Ntc summer Offer
Khabar Dabali १७ कार्तिक २०८१ शनिबार | 2nd November, 2024 Sat
Investment bank

जलाशययुक्त आयोजनासंग पहिलो विद्युत् खरिद सम्झौता

रमेश लम्साल  । काठमाडौँ, १५ असार । मुलुकमै पहिलोपटक जलाशययुक्त जलविद्युत आयोजनासंग विद्युत् खरिद सम्झौता भएको छ ।  नेपाल विद्युत् प्राधिकरण र तनहुँ हाइड्रोपावर लिमिटेडबीच आज उक्त सम्झौता भएको हो । कूल १४० मेगावाट क्षमताको तनहुँ सेती जलविद्युत् आयोजनाको विद्युत् खरिद–बिक्री सम्झौतामा हस्ताक्षर भएको हो । 

सो सम्झौतामा प्राधिकरणका तर्फबाट कार्यकारी निर्देशक कुलमान घिसिङले र आयोजनाको प्रवद्र्धक कम्पनीका तर्फबाट प्रबन्ध–सञ्चालक प्रदीपकुमार थिकेले सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

प्राधिकरण र कम्पनीबीच सम्पन्न विद्युत् खरिद–बिक्री सम्झौताको मुख्य प्रावधान निम्नअनुसार रहेका छन् ः

सम्झौता अवधि आयोजनाबाट व्यापारिक उत्पादन शुरु हुने मितिदेखि ३० (तीस) वर्ष वा विद्युत् उत्पादन अनुमतिपत्रको अवधिमध्ये जुन घटी छ सो समयसम्म कायम रहने व्यवस्था गरिएको छ ।

आयोजनाको व्यापारिक उत्पादन शुरु गर्नुपर्ने मिति ३० चैत २०८० अर्थात (१२ अप्रिल २०२४) तोकिएको छ । प्राधिकरणले आयोजनाबाट उत्पादित ऊर्जा सुख्खायाम प्रतियुनिट १२ रुपैयाँ ४० पैसा र वर्षायाममा प्रतियुनिट ६ रुपैयाँ आठ पैसा कायम गरिएको छ ।

सुख्खायाम भन्नाले १६ मंसिर देखि १५ जेठसम्मको अवधिलाई मानिएको छ । यस्तै वर्षायाम भन्नाले १६ जेठदेखि १५ मंसिरसम्मलाई मानिएको छ । सो दरमा कम्पनीले वार्षिक तीन प्रतिशतका दरले आठ पटकसम्म साधारण मूल्यवृद्धि पाउने व्यवस्था तय गरिएको छ । सो मूल्यवृद्धिपश्चात आयोजना अवधिभर खरिददर प्रतियुनिट सुख्खायाममा १५ रुपैयाँ ३८ पैसा र वर्षायाममा सात रुपैयाँ ५४ पैसा कायम हुने व्यवस्था गरिएको तनहुँ जलविद्युत् आयोजनाका प्रबन्ध निर्देशक थिकेले जानकारी दिए ।

आयोजनाको सुख्खा र वर्षायामको क्रमश ः १७ करोड ८९ लाख र ३२ करोड ३६ लाख युनिटलाई सम्झौताको ऊर्जा कायम गरिएको छ । सम्झौताअनुसार यदि कुनै वर्षमा आयोजनाबाट उपलब्ध गराइएको सुख्खायामको ऊर्जा कूल वार्षिक उपलब्ध गराइएको ऊर्र्जाको ३५ प्रतिशतभन्दा कम भएमा आयोजनाले जलाशययुक्त आयोजनाको सट्टा अर्ध–जलाशययुक्त आयोजनाका लागि तोकिएको खरिददर लागू गर्ने व्यवस्था गरिएको छ ।

प्राधिकरणले अर्ध–जलाशययुक्त आयोजनाका लागि सुख्खा र वर्षायामका लागि प्रतियुनिट क्रमश ः १० रुपैयाँ ५५ पैसा र वर्षायाममा ४ रुपैयाँ ८० पैसा खरिद दर निर्धारण गरेको छ ।

प्राधिकरणले व्यापारिक उत्पादन शुरु हुने मितिदेखि प्रत्येक महिना आयोजनाबाट उत्पादन हुने सम्झौता ऊर्जाको परिमाणसम्मको ऊर्जा खरिद गर्नुपर्ने व्यवस्था गरिएको छ । साथै, अतिरिक्त ऊर्जाको हकमा प्राधिकरणले आवश्यक निर्णय गर्नुपर्ने व्यवस्था गरिएको कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिनुभयो ।

आयोजनाबाट उत्पादन हुने विद्युत् दमौली–भरतपुर २२० केभी क्षमताको प्रसारण लाइनमार्फत राष्ट्रिय प्रणालीमा जोडिनेछ । आयोजनाको पूूर्वाधार निर्माण कार्य सम्पन्न हुने अवस्थामा रहेका छन् भने मुख्य संरचना निर्माणका लागि खरिद प्रक्रिया अन्तिम चरणमा पुगेको छ ।

आयोजनाको मुख्य संरचनाको निर्माण कार्य यसै वर्षको मंसिरदेखि शुरु गरी आगामी पाँच वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । आयोजनाको कूल लागत रु ५० अर्ब ५० करोड (अर्थात ५० करोड ५० लाख डलर) रहेको छ । त्यसमा प्रसारण लाइन निर्माण, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको ब्याजसमेत जोडिएको छ ।

त्यसमध्ये एशियाली विकास बैंकले अमेरिकी डलर १५० मिलियन, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले अमेरिकन डलर १८४ मिलियन, युरोपियन इन्भेस्टमेन्ट बंैक (इआइबी)ले अमेरिकन डलर ८५ मिलियन र नेपाल सरकार÷नेपाल विद्युत् प्राधिकरणले अमेरिकी डलर ८७ मिलियन व्यहोर्ने गरी वित्तीय व्यवस्थापन गरिएको छ ।

त्यसका लागि सम्बन्धित दातृ निकाय र नेपाल सरकारबीच ऋण सम्झौता तथा नेपाल सरकार र प्राधिकरण एवं प्राधिकरण र सो कम्पनीबीच सहायक ऋण सम्झौता सम्पन्न भइसकेको छ । रासस

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy