो लफडा उत्पन्न भएको हो । स्रोतका ाअनुसार आज फेरि ‘सञ्जु’ वितरण गर्ने जिम्मा पाएको कम्पनी र नचलाएका हलवालाहरुविच मिटिङ हुँदैछ । आज बेलुकीबाट अन्य मल्टिप्लेक्समा पनि ‘सञ्जु’ रिलिज हुने संभावना बढेको वुझिएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies